पण्डित. बालमुकुन्द देवकोटा

मिति २०७६ साल कार्तिक १६ गते शनिबार कार्तिकशुक्ल षष्ठी तिथी १७ गते प्रात स् ४ र२६ बजेसम्म त्यस उप्रान्त सप्तमी तिथि आरम्भ भएकोले छठपर्वको हार्दिक मंगलमय शुभकामना व्यक्तगर्दछु र सूर्यनारायणको महत्व बुझौं !

छठपर्वको दिन भगवान श्रीसूर्यनारायणको पूजा गरि अस्ताउन लागेको सूर्यलाई अर्घ दिइन्छ। छठ निकै कठिन पर्व हो । सामाजिक संस्कृतिका अभिन्न अङ्ग मानिएको छठ पर्वमा सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने विशेषता रहेको छ । सर्वप्रथम भगवान नारायणबाट ब्रह्माजी अविर्भाव हुनुभयो। ब्रह्माजीको मनबाट मरिचिऋषि,मरिचिको पुत्र कश्यपऋषि कश्यपको धर्मपत्नी अदितिबाट विवस्वानर्् सूर्य ैको जन्म भएको हो।सूर्य सर्वप्रथम मृर्त अचेतन ैअण्डमा बस्नुभएकोले उहाँलाई मार्त्तण्ड भनिन्छ।त्यसपछी नारायण भगवान मृत अण्डमा प्रवेशगरि हिरण्यमर्य ज्योतिर्मय ैब्रह्माण्डबाट प्रकट हुनुभएकोले उहाँलाई सूर्यनारायण ,हिरण्यगर्भ भनिन्छ। उहाँको विवाह विश्वकर्माकी पुत्र्री छोरी "संज्ञासंग भएको थियो।उनीबाट छाँर्या शनि सावर्णि मनु नामका छोरा र तपती नामकी पुत्रीको जन्म भयो।देवतिर्यङ्मनुष्याणां सरिसृपमृगवीरुधाम।सर्वजीवनिकायानां सूर्य आत्मा दृगीश्वर स्रर अर्थात् सूर्य देवता ,तिर्यक ,मनुष्य ,सरीसृप ,,लता (रुखहरुआदि जीवसमूहको आत्मा र आँखाको अधिष्ठाता हुनुहुन्छ। सूर्य भनेको प्रत्यक्ष देवता हुनुहुन्छ। किनकि अरु देवताहरुलाई बाहिरी आँखाले देख्न सकिन्न।तर श्री सूर्य भगवानलाई देख्न सकिन्छ।फेरि सूर्य ूनारायणूको स्वरूप हुनुहुन्छ।किनकि उहाँलाई सूर्यनारायण भन्ने गरिन्छ।

नारायणको स्वरुप भएको हुनाले हामीहरु उहाँलाई पूजा गर्दछौं।नौं ग्रह मध्ये सूर्य माझमा निवास गर्ने भएकोले उहाँलाई अधिपति९प्रमुख मालिक ० मानिन्छ।भगवान सूर्यले आफ्नु ताप र प्रकाशले अन्धकारलाई स्वतश्फुर्त नाशगरी तिनैलोक स्वर्ग ,मर्त्य ,पाताल तताएर प्रकाशित गर्नुहुन्छ।उहाँको ज्योतिर्मय रथले सवै ठाउँमा घुम्नु हुन्छ।बस्ने ठाउँ छत्तिस लाख योजन लामो र नौं लाख योजन चौंडाई छ।

यसको जुवा छत्तिस लाख योजन लामो छ।सूर्य भगवानको अरुण नामको सारथिले गायत्रीको सातछन्द नामवाला सात घोडा जोतेर श्री सूर्यनारायणलाई लिएर संसार परिभ्रवण गर्दा बुढीऔंला बराबरको ओजस्वी ,तेजस्वी वालखिल्यादि साठी हजार ऋषिहरुले स्वस्तिवाचन गर्नुहुन्छ।त्रेतायुगमा कपिराज सुग्रिव र द्वापरयुगमा कर्ण पनि सूर्यकै सन्तान हुन्।

"य सूर्यं पूजयेन्नित्यं प्रणमद्वापि भक्तित स् तस्य योगं च मोक्षम् च ब्रध्नस्तुष्ट स्प्रयच्छति।"

