यी हुन् लामो दुरीमा गाडी हाँक्ने नेपालकै पहिलो महिला ड्राइभर

चलाउँछिन् झापा देखि काठमाडौं


Friday, 11 Nov, 2016 10:47 AM

 

छोटो दुरीमा मात्रै महिलाले भाडाका सवारी चलाइरहेका बेला मोरङ मधुमल्ला तोरीबारीकी लक्ष्मी पाण्डेले नयाँ उदाहरण प्रस्तुत गरेकी छिन् । उनले झापा-काठमाडौं यात्रा गर्नेहरुलाई गन्तव्यमा पुर्‍याउने जिम्मेवारी सम्हालेकी छिन् ।

 

हाल झापाको दमकमा बस्दै आएकी लक्ष्मी झापा-काठमाडौं रुटमा सञ्चालन हुने मे १ ज २१६३ नम्बरको टाटा सुमो चलाउँछिन् । उनी सम्भवतः लामो दुरीमा सवारी चलाउने नेपालकै पहिलो महिला चालक हुन्  ।

 

गत असोज २४ गतेदेखि नियमितरुपमा उक्त रुटमा सवारी चलाउन थालेकी उनले हालसम्म निकै ठूलो आत्मविश्वास जुटाइन् ।


‘सुरु-सुरुमा त यात्रुहरु आफुले चलाउने गाडी चढ्नै डराउथे, तर मसँग गाडीमा  एकपटक सवार गरेकाहरुले भन्छन् ‘अब त यी नानीले चलाउने गाडीमै जाने है, लक्ष्मीले सुनाइन् ।

 

आफूले गाडी चलाउने क्रममा सुरुवाती चरणमा भएको एउटा घटना सम्झदै उनले भनिन्,- ‘एकपटक दमकबाट काठमाडौं आउने बेला, त्यस्तो अप्ठयारो बाटोमा केटीले चलाएको गाडीमा नजाने भनेर महिलाहरुकै एउटा समूहले काउन्टरमै विरोध गरे । सहकर्मीहरुले मनाएपछि बल्लबल्ल गाडी चढ्न तयार भएका उनीहरुले पछि त आफन्तसँग फोनमा कुरा गर्दा, ड्राइभिङ राम्रो छ भनेको सुनें । काठमाडौं पुगेपछि धन्यवाद है बहिनी भन्दै स्यावास दिँदै गए ।’

 

लक्ष्मीले भनिन् ‘राज्यका सबै तह र क्षेत्रमा महिलाको सहभागिता बढाउन राज्यको मात्रै आश गर्नुभन्दा आफै  महिलाले आँट गर्ने हो भने कसैले हरेक तह र तप्कामा महिलालाई छेक्न सक्ने छैनन् ।

 

लामो यात्रा, त्यसमाथि पनि घुमाउरो, उकालो र साँघुरो बाटोमा महिलाले सवारी चलाएको दृश्य देख्दा यात्रुहरुमात्र होइन, चेकिङमा खटिएका सुरक्षाकर्मीलाई समेत अचम्मित पारेको अनुभव लक्ष्मीसँग छ ।  मध्यराति, सुनसान राजमार्गमा एक्ली महिलाले गाडी हाँकेको देखेर प्रहरी आत्तिएको घटना पनि उनको मानसपटलमा  स्मरणीय बनेको छ ।

 

दुई बर्षअघि दमकमै ड्राइभिङ सिकेकी २८ वर्षीया लक्ष्मीले सुरुवातबाटै आफ्ना गुरु, अभिभावक र आफन्तहरुको हौसला पाइन् । झापा-काठमाडौं चल्ने बसमा सहचालकको समेत अनुभव संगालीसकेकी उनले पहिलेदेखि नै आफैले सवारी चलाउने सपना बुन्दै आएकी थिइन्  ।

 

गाडी चलाउन सुरु गर्दादेखि अहिलेसम्म कसैले पनि हतोत्साही बनाएका छैनन् रे लक्ष्मीलाई । सायद, समयसँगै मानिसको मानसिकतामा परिवर्तन हुँदैछ भन्नेमा विश्वस्त छिन्, उनी ।  भन्छिन्- ‘महिलाले देश चलाउछन् सक्छन्, संसार जित्न सक्छन्, गाडी कुदाउनु कुन ठुलो कुरो भयो र !

 

तर, गाडी चलाउने क्रममा बेला-बेला बाटोमा पुरुष चालकले जिस्काउने नियतले ओभरटेक गर्न दिने र फेरि ओभरटेक गर्ने जस्ता हरकत देखाउने गरेको उनी बताउँछिन् । यद्यपि, उनलाई त्यस्तो प्रवृत्तिको वास्ता छैन । आफ्नो अगाडिको बाटो र यात्रुहरुको सुरक्षाको मात्र उनलाई प्रवाह हुन्छ ।

 

लामोदूरीको यात्रामा एक्लैले ७ र ८ घन्टासम्म लगातार गाडी कुदाउने गरेको र आवश्यकता परे २४ घन्टामा दुई पटकसम्म दमक-काठमाडौंबीच ओहोर-दोहोर गर्ने साहस आफूसँग रहेको उनले बताइन् ।

 

तेजन खड्का/ झापाको विवेचना दैनिकबाट

 

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल बिखण्डन गर्ने पटना बैठकको संसदमा चर्काे विरोध 

‘केही समय अगाडि भारतको पटनामा राष्ट्रिय एकता, समाजिक सद्भाव, अखण्डता र सुरक्षामा आँच आउने किसिमले नेपालका केही राजनीतिक दल तथा समुहका प्रतिनिधिहरुले बैठक–भेला गरेको भन्ने कुरा सुन्नमा आएकोले मैले त्यसबारे प्रधानमन्त्री तथा अन्य चार दलका जिम्मेवार नेताहरुको ध्यानाकर्षण गराउँदै सत्यतथ्य माग गरेकोमा प्रधानमन्त्री स्वयंले गम्भीर अनुसन्धान गरी यथार्थ विवरण जानकारी गराउनुको साटो त्यस विषयलाई हल्का र राजनीतिक दाउपेचमा उपयोग गर्ने प्रयत्न गरेको देखियो’ रावलले संसद बैठकमा भने, ‘मैले उक्त विषयलाई गम्भीर र भरपर्दाे जानकारीको आधारमा मात्र प्रधानमन्त्री लगायतका शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको स्पष्ट पार्न चाहन्छु ।’ 

संशोधनको प्रस्ताव नै परिमार्जन हुनुपर्छ– अध्यक्ष ठाकुर

विराटनगर, ७ माघ – तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top