काठमाडौँ, ८ चैत - भारतीय गायिका कनिका कपूर लाई कोरोना भाइरस संक्रमण भएपछि लखनऊ मा चिन्ताजनक स्थिती उत्पन्न भएको छ । भर्खरै लखनउको होटल ताजमा एक पार्टीमा सम्मिलित भएकी उनी लण्डनबाट त्यहाँ पुगेकी थिइन । 

कपुर त्यहाँ पुग्दा नै संक्रमीत भइसकेको खबर आएकाले मार्चसम्मा  ताज होटलको हरेक सेवा बन्द गर्न निर्देशन दिइएको छ ।त्यस्तै लखनउको केही ठाउँहरु पुर्ण रुपमै बन्द गरिएको छ । कपुरले  आफु कोरोना संक्रमीत भएको खुलासा आफुले नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन । 

कनिका कपूर लाई अहिले लखनऊ को केजीएमयू को आइसोलेशन वार्डमा  राखिएको  उनका बुवा राजीव कपुरले बताएका छन् । त्यस्तै उनले कनिकाले लन्डनबाट फकिएपछि  तीन चार पार्टीमा सामल भएको बताएका छ्न । उनका अनुसार त्यहाँ कनिकाले कम्तिमा पनि ३००-४०० मानीसहरुलाई भेटिन तर कनिकाले यो कुरा अस्विकार गरेकी छन् ।

उनले आफु लन्डनबाट आएपछि कुनै पार्टीमा नगएको बताएकी छन्  कनिका कपुरलाई एअरपोर्टबाट भागेको आरोप छ तर उनले भनेकी छन् उनले एअरपोर्टमा स्क्रिनिङ्ग गराउँदा उनमा कोरोनाको संक्रमण्म थिएन ।  अनि समझदार र पढेलेखेको भएकाले पनि उनी यस्तो गर्ने छैनन् ।

उनको विरुद्धमा एफ आई आर पनि दर्ता गरिएको छ ।