काठमाडौं, ९ फागुन– भारतीय नायिका करिना कपुर दोस्रो पटक आमा बनेकी छिन् । उनले आइतबार बिहान छोरालाई जन्म दिइन् । करिना र सैफ अली खान आफ्नो नयाँ पाहुनाका लागि निकै उत्साहित छन् ।

करिनालाई शनिबार राती ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । भारतीय सञ्चार माध्यका अनुसार आमा र बच्चा दुबै स्वस्थ रहेको बुझिएको छ ।