जर्मन दर्शन, क्लासिकल (व्रिटिस) राजनीतिक अर्थशास्त्र र काल्पनिक समाजवाद (युटोपियन सोसियलिज्म्) जस्ता स्रोतहरुकोे गहिरो अध्ययनपछि समग्र समाजको अध्ययन र परिवर्तनका लागि उनले प्रतिपादन गरेको द्धन्द्धात्मक भौतिकवादी, ऐतिहासिक भौतिकवादी र राजनीतिक अर्थशास्त्रीय दृष्टिकोणका माध्यबाट समाजलाई वैज्ञानिक समाजवाद र साम्यवादी समाजमा रुपान्तरण गर्ने आर्थिक, सामाजिक र राजनीतिक सिद्धान्त र विधिको नाम नै मार्क्सवाद हो । अर्को शव्दमा भन्ने हो भने मार्क्सले विश्व समाजलाई समाजको अध्ययन र रुपान्तरण गर्ने ३ वटा हतियार वा विधि छोडेर गएका छन । त्यो मध्ये एउटा राजनीतिक सिद्धान्तको रुपमा (वैज्ञानिक समाजवाद), दोस्रो दर्शनको रुपमा (द्धन्द्धवाद र ऐतिहासिक भौतिकवाद अर्थात इतिहासको भौतिकवादी बुझाई (वर्ग संघर्ष) र तेस्रो आर्थिक क्रियाकलापको विश्लेषणको रुपमा (राजनीतिक अर्थशास्त्र वा पूँजी वा मुल्य वा अतिरिक्त मुल्य) नै मार्क्सका मुख्य योगदान हुन । हामी मार्क्सका यी योगदानको समष्टिरुपलाई नै मार्क्सबाद भनेर बुझ्दछौ । उन्नाइसौ शताव्दीका महान दार्शनिक, राजनीतिक सिद्धान्तकार, राजनीतिक अर्थशास्त्री, पत्रकार, इतिहासका व्याख्याता, समाजवादी चिन्तक कार्ल मार्क्सकोे यो योगदानको सम्मानस्वरुप उनको द्धिसतवार्षिकी जन्मदिन मे ५ को अवसर पारेर विश्वभरका समाजवादी पार्टी, कार्यकर्ता, चिन्तकहरुले उनका योगदानलाई एकपल्ट सम्झिएका छन् र एक्काइशौ शताब्दीमा मार्क्सबादको अझै आवश्यकता बोध गर्दै मार्क्सबादी विधि र सिद्धान्तहरुलाई व्यवहारमा उतार्ने सकल्प पनि गरेका छन् । 

पूँजीवादको चिहान अतिरिक्त मुल्य हो भन्ने निष्कर्ष निकालेको पूँजीले पूँजीवादी उत्पादन प्रणालीको विभिन्न आयामको व्याख्या गर्दछ । मार्क्सको यो योगदानले समाजवादीहरुलाई मात्र होइन, पूँजीवादका आन्तरिक अन्तरद्धन्द्ध र अप्ठयाराहरुलाई छिचोल्ने काममा पूँजीवादीहरुलाई नै वढी गुण लगाएको छ । त्यसैले सन् १९३० को मन्दी, सन २००८ को विश्वव्यापी वित्तिय संकटपछि यो ग्रन्थलाई अध्ययन गर्नेहरुको संख्या संसारमा हवात्तै वढेको छ ।