अर्थात् जसले नित्यरुपमा भक्तिपूर्वक सूर्यको पूजा र नमस्कार गर्ला त्यसलाई प्रसन्न भएका सूर्यले योग र मोक्ष प्रदान गर्दछन्। त्यसैले सूर्यको पूजा गर्नु जरुरि छ र वैदिकशास्त्रहरुले सूर्यलाई सृष्टिको प्रतीकको रुपमा लिएको पाइन्छ। शास्त्रअनुसार सूर्यका बाह्रवटा नाम छन्। त्यहि आधारमा बाह्रवटा महिनाहरू प्रचलनमा रहेकाछन। आकाशमा एउटै सूर्य उदाएपनि महिना अनुसार फरक ( फरक हुन्छन।

"अरुणो माघमासेतु सूर्योवै फाल्गुने तथा ,चैत्रमासे तु वेदाङ्गो भानुर्वैशाख एव च।ज्येष्ठमासे तापेदिन्द्र आषाढे टपटे रवि स्,गभस्ति स्श्रावणेमासे यमो भाद्रपदे तथा। सुवर्णरेताश्वयुजी कार्तिके च दिवाकर स्,इत्येते द्वादशादित्या मासनामान्यनुक्रमात्। "

अर्थात् माघमा उदाउने सूर्यको नाम अरुण ,फाल्गुनका सूर्य ,चैत्रका वेदाङ्ग ,बैशाखका भानु ,जेठ महिनाका इन्द्र ,असारका रवि ,श्रावणका गभस्ति ,भदौका यम ,असोजका सुवर्णरेता ,कार्तिकका दिवाकर ,मंसिरका मित्र र पुषमा विष्णु नामका सूर्य उदय हुन्छन। यसरि एक वर्षमा फरक ( फरक नामका बाह्रवटा सूर्यहरु उदाएको हुनाले महिनाहरू बाह्रवटा भएका हुन्। 

"दिव्यो गन्धर्वो भुवनस्य यस्पतिरेक एव नमस्यो विक्ष्विडय" अर्थात् सूर्यको अर्थ परमात्मा पनि हुन्छ। त्यसैले सूर्यलाई भगवानको रुपमा पृथ्वी आदि लोकमा पालनकर्ताकोरुपमा पूजा गरिन्छ।ऋषिहरुले सूर्यसम्वन्धि ऋग्वेद ,यजुर्वेद र सामवेदको मन्त्रद्वारा उहाँको स्तुति गर्नुहुन्छ।त्यहीबेला गन्धर्व उहाँको सुयशको गान गर्दैगर्दा अगाडी ( अगाडी अप्सराहरु नृत्य गर्दै हिड्नुहुन्छ। उहाँको पूजा षोडोशोपचारले आँकको ,कुशको ,शमिको ,करवीरको ,रातो कमलको फूलद्वारा जसले गर्दछ भने उसलाई धर्म ,अर्थ ,काम र मोक्ष मिल्ने गर्दछ। यो पृथ्वीमा जो पतित र जुठोखाने मानिस समेत सूर्यको किरणको स्पर्शले पवित्र हुन्छ।

शुक्लपक्षे तु सप्तम्यां सङ्क्रान्ति ग्रहणधिकाः
अर्थात् सप्तमी तिथिमा नै सूर्यको उत्पत्ति भएको र सप्तमी तिथिका स्वामी पनि सूर्य भएबाट यो सप्तमी महत्वपूर्ण भएको हो । यो व्रतको प्रभावले आयु, आरोग्य, श्रीवृद्धि, सन्तान प्राप्ति र मनोवाञ्छित फल प्राप्त हुन्छन् ।

स्वायम्भुव मनुका छोरा प्रियव्रत, दशरथकी रानी कौशल्या, पाण्डवकी पत्नी द्रौपदी, सुकन्या आदिले यही छठ पर्वको व्रतको प्रभावबाट मनोकामनाहरू पूर्ण गराएका कुराहरू विभिन्न ग्रन्थहरूमा पाइन्छन् । त्यसै भएर षष्ठीदेवीलाई यसरी स्तुति गरिन्छ । यदि आइतबार सूर्यको संक्रान्ति तथा शुल्कपक्षको सप्तमी पर्योभाने त्यो दिन गरेको पूजा ,व्रत ,जप अक्षय हुनेछ।

