काठमाडौ, २० कात्तिक– आज तिहारको दोस्रो दिन, कुकुरको पूजा गरेर तिहार मनाइँदैछ ।
आजको दिन कुकुरलाई मीठामीठा परिकार खान दिएर पुजा गर्ने चलन छ ।  यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने कुकुरले यमलोक जाँदा स्वर्गको बाटो छोडिदिने धार्मिक विश्वास छ ।
गुनिलो जनावर कुकुरको गुणले गर्दा पनि मानिसहरुले कुकुरलाई पुजा गर्न थालेका हुन ।