केपी शर्मा ओलीले प्रधानमन्त्रीकारुपमा सरकारको नेतृत्व सम्मालेपछि नेपालले आर्थिक क्षेत्रमा गतिलो फड्को मारेको छ । सन् २०१६ मा मात्र ०.६ प्रतिशत रहेको आर्थिक वृद्धिदर सन्  २०१८ मा आइपुग्दा ६.३ प्रतिशत पुगेको छ । त्यस्तै सन्  २०१७ मा नेपालीहरुको प्रतिव्यक्ति आम्दानी ८४८ डलर रहेकोमा सन्  २०१८ मा आइपुग्दा प्रतिव्यक्ति आय १२४ डलरले वढेर ९७२  पुगेको छ । प्रधानमन्त्रीकारुपमा सरकारको नेतृत्व लिँदा  १०८.८४ अरव आन्तरिक ऋणभार रहेको अवस्थाबाट अहिले आन्तरिक ऋण लिनु नपर्ने अवस्थामा पुग्नु आफैमा सरकारको महत्वपुर्ण उपलव्धी होइन र ?

कविता अधिकारी 

फागुन ३ गते सरकारको नेतृत्व सम्हाल्नुभएका प्रधानमन्त्री केपीशर्मा ओलीले संघीय संसद्मा यसबीचमा भएका कामको तथ्यांक प्रस्तुत गर्नुभयो । गत २२ पौष २०७५ मा संसदमा सम्माननीय प्रधानमन्त्रीले आफनो धारणा राखिरहँदा काँग्रेसका केही सांसदहरुले प्रधानमन्त्रीलाई सरकारले गरेका काम र उपलव्धीकावारेमा प्रश्न सोध्न पाउनुपर्ने माग राखे । सभामुखबाट संसदको कार्यसूचीमा प्रश्नोत्तरको कार्यक्रम नरहेको पटक पटक जानकारी गराउँदा पनि उत्तेजित मनस्थिति र अराजक शैलीमा प्रस्तुत भएका काँगेसका सांसदलाई सभामुखले प्रश्न सोध्ने मौका दिएपनि उनीहरुले प्रश्न नसोधी संसदको कार्यसुचीलाई नै प्रभावित गर्न खोजे । तर काँग्रेस सांसदले प्रधानमन्त्रीले प्रस्तुत गरेका आर्थिक लगायत अन्य क्षेत्रमा सरकारबाट भएका उपलव्धीहरु फेहरिस्तलाई बुझेर पनि बुझ पचाउन खोजे । 

अहिले काँग्रेस सांसद जस्तै केही स्वघोषित बुद्धिजीविहरु पनि सरकारले केही गर्न नसकेको कुरा उल्लेख गदै आलोचनाका लागि आलोचना गर्ने, जसरी पनि सरकार  र यसको नेतृत्वको मान मर्दन गर्नुपर्छ भन्ने दुराशयका साथ प्रस्तुत हुनेहरुलाई संसदमा प्रधानमन्त्रीको प्रस्तुतीले गतिलो पाठ पढाएको छ । केपी शर्मा ओलीले प्रधानमन्त्रीकारुपमा सरकारको नेतृत्व सम्मालेपछि नेपालले आर्थिक क्षेत्रमा गतिलो फड्को मारेको छ । सन् २०१६ मा मात्र ०.६ प्रतिशत रहेको आर्थिक वृद्धिदर सन २०१८ मा आइपुग्दा ६.३ प्रतिशत पुगेको छ । त्यस्तै सन २०१७ मा नेपालीहरुको प्रतिव्यक्ति आम्दानी ८४८ डलर रहेकोमा सन २०१८ मा आइपुग्दा प्रतिव्यक्ति आय १२४ डलरले वढेर ९७२ डलर पुगेको छ । प्रधानमन्त्रीकारुपमा सरकारको नेतृत्व लिँदा  १०८.८४ अरव आन्तरिक ऋणभार रहेको अवस्थाबाट अहिले आन्तरीक ऋण लिनु नपर्ने अवस्थामा पुग्नु आफैमा सरकारको महत्वपुर्ण उपलव्धी होइन र ?

