काठमाडौं, २६ साउन - बलिउड अभिनेत्री कंगना रनौत सँधै आफुले दिएका विवादीत बयानका कारण चर्चामा रहन्छिन् । बलिउड अभिनेता सुशांत सिंह राजपूत को निधन पश्चात उनले बारम्बार बलिउडका नाम चलेका व्यक्तिहरुलाई निशाना बनाउँदै व्यक्तित्वमाथि सवाल गरिरहेकी छन् ।  

हालै उनले बलिउड अभिनेता रणविर कपुर र अभिनेत्री दीपिका पादुकोणलाई निशाना बनाएर प्रहार गरेकी छन् ।   कंगना रनौतले ट्वीट गर्दै रणवीर कपूर र दीपिका पादुकोण को विरोध गरेकी छन् । कंगना ले रणवीर कपूर लाई स्कर्ट चेजर र दीपिका पादुकोण को साइको बताएकी छन् ।

जसले गर्दा उक्त  ट्वीटले खुबै चर्चा पाएको छ । एउटा ट्वीटले यि दुईलाई स्कर्ट चेजर र मानसिक रुपमा बिरामी भन्दै लेखेपछि कंगनाले उक्त ट्वीटलाई जवाफ दिँदै उनिहरु त्यस्तो भएर पनि उनीहरुलाई कसैले त्यस्तो भन्न सक्दैनन् किनकी यो नाम सानो सहरबाट आएका मानीसहरुका लागि आरक्षित गरेर राखिएको बताएकी छन् ।