काठमाडौं, १६ असार–गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा मगंलबार विहान थप १७ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितहरु कास्कीको पोखराका ७ जना, मादीका एक,तनहुँका ५ , लमजुङमा ३ र स्याङजाका एक जना रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । गण्डकी प्रदेशका कोरोना सङक्रमित ९ सय ६६ मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् । हिजो गण्डकी प्रदेशमा ५३ जना सङ्क्रमित थपिएका थिए । गण्डकी प्रदेशमा २ जना सङ्क्रमितको ज्यान गएको छ ।