धादिङ, २७ माघ – सिंचाई मन्त्रालयका सचिव रामानन्द प्रसाद यादव चढेको जिप त्रिशुली नदीमा खस्दा उनीसहित तीन जना बेपत्ता भएका छन्। ।

कपिलबस्तुबाट काठमाडौँ जाँदै गरेको बा २ झ ३१४० नम्बरको जिप पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ४ सलाङघाटस्थित त्रिशुली नदीमा खसेको हो । 

जिप शनिबार बिहान पौने तीन बजे त्रिशुलीमा खसेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

दुर्घटनामा सचिव यादवसहित उनका छोरा सन्तोष र साथीको छोरी वेपत्ता भएको बताइएको छ  । घाइते चालक सर्लाही वरथवाका निरञ्जन यादवको उद्दार गरिएको छ । उनको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।