काठमाडौँ, २७ साउन - बलिउड अभिनेत्री करिना कपुर आफनो हालैको अन्तवार्ताका कारण ट्विटर प्रयोगकर्ताको नजरमा परेकी छन् । एक भारतीय सञ्चारमाध्यमसंगको अन्तवार्तामा उनले कुरा गर्दै नेपोटीज्मको बारेमा चर्चा गरेकी छन् ।

जसमा उनले जनताले नै नेपोटीज्म बनाएको भन्दै उनले तपाई स्टारकिड्सको फिल्म हेर्न जानुहुन्छ र त उनिहरु फेमस हुन्छन्, नजानुहोस् भनेकी छन् । उनले दर्शकहरुलाई कसैले बाध्य बनाएको छैन पनि भनेकी छन् जसले गर्दा अहिले सोसलमिडियामा उक्त कुराले चर्चा पाएको छ । उनी अहिले ट्रोलको सिकार बनेकी छन् । 

कतिपयले उनले त्यस्तो भन्न नहुने भनेका छन् त कतिले उनको मजाक उडाएका छन् । करिना कपुर र आमिर खानको अभिनय रहेको फिल्म लाल सिंह  चड्ढा २०२१ को क्रिसमसमा आउँदै छ । तर उनको अन्तवार्ताका कारण उक्त फिल्म हेर्न नजाने भन्दै विभिन्न अभियानहरु पनि चलाइएका छन् ।