विगत बर्षहरुमा सरकारी पुँजीगत बजेट  समयमा खर्च नहुने परिपाटीको अन्त्य हुन थालेको छ । असार मसान्तसम्ममा हतार हतार गरिने पुँजीगत खर्च अहिले पौष महिनामै २५.३३ प्रतिशतले खर्च भएको छ । राजस्व संकलनका क्षेत्रमा सरकारले महत्वपुर्ण उपलव्धी हाँसील गरेको छ । जसको प्रमाण अहिलेसम्म लक्षित आन्तरीक राजस्वको ३२ प्रतिशत संकलन भैसकेको छ । यो सरकारको महत्वपुर्ण काम भनेको यसले अनुत्पादक र अनुचित तवरले हुने सरकारी खर्चको व्यापक कटौटी गर्न सफल भएको छ । जसको प्रमाण सरकारी खर्च २५ प्रतिशतबाट १४ प्रतिशतमा झरेबाट यो कुरा पुष्टि भएको छ । मुल्यबृद्धि नागरिकहरुको दैनिक सरोकारको बिषय हो । यही कुरालाई ध्यानमा राखेर यो सरकारले मुल्य नियन्त्रण गर्न सफल भएको छ । विगत बर्षमा ४.२ प्रतिशतले भएको मुल्यवृद्धि यो बर्ष ३.७ प्रतिशतमा कायम हुनु पनि सरकारको उपलव्धी होइन र ? 

सरकारका उपलव्धीहरुलाई माथिका आर्थिक सुचकबाट मात्र होइन, केही राष्ट्रिय गौरवका आयोजनाहरुमा भएको प्रगतिवाट पनि मापन गर्न सकिन्छ । हाम्रा सरोकारका आयोजनाहरु जस्तै लुम्बिनीको गौतम बुद्ध विमानस्थल – २०१९ को जुन महिनासम्ममा परीक्षण उडान सम्पन्न हुनेगरी काम अघि बढेको छ । आगामी ६ महिना भित्र पोखरा विमानस्थलको रन वे र एप्रोन निर्माण कार्य सम्पन्न हुँदैछ । भेरी बवई आयोजनाको १२ किलोमिटर सुरुङ्ग मध्ये २ किलोमिटर मात्रै बाँकी रहेको अवस्था छ । माथिल्लो तामाकोसीको काम ९७.८ प्रतिशतले सकिएको छ र २०१९ को अगष्ट भित्रमा परिक्षण उत्पादनको काम सम्पन्न हुनेछ । सरकारले १८७ वटा तुईन रहेकोमा ११३ वटा झुलुङ्गे पुल निमार्ण गरेर तुइन विस्थापित गरिसकेको छ । यो आर्थिक बर्षमा १७ वटा अरु थप तुईनहरु विस्थापित हुने छन् । यातायात क्षेत्रको सिण्डिकेट अन्त्य भएपछि यसको  व्यवस्थापनका लागि सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण गठन गरेर यसको व्यवस्थापनको काम अगाडी बढाउने सोच सरकारले अगाडी सारेको छ । के यी उपलब्धीहरु लाई सरकारको उपलब्धी मान्न सकिन्न र ?

प्रतिपक्षि दल सरकारका यी उपलब्धीहरु देख्दैन वा देखेर पनि बुझ पचाउँछ । स्वघोषित बुद्धिजिविहरु सकारात्मक भन्दा नकारात्मक चिन्तनमा रमाउँछन । तथ्यमा आधारित अंकलाईपनि मिथ्या अंक भन्न शरम मान्दैनन् । बिरोधका नाममा बिरोध गर्न पर्छ भन्ने मानसिकताका साथ चिया गफदेखी संसदसम्म सरकारका उपलब्धीलाइ ढाकछोप गदै बचपना र अराजक शैलीमा प्रस्तुत हुनु आफैमा राष्ट्र र जनताप्रति गैरजिम्मेवार प्रस्तुती हो । त्यसैले प्रतिपक्ष र स्वघोषित विद्धानहरुले ‘कालो लाई सेतो र सेतोलाई कालो’ भन्ने हठ छोड्न पर्दछ । कम्तीमा देश र जनताप्रति जिम्मेवार हुँदै सरकारका नीति तथा कार्यक्रमहरुलाई रचनात्मक सहयोग गरि समृद्ध नेपाल निमार्णमा योगदान गर्न आवश्यक छ । 