नेपाल मार्क्सबादी, लेनिनवादी र जनताको बहुदलीय जनवादी सिद्धान्तमा आधारीत रहेर समाजवादी यात्रामा अगाडि बढीरहेको सन्दर्भमा, यो यात्रालाई अगाडि बढाउन हामीले कस्तो खालको आर्थिक प्रणालीको अवलम्वन गर्नुपर्ला ? हिजोमात्रै सामन्तवादबाट पूँजीवादमा संक्रमणको घोषणा गरेका हामी नेपालीले त्यसको केही बर्षभित्रै समाजवादीउन्मुख राष्ट्रको रुपमा अगाडि बढ्ने संवैधानिक सकल्प गरेका छौं । हाम्रा आर्थिक नीति, कार्यक्रम र व्यवहारहरु यो दिशामा अगाडि बढेका छन् कि छैनन् ? समाजवादको यात्रा पूँजीवादको पहिलो पाइलो मात्रै पक्रेर आउन सक्छ ? वा पूँजीवादी उत्पादन प्रणाली अन्तगर्त  उत्पादकशक्ति, उत्पादनका साधनको स्वामित्व परिवर्तनसहित उत्पादन सम्वन्ध फेरिएर आउँछ ? वा अतिरिक्त मूल्यका माध्यमबाट पूँजीपतिबर्गले बढी पूँजीको सञ्चयका कारणबाट सृजित बर्गर्सघर्षको परिणामबाट समाजबाद आउँछ ? वा मार्क्सको भाषामा लाभ वा नाफासहितको समाजवादी बजार अर्थतन्त्रका माध्यमबाट पनि समाजबाद आउन सक्छ ? एक्काइशौ शताव्दीको समाजवाद निर्माणको आधार माक्र्सको पूँजी हो वा यो आधार मात्र हो ? यी तमाम् प्रश्न संसारभर उठिरहेका छन् भने नेपालजस्तो कम्युनिष्टहरुको बहुमतको सरकार रहेको देशमा कस्तो समाजबाद ? यो  वहसको बिषय बन्नुपर्छ  ।

पूँजीवादको चिहान अतिरिक्त मुल्य हो भन्ने निष्कर्ष निकालेको पूँजीले पूँजीवादी उत्पादन प्रणालीको विभिन्न आयामको व्याख्या गर्दछ । मार्क्सको यो योगदानले समाजवादीहरुलाई मात्र होइन, पूँजीवादका आन्तरिक अन्तरद्धन्द्ध र अप्ठयाराहरुलाई छिचोल्ने काममा पूँजीवादीहरुलाई नै वढी गुण लगाएको छ । त्यसैले सन् १९३० को मन्दी, सन २००८ को विश्वव्यापी वित्तिय संकटपछि यो ग्रन्थलाई अध्ययन गर्नेहरुको संख्या संसारमा हवात्तै वढेको छ । करिव २००० पेज र ३ वटा भोलुममा बाँडिएर मार्क्सले लेखेको यो पूँजीको पहिलो भाग सन् १८६७ सेप्टेम्वर १४ मा मार्क्सको जीवनकालमै छापिएको थियो भने दोस्रो भाग मार्क्सकोे मृत्युको २ बर्षपछि १८८५ मा फ्रेडेरिक एंगेल्सले र तेस्रो भाग १८९४ मा एंगेल्सका केही पुरक लेखहरुको समावेशसहित प्रकाशन गरिएको थियो । पूँजीको पहिलो भोलुममा ८ भाग र ३३ च्याप्टर रहेका छन । भोलुम २ मा ३ भाग र २१ च्याप्टर रहेका छन् । भोलुम ३ मा सात भाग र ५२ च्याप्टर र केही फ्रेडेरिक एंगेल्सका पुरक लेखहरु समेटिएका छन् । यी ३ वटै भोलुमका प्राय सवै च्याप्टरमा विभिन्न खण्ड अन्र्तगत विषयको गहिराईलाई थप स्पष्ट पार्ने कोशिश गरिएको छ । 

समाजवादको यात्रा पूँजीवादको पहिलो पाइलो मात्रै पक्रेर आउन सक्छ ? वा पूँजीवादी उत्पादन प्रणाली अन्तगर्त उत्पादकशक्ति, उत्पादनका साधनको स्वामित्व परिवर्तनसहित उत्पादन सम्वन्ध फेरिएर आउँछ ? वा अतिरिक्त मूल्यका माध्यमबाट पूँजीपतिबर्गले बढी पूँजीको सञ्चयका कारणबाट सृजित बर्गर्सघर्षको परिणामबाट समाजबाद आउँछ ? वा मार्क्सको भाषामा लाभ वा नाफासहितको समाजवादी बजार अर्थतन्त्रका माध्यमबाट पनि समाजबाद आउन सक्छ ? एक्काइशौ शताव्दीको समाजवाद निर्माणको आधार मार्क्सको पूँजी हो वा यो आधार मात्र हो ? यी तमाम् प्रश्न संसारभर उठिरहेका छन् भने नेपालजस्तो कम्युनिष्टहरुको बहुमतको सरकार रहेको देशमा कस्तो समाजबाद ? यो वहसको बिषय बन्नुपर्छ ।

