काठमाडौं, १३ जेठ– भारतका निर्माता, निर्देशक तथा कलाकार करण जौहर आइसोलेसनमा बसेका छन्। आफ्नो घरमा काम गर्ने दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेका हुन्।

कोरोनाको लक्षण देखिएपछि दुवैलाई क्वारेन्टिनमा राखिएको र पूरै घरलाई स्यानिटाइज गरिएको उनले बताएका छन्। परिवारका सबै सदस्य र काम गर्नेहरुको कोरोना परीक्षण गरिएकोमा दुई जनाबाहेक सबैको रिपोर्ट नेगेटिभ आएको करणले जानकारी दिएका छन्।

अब उनी १४ दिन आइसोलेशनमा बस्ने भएका छन् । यद्यपि करणलाई भने कोरोना परीक्षणमा पोजेटिभ नदेखिएको बीबीसीले जनाएको छ ।