श्रीनगर, २५ असोज –  भारत नियन्त्रित काश्मिरको अशान्त क्षेत्रमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी दुई व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । 

मारिएकाको पहिचान अझै नखुलेको भए पनि उनीहरु हतियारधारी आतङ्ककारीहरु नै रहेको बताइएको छ । 

भारत नियन्त्रित शहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा रहेको कुपवारा जिल्लाको हान्दवारा गाउँमा सो दोहोरो झडप भएको थियो । 
हान्दवारा जिल्लामा भएको दोहोरो गोली हानाहानमा परी दुई आतङ्ककारी मारिएका प्रहरी प्रवक्ताले बताउनु भएको छ । स्थानीय समयानुसार बिहीबार बिहानीपख २ बजे सो झडप भएको थियो । 

यस दोहोरो झपडका क्रममा सुरक्षा अधिकारीहरुतर्फ भने कुनै क्षति नभएको जानकारी दिइएको छ । 

(रासस /सिन्ह्वा)