राजेन्द्र गौतम

सम्माननीय प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई किन हटाउने रे ?

१. कालापानि, लिपुलेक र लिम्पियाधुरामा रहेको सीमा समस्यामा सिंगो राष्ट्रलाई एक ढिक्का बनाइ त्यसको नेतृत्व गरेकाले।

२. समानतामा आधारित नयाँ अन्तर्राष्ट्रिय सम्बन्ध कायम राख्दै राष्ट्रिय एकता र सामाजिक सद्भभावको पक्षमा संझौताहीन अडान राखेकाले ।

३. गत निर्वाचनको बेला वहाँकै नेतृत्वमा जनताको इजलाशवाट जनअनुमोदित भएको, दलवाट सर्वसम्मत नेता चयन भएकोले ।

४. प्रधानमन्त्री ओलीकै नेतृत्वमा राजनीतिक स्थीरता, स्थायित्व, समृद्धि र राष्ट्रिय हितमा मुलुकलाई अगाडि वढाएकोले।

५. पार्टी एकताको यो असाधारण अवस्था हो। यसमा गणित मिलाएर होइन, दुई अध्यक्षका वीचको सहमति, समझदारी र सहकार्यवाट मात्र पार्टीले पुर्णता पाउँछ।महाधिवेशन गरौं, फैसला सिरोधार्य गर्दै अगाडि वढौं भनेकाले ।

६. दुवै पार्टीका अध्यक्षहरु महाधिवेशनवाट निर्वाचित भए र आएका हुन, त्यसैले एकता प्रक्रियावाट पनि उहाँहरुनै अध्यक्ष वन्नु भएको हो । एकता महाधिवेशन पुर्व दुवै अध्यक्ष कायम हुनेछन, हटाउन सकिन्न। हटाउन खोज्नु भनेको पार्टी विभाजनको वाटो रोज्नु हो। यो मान्न सकिन्न भनेकाले ।

७. पार्टीको दोस्रो केन्द्रीय कमिटीको वैठकले सर्वसम्मतिले एकता महाधिवेशनको तिथि रमिति तोकेको छ। स्थानीय र प्रदेशको अधिवेशनको सिमा तोकेको छ। अब स्थायी कमिटीले महाधिवेशनको कार्यतालिका प्रकाशन गरेपछि मात्र सहमतिमा केन्द्रीय कमिटीको वैठक वोलाउने हो। अन्यथा केन्द्रीय कमिटीको वैठक कुन एजेन्डामा छलफल गर्न वोलाउने हो रु फेरी स्थायी कमिटीको निरन्तरताको पुनरावृत्ति हुनेछ । समस्या जहाँ छ, निदान त्यहीं खोजौं भनेकोले वा के ?

(लेखक गौतम नेकपाका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य र प्रेस संगठन नेपालका इञ्चार्ज हुनुहुन्छ )