धनुषा, २ फागुन - घर नजिकैको औरही खोलामा भइरहेको उत्खनन् रोक्न गएका दिलिप कुमार महतोको हत्यामा संलग्न रहेको आरोपमा तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

धनुषा जिल्ला अदालतको आदेशमा दोषी तीन जना क्रसर उद्योगी बिपिन महतो, टिपर चालक मुनिन्द्र महतो र लोडर चालक जितेन्द्र महतोलाई पुर्पक्षका लागि कारागार पठाइएको र अन्य तीन जनालाई धरौटीमा छाडिएको छ । खोला उत्खननको बिरोध गर्न जाँदा धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरका दिलिपकाे गत पुस २५ गते बिहान हत्या गरिएकाे थियो ।

यस्तै घटनाका दोषी रोशनकुमार यादव, सत्यनारायण महतो र शत्रुधन महतोलाई २५ हजार धरौटी लिएर साधारण तारेखमा रिहा गर्ने आदेश दिइएको छ ।