हामीले पूँजीको अध्ययनलाई अगाडि वढाउनु भन्दा अगाडि यसको विषयवस्तु र यसको प्रस्तुतीलाई सवैभन्दा पहिले बुझनु आवश्यक छ । माल अर्थात कमोडिटीको विश्लेषणबाट शुरु गरिएको पूँजी खास गरेर पहिलो भोलुममा उत्पादन, दोस्रोमा विनिमय र तेस्रोमा वितरणका पक्षहरुलाई समावेश गरिएको छ । मार्क्सको पूँजी अर्थात पूँजीवादी उत्पादन प्रणालीलाई बुझ्न सजिलो होस् भनेर तलको तालिकामा यसका विषयवस्तुहरुलाई प्रस्तुत गरिएको छ । 

भोलुम १, भाग १ : माल र मुद्रा :-
माल र मुद्राकोबारेमा चर्चा गरिएको यो भागमा (च्याप्टर १ देखी च्याप्टर ३ सम्म) ३ वटा (च्याप्टर) खण्ड रहेका छन । यो भागको पहिलो खण्डमा मालको वारेमा चर्चा गरिएको छ भने यो खण्डमा ३ वटा उपखण्ड छन् । त्यस्तै, दोस्रोे खण्डमा विनिमयको वारेमा चर्चा गरिएको छ भने तेस्रो खण्डमा मुद्रा र मालको परिचालन कसरी हुन्छ भन्ने विषयमा गहिरो विश्लेषण गरिएको छ । यो तेस्रो खण्डमा ३ वटा उपखण्ड रहेका छन ।  

भालुम १, भाग २: माल र मुद्राको पुजीमा रुपमान्तरण :-
यो भागमा माल र मुद्राको पुँजीमा कसरी रुपान्तरण हुन्छ भन्ने कुराको विश्लेषण गरिएको छ । यो भागमा (च्याप्टर ४ देखी ६ सम्म) जम्मा ३ वटा खण्डहरु रहेका छन । पहिलो खण्डमा पुँजीको सामान्य सुत्रलाई सुत्रिकृत गर्न खोजिएको छ भने दोस्रो खण्डमा पुजीको सामान्य सुत्रको अन्र्तद्धन्द्ध र तेस्रो खण्डमा श्रमशक्तिको किनवेच कसरी हुन्छ भन्ने कुराको विश्लेषण गरिएको छ । 

भोलुम १, भाग ३: निरपेक्ष (एब्स्युलेट) अतिरिक्त मुल्यको उत्पादन :-  
यो भागमा जम्मा ५ वटा  च्याप्टरहरु (च्याप्टर ७ देखि ११ सम्म) रहेका छन । यो भागको पहिलो च्याप्टर वा च्याप्टर ७ मा श्रम प्रक्रिया र अतिरिक्त मुल्य उत्पादन गर्ने प्रक्रियाको वारेमा चर्चा गरिएको छ भने यो २ वटा अरु उपखण्डहरु रहेका छन । पहिलो उपखण्डमा श्रम प्रक्रिया र उपयोग मुल्यको उत्पादन र दोस्रो उपखण्डमा अतिरिक्त मुल्यको उत्पादनकावारेमा चर्चा गरिएको छ । त्यस्तै च्याप्टर ८ मा स्थिर पुजी (कन्स्टेण्ट क्यापिटल) र गतिशिल पुजी (भेरियवल क्यापिटल) को वारेमा चर्चा गरिएको छ । यो भागको च्याप्टर ९ मा अतिरिक्त मुल्यको रेट (दर) को वारेमा छलफल गरिएको छ । यो च्याप्टरमा जम्मा ४ वटा उपखण्डहरु रहेका छन । पहिलो उपखण्डमा श्रम शक्तिको शोषणको मात्रा वा डिग्री, दोस्रो उपखण्डमा उपज मुल्यको पक्षहरुको प्रतिनिधित्व, तेस्रो उपखण्डमा सिनियरको अन्तिम घण्टा र चौथो उपखण्डमा अतिरित्त उपजकोवारेमा विश्लेषण गरिएको छ । त्यस्तै ७ वटा उपखण्ड रहेको च्याप्टर १० मा कामको दिनकावारेमा र च्याप्टर ११ मा अतिरिक्त मुल्यको योग र दरकोवारेमा विश्लेषण गरिएको छ । 

