काठमाडौं,१९  कात्तिक-  बुद्धिचालका अन्तर्राष्ट्रिय आर्बिटर उमेश केसी ‘डि’ बाट ‘सी’ श्रेणीमा पदोन्नती हुनुभएको छ  । गत महिना टर्कीमा भएको अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को ८८ औं कोंग्रेसले केसीलाई ‘सी’ श्रेणीमा पदोन्नती गरेको हो ।

फिडेका आधिकारिक र विभिन्न महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता निर्णायकको भूमिका निर्वाह गरेको आधारमा उक्त लाइसेन्स दिने प्रावधान छ ।

नेपाल बुद्धिचाल संघका सदस्य समेत रहनुभएका केसी २००९ मा फिडे आर्बिटर र २०१२ मा ‘डि’ श्रेणीको अन्तर्राष्ट्रिय आर्बिटर बन्नुभएको थियो  । नेपाली बुद्धिचालमा ‘सी’ श्रेणीको अन्तर्राष्ट्रिय आर्बिटरको लाइसेन्स पाउने केसी पहिलो भएको बुद्धिचाल संघले जनाएको छ ।