काठमाडौं, २८ मंसिर–वरिष्ठ कलाकार दिपक क्षेत्रीको निधन भएको छ ।

५८ वर्षिय क्षेत्रीको शनिबार डिल्लीबजारस्थित आफ्नै निवासमा निधन भएको हो । दिउँसोसम्म पनि कोठाको ढोका नखोलेपछि छोराले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले करिब २ बजे ढोका फोरेर हेर्दा क्षेत्रीको मृत्यु भइसकेको थियो । लामो समयदेखी क्यान्सरबाट पिडित कलाकार क्षेत्रीको साथीभाइले सहयोग रकम संकलन गरेर उपचार गरिरहेका थिए । क्षेत्रीको शव आज टिचिङ अस्पतालमा राखिएको छ । क्षेत्रीकी श्रीमती मलेसियामा रहेको कारण उनी भोलि नेपाल फर्केपछि मात्रै अन्तिम संस्कार गरिने बताइएको छ ।