कैलाली, २९ भदौ– पूर्वपश्चिम राजमार्ग अन्र्तगत कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ३ वलचौरमा बस दुर्घटना हुदा २ जनाको मृत्यू भएको छ । 
अन्य ५ जना घाइते भएका छन् । 

दुर्घटनामा परी लम्की चुहा ३ का १४ वर्षिय अनिल वादीको मृत्यू भएको र अर्का एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल ल्याईएको छ । 

नेपालगंजबाट धनगढी आउदै गरेको से.१ ख. ११८८ नम्बरको कर्णाली यातायातको बस आज दिउसो वलचौरमा दुर्घटना भएको हो । घाईतेहरुको लम्की स्थित लालरत्न मेडीकलमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।