भोलुम १, भाग ४ : सापेक्ष अतिरिक्त मुल्यको उत्पादन :- 
च्याप्टर १२ देखी च्याप्टर १५ सम्म समेटीएको यो भागको च्याप्टर १२ मा सापेक्ष अतिरिक्त मुल्यको अवधारणा र च्याप्टर १३ मा सहकारीताकावारेमा चर्चा गरिएको छ । च्याप्टर १४ मा श्रमको विभाजन र निर्माण (म्यानुफयाक्चर)कावारेमा चर्चा गरिएको छ । यो च्याप्टरमा जम्मा ५ वटा सेक्सन ( उपखण्ड) हरु रहेका छन । त्यस्तै च्याप्टर १५ मा मेशिन र आधुनिक उद्योगकोवारेमा समेटीएको छ । यो च्याप्टरमा जम्मा १० वटा उपखण्डहरु रहेका छन । 

भोलुम १, भाग ५ :निरपेक्ष र सापेक्ष अतिरिक्त मुल्यको उत्पादन :-     
यो भागमा १६ देखी १८ च्याप्टर रहेका छन । १६ च्याप्टरमा निरपेक्ष र र सापेक्ष अतिरिक्त मुल्य र च्याप्टर १७ मा श्रम शक्तिको दामकावारेमा विश्लेषण गरिएको छ । यो च्याप्टरमा ४ उपखण्डहरु रहेका छन । त्यस्तै च्याप्टर १८ मा अतिरिक्त मुल्यका दरका सुत्रहरुकोवारेमा समेटीएको छ । 

भोल्युम १, भाग ६: ज्याला वा मजदुरी :-
यो भागमा च्याप्टर १९ देखी २२ सम्म समेटीएको छ । च्याप्टर १९ मा श्रम शक्तिको मुल्यमा रुपमान्तरण, च्याप्टर २० मा समय अनुसारको ज्याला, २१ मा काम अनुसारको ज्याला र २२ मा ज्याला वा मजदुरीको राज्यपिच्छे फरकपनकावारेमा चर्चा गरिएको छ ।  

भोल्युम १, भाग ७:पूँजीको संञ्चय (क्यापिटल अक्युम्युलेशन):-   
यो भागमा च्याप्टर २३ देखी २५ सम्म समेटीएको छ । च्याप्टर २३ मा साधारण पुनरुत्पादन र च्याप्टर २४ मा अतिरिक्त मुल्यको पुँजीमा रुपान्तरणकावारेमा चर्चा गरिएको छ । यो च्याप्टरमा ५ वटा सेक्सनहरु छन । च्याप्टर २५ मा पुँजी सञ्चयको सामान्य नियमकोवारेमा चर्चा गरिएको छ यसमा ४ वटा सेक्शनहरु रहेका छन । 

भोलुम १, भाग ८: आदिम सञ्चय    (प्रिमिटिभ अक्युम्युलेशन)  :-
यो भागमा च्याप्टर २६ देखी ३३ सम्म समेटीएको छ । च्याप्टर २६ मा प्रिमिटीभ अक्युम्युलेशनको रहस्य, २७ मा भुमीहीन कृषिमा आधारित जनसख्याकोवारेमा, २८ मा सम्पति खोसिएका मानिसहरुकोवारेमा, २९ मा पुजीपति किसानको उत्पति, ३० मा कृषि क्रान्तिको उद्योगमा रुपान्तरण, ३१ मा औद्योगिक पुजीपतिको उत्पति, ३२ मा पुजीवादी सञ्चयको ऐतिहासिक पृष्ठभुमी, ३३ मा उपनेविशीकरणको आधुनिक शिद्धान्तकावारेमा चर्चा गरिएको छ ।  