नेपालमा रेलवेको बिषयमा व्यापक नकारात्मक टिका टिप्पणीहरु हुने गरेका छन् । प्रधानमन्त्री ओलीको सोच र चिन्तनबाट उठेका यी बिषयहरु नेपालको समृद्धिको पाटोमा टेवा पु¥याउने दुरगामी महत्वका बिषयहरु हुँदाहुदैपनि यसलाई नकारात्मक हिसाबबाट प्रस्तुत गर्नु, खिसिटिउरी प्रकारका कार्टुनहरु बनाउनु र यी सोचहरुलाई मुर्त रुप दिन असहयोग गर्नु भनेको नेपालको विकास र समृद्धिको बिरुद्धमा आवाज उठाउनु हो । यति हुँदा हुदै पनि नेपालले रेल वे को क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको छ । पुर्व पश्चिम रेलमार्गको विस्तृत परियोजना सम्पन्न भएको छ । केरुङ्ग काठमाडौ रेलमार्गको स्थलगत अध्ययन सकिएको छ । काठमाडौ तराई मधेश फास ट्याकको काम उत्साहजनक रुपमा अगाडि बढेको छ । खासगरी यी परियोजनाहरु सम्पन्न भएमा नेपालको आर्थिक  क्षेत्रको विकासमा ठुलो टेवा पुग्ने छ । चीनसँग जोडिने रेलमार्गले अन्तराष्ट्रिय  व्यापारका माध्यमबाट नेपाललाई चीनसँग मात्र हैन की दक्षिण पुर्वि एसिया, पुर्वि एसिया युरोप, लगायतका देशहरुसँग जोडने छ । यो रेलमार्गले नेपालमा भारतिय एकाधिकार पुँजीको अन्त्य गर्नेछ । विदेशी बजारमा नेपाली बस्तु तथा सेवाहरु उत्पादनलाई थप प्रोत्साहीत गदै निर्यातलाई बढावा दिइ व्यापार घाटामा कमी आउने छ । यस्तो दुरगामी महत्व बोकेको यो परियोजनालाई मुर्त रुप दिन प्रतिपक्ष र स्वघोषित बृद्धिजिविबाट सकारात्मक र रचानात्मक भुमिका निर्वाह गर्नुपर्नेमा यो बिषयलाई लिएर प्रधानमन्त्रीको मानमर्दन र खिसिटिउरी गर्ने काम आफैमा नेपाल र नेपाली जनताप्रति गरेको घात हो । यो कुरा प्रतिपक्षि दलले बुझन जरुरी छ । सरकारका उपलव्धीहरुलाई माथिका आर्थिक सुचकहरुले पुष्टि गरेको छैन र ? यो कुरा संसदमा उफ्रिने काग्रेस सांसद र स्वघोषित वुद्धिजीवीहरुले राम्रैसँग बुझन आवश्यक छ । 

प्रतिपक्षि दल सरकारका यी उपलब्धीहरु देख्दैन वा देखेर पनि बुझ पचाउँछ । स्वघोषित बुद्धिजिविहरु सकारात्मक भन्दा नकारात्मक चिन्तनमा रमाउँछन । तथ्यमा आधारित अंकलाईपनि मिथ्या अंक भन्न शरम मान्दैनन् । बिरोधका नाममा बिरोध गर्न पर्छ भन्ने मानसिकताका साथ चिया गफदेखी संसदसम्म सरकारका उपलब्धीलाइ ढाकछोप गदै बचपना र अराजक शैलीमा प्रस्तुत हुनु आफैमा राष्ट्र र जनताप्रति गैरजिम्मेवार प्रस्तुती हो । त्यसैले प्रतिपक्ष र स्वघोषित विद्धानहरुले ‘कालो लाई सेतो र सेतोलाई कालो’ भन्ने हठ छोड्न पर्दछ । कम्तीमा देश र जनताप्रति जिम्मेवार हुँदै सरकारका नीति तथा कार्यक्रमहरुलाई रचनात्मक सहयोग गरि समृद्ध नेपाल निमार्णमा योगदान गर्न आवश्यक छ ।