कठमाडौ, २६ असार–खानीविद् अरुणकुमार सुबेदीद्धारा लिखित ‘जीवन यात्रा’ लोकार्पण भएको छ । 
खानी संबन्धी बिषयलाई अनुसन्धानात्मक रुपमा समेटिएको पुस्तक जीबन यात्रा युवा विद्यार्थीका लागि मात्र होइन हरेक क्षेत्रका लागि रोचक,पठनीय एवं सन्दर्भ सामाग्रीले भरिएको  छ । 

पुस्तकको शनिवार एक कार्यक्रमका बीच बरिष्ठ पत्रकार एवं घोष्ट राइटिङका सम्पादक टंक पन्त, बरिष्ठ पत्रकार एवं थाहा खबर डटकमका प्रधानसम्पादक तीर्थ कोइराला, नागरिक दैनिकका सम्पादक गुणराज लुइटेल एवं लेखक अरुणकुमार सुबेदीले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।  जीवन यात्रामा नेपालको राजनीतिक , सामाजिक , धार्मिक सास्कृतिक, आर्थक विकासका साथै ऐतिहासिक तथ्यलाई समेत समेटिएको छ । 

घोष्टराइटिङद्धारा प्रकाशित जीवन यात्राको समीक्षा गर्दै सम्पादकहरु टंक पन्त, तीर्थ कोइराला , गुणराज लुइटेल, भुगर्भबीद तारानीधि भटराइले नेपाली समाजमा रहेका बिकृतिलाई औल्याउदै  नेपालको आगामी बाटोको बारेमा उल्लेख गर्नुभएको थियो । 

कार्यक्रममा लेखक सुबेदीले आफुले देशका लागि पुस्तक प्रकाशन गरेको जानकारी गराउनुभएको थियो ।  कार्यक्रममा पुर्बाञ्चल बिश्वबिधालयका पुर्ब उपकुलपति जगतबहादुर केसी, घोष्टराइटिङका सयोजक राजाराम गौतम, रेनुका खरेल, प्रकाशप्रसाद उपाध्याय लगायतले बोल्नुभएको थियो ।