भोल्युम २, भाग १ :पूँजीको परिचालन र त्यसको सर्किट :- 
च्याप्टर १ देखी च्याप्टर ६ सम्म समेटीएको यो भागको च्याप्टर १ मा मुद्रा पुजीको सर्किटकावारेमा चर्चा गरिएको छ । यो च्याप्टरमा ४ वटा सेक्सनहरु रहेका छन । च्याप्टर २ मा उत्पादक पुजीको सर्किटकोवारेमा चर्चा गरिएको छ । यो च्याप्टरमा पनि ४ वटा सेक्सनहरु रहेका छन । च्याप्टर ३ मा माल पुजीको सर्किट च्याप्टर ४ मा सर्किटका सुत्रहरु, च्याप्टर ५ मा परिचालनको समय, च्याप्टर ६ मा परिचालनको लागतकोवारेमा चर्चा गरिएको छ । यो च्याप्टरमा ३ वटा सेक्शनहरु रहेका छन । 

भोल्युम २, भाग २ :पूँजीको टर्नओभर :-
च्याप्टर ७ देखी १७ सम्म समेटीएको यो भागको च्याप्टर ७ मा टर्नओभर संख्या र समयकोवारेमा चर्चा गरिएको छ । च्याप्टर ८ मा फिक्स क्यापिटल र गतिशिल पुजीकोवारमा, च्याप्टर ९ मा पेश्की पुजीको कुल टर्नओभर, १० मा फिक्स र गतिशील पुजीको सिद्धान्त (प्रकृतिवादी र एडम स्मिथ), च्याप्टर ११ मा फिक्स र गतिशील पुजीको सिद्धान्त (रिकार्डो), च्याप्टर १२ मा कार्य अवधि, १३ मा उत्पादन काल, १४ मा परिचालनकाल १५ मा पेश्की पुजीको परिमाणमा टर्नओभर कालको प्रभाव, १६ मा परिवर्तशील पुजीको टर्नओभर, १६ मा अतिरिक्त मुल्यको परिचालनकोवारेमा समेटिएको छ । 

भोल्युम २, भाग ३: सामाजिक पुजीको पुनरुत्पादन र परिचालन:-
च्याप्टर १८ देखी २१ सम्म समेटीएको यो भागमा च्याप्टर १८ मा सामाजिक पुजीको पुनरुत्पादन र परिचालनको परिचय, प्रकृतिवादी र एडमस्मिथको सामाजिक पुजीको पुनरुत्पादन र परिचालनसम्वन्धी प्रस्तुतीकरण, च्याप्टर २० मा सामान्य पुनरुत्पादन, च्याप्टर २१ मा सञ्चित र विस्तारीत पुनरुत्पादनकावारेमा चर्चा गरिएको छ ।

भोल्युम ३, भाग १ :अतिरिक्त मुल्यको नाफामा र अतिरिक्त मुल्य दरको नाफा दरमा परिवर्तन,:-   
यो भागमा च्याप्टर १ देखी ७ सम्म समेटीएको छ । च्याप्टर १ मा लागत मुल्य र नाफाकावारेमा, च्याप्टर २ मा नाफाको दर, च्याप्टर ३ मा अतिरिक्त मुल्यसँग नाफादरको सम्वन्ध, च्याप्टर ४ मा नाफा दरमा टर्नओभरको प्रभाव, च्याप्टर ५ मा स्थिर पुजीको लगानीमा वचत, च्याप्टर ६ मा मुल्य उतारचढावको प्रभाव, च्याप्टर ७ मा केही पुरक भनाईहरु समेटीएका छन । 

भोल्युम ३, भाग २ :नाफा (लाभ)को औषत लाभमा रुपान्तरण :-
च्याप्टर ८ देखी १२ सम्म समेटीएको यो भागको च्याप्टर ८ मा फरक उत्पादनका फरक नाफादरको परिणाममा अन्तर, ९ मा सामान्य नाफा दर, १० मा प्रतिस्पर्धात्मक लाभ दर, ११ मा उत्पादन दरमा सामान्य ज्यालादरको घटवढको प्रभाव र १२ मा केही पुरक भनाईहरु समेटीएका छन । 

