काठमाडौं, ६ कार्तिक–वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य र उहाँकी श्रीमती रमिला आचार्य कोरोनाभाइरस स‌क्रमणमुक्त हुनुभएको छ । गत १९ असोजमा स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा उहाँहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । दुई हप्ता होम आइसोलेसनमा बसेपछि बुधवार गराएको परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको हो । 


कलाकार हरिवंश आचार्यले आफुहरुले कोरोना जितेको सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘हाम्रो कोरोना रिपोर्ट नेगेटिभ आएको छ । हामीलाई धेरै —धेरै माया दिनुहुने सबैमा धन्यवाद ।’