भोल्युम ३, भाग ३ :नाफा (लाभ) दर घटने प्रवृतिको नियम  :-
च्याप्टर १३ देखी १५ सम्म समेटीएको यो भागको १३ च्याप्टरमा नाफाको नियम, १४ मा यसको विपरीत प्रभाव, १५ मा नाफा नियमका आन्तरिक विरोधको प्रतिवादनवारे गहिरो विश्लेषण गरिएको छ । 

भोल्युम ३, भाग ४ :बाणिज्य पुजी र मुद्रा वजार:-
च्याप्टर १६ देखी २० सम्म समेटीएको यो भागको च्याप्टर १६ मा वाणिज्य पुँजी, च्याप्टर १७ मा वाणिज्य लाभ वा नाफा, १८ मा व्यापारिक पुजीको टर्नओभर, १९ मा मुद्रा व्यवसायीक पुजी, २० मा व्यापारीक पुजीको बिषयमा ऐतिहासिक तथ्य प्रस्तुत गरिएको छ । 

भोल्युम ३, भाग ५ :नाफाको व्याज र उद्यमको व्याजमा विभाजन ( व्याज जन्माउने पुजी) :- 
च्याप्टर २९ दखी ३६ सम्म समेटीएको यो भागको च्याप्टर २९ मा व्याँक पुजीका अँगहरु, ३० र ३१ मा मुद्रा पुँजी र माल पुजी, ३२ मा मुद्रा पुँजी र बस्तु पुँजी, ३३ मा उधारो प्रणालीमा परिचालन, ३४ मा मुद्रा सिद्धान्त, ३५ मा बहुमुल्य धातु र विनिमय दर, ३६ मा पुर्व पुजीवादी सम्वन्धकावारेमा व्याख्या गरिएको छ । 

भोल्युम ३, भाग ६ :अतिरिक्त नाफा वा लाभको लगानमा रुपान्तरण :-
च्याप्टर ३७ देखी ४७ सम्म समेटीएको यो भागको ३७ मा अतिरिक्त लाभको लगानमा रुपान्तरणको अवधारण, ३८ मा विभेदकारी लगान, ३९ र ४० मा विभेदकारी लगानको पहिलो र दोस्रो रुप, ४१, ४२, ४३ मा विभेदयुक्त लगानको पहिलोरुप, स्थिर उत्पादन दाम, दोस्रोरुप, ह्रासमान उत्पादन दाम, तेस्रोरुप, वढिरहेको उत्पादन दामकावारेमा चर्चा गरिएको छ । यो भागको च्याप्टर ४४ मा कमसल कृषिभुमिमा विभेदयुक्त लगान, ४५ मा निरपेक्ष लगान, ४६ मा निर्माणस्थलको लगान, खानीको लगान, ४७ मा पुजीवादी लगानको उत्पतिकावारेमा व्याख्या गरिएको छ । 

भोल्युम ३, भाग ७ :
यो भागमा च्याप्टर ४८ देखी ५२ सम्मका समेटीएका छन । यो भागको च्याप्टर १७ मा प्रतिफलका सुत्रहरु, ४९ उत्पादन प्रक्रियाको विश्लेषण, ५० मा प्रतिस्पर्धा र उत्पन्न समस्याहरु, ५१ मा वितरण सम्वन्ध र उत्पादन सम्वन्ध, ५२ बर्गहरुकावारेमा व्याख्या गरिएको छ । 

फ्रेडेरिक एंगेल्स :पुरक लेखहरु:-
पुजीको भाग ३ मा फ्रेडेरिख एंगेल्सले पुरक लेखमा मुल्यको दर र नाफा दर र शेयर बजारकावारेमा व्याख्या गरेका छन । 

(रोका चीनको बेइजिङस्थित इन्टरनेशलन युनिभरसिटी अफ विजनेश र इकोनोमिक्समा राजनीति अर्थशास्त्रमा विद्यावारिधी गर्दैछन्)  

नोट : मार्क्स  र पूँजीवारे हामीले जानकारी र वहसको श्रृंखला सुरु गरेका छौं । यो आलेख त्यसतर्फको आरम्भमात्र हो ।