जसले "आदित्याय बिध्महे भास्कराय धिमहि तन्नो भानु स्प्रचोदयात् " भनि सूर्यको गायत्री जपी पूजा,जप ,स्तुति ,मुद्रा , अञ्जलिले नमस्कार र धेनु मुद्राद्वारा ॐ इन्द्राय नम स् स्वाहा ,ॐ विष्णवे नम स्भनि हवन र जप गर्दछ भने उसले सायुज्य मुक्ति प्राप्त गर्दछ।


सूर्यलाई अर्घ दिँदा यो मन्त्र: ‘एहि सूर्य सहस्रांशो तेजो राशे जगत्पते । अनुकम्पय मां भक्त्या, गृहाणाघ्र्यं दिवाकरः ।

अर्थात् सहस्र किरण भएका, तेजका अनन्तराशि, जगत्का स्वामी हे सूर्य १ तपाईं मेरोसमक्ष आउनु होस् । हे दिवाकर १ ममाथि कृपा गर्नुहोस् । अनि मैले भक्तिपूर्वक चढाएको यो अर्घ स्वीकार गर्नुहोस् ।

के फल प्राप्त हुन्छ भन्दा "उद्यनद्य मित्रमह आरोहन्नुत्तरां दिवम् । हृद्रोगं मम सूर्यं, हरिमाणं च नाशयू ।"


अर्थात् हे हितकारी तेजवाला सूर्य तपाईं आज आकाशमा उदाएर मेरो मुटु रोग र पाण्डु रोग नष्ट गर्नुहोस् । मत्स्य पुराणले पनि निर्देश गरेर बोलेको छ।

 ‘आरोग्यम् भाष्करादिच्छेत्’ अर्थात् सूर्यबाट आरोग्यको कामना गरोस् । ‘शुभायै देवसेनायै षष्ठीदेव्यै नमो नमः । वरदायै पुत्रदायै, धनदायै नमो नमः ।सुखदायै मोक्षदायै, षष्ठीदेव्यै नमो नमः । सृष्ट्यै षष्ठांशरूपायै सिद्धायै च नमो नमः ।।’

जसले उदाउँदा ब्रह्मा ,मध्यान्नमा महेश्वर ,अस्ताउँदा विष्णु भनि पूजा र नमस्कार गर्दछ भने उसले चाहेको फल प्राप्त गर्दछ। रोग निको हुने गर्दछ। जो चाण्डाल ,पतित ,कोढी ,महापातकी ,दुखि ,दरिद्र ,शोकग्रस्त छ। उसले सूर्यको दर्शन र पूजागर्नाले सवै रोग हटेर आफ्नु पापबाट मुक्त हुनेछ। ब्रह्माजीले पनि सूर्यभगवानको स्तुति गाउनु भएको थियो भने हामी मनुष्यहरुले त नगाउने कुरै भएन। त्यसैले गोकर्ण ,वालखिल्य ऋषि ,शत्राजितआदिले पनि सूर्यको उपासना र स्तुति गाउनु भएको थियो।जसले गाउँदछ ,उसले भुक्ति र मुक्ति प्राप्त गर्दछ।

फेरि त्राटक नामक योगाभ्यासबाट सूर्यको उपस्थितिमा विश्वका हरेक भाग र ब्रह्माण्डको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ।बिहानको घामबाट भिटामिन डी प्राप्त गर्न सकिन्छ।छाला सम्बन्धि रोगमा आइतबार बिहान सूर्यलाई ७ र१२ अञ्जुलि पानी चढाए निको हुन्छ। राती नराम्रो सपना देखेमा वा तर्सने भएमा बिहान सूर्यको नाम जप्दै हिंडे पूर्णरुपमा छुटकारा मिल्दछ।त्यसैले सूर्यलाई परमात्मा ,सृष्टिका संरक्षक ,प्रकाशदाता भनिएको छ।एक चोटी श्रीकृष्णका छोरा शाम्बलाई कुष्टरोग लागेको थियो अनि त्यसबेला नारदको उपदेशले शाम्वले सूर्यको पूजा र उपासना गरेको हुनाले त्यो कुष्ट रोग निको भयो।त्यसैले सूर्यको पूजा ,उपासना गर्नु मानवको लागि जरुरि छ।त्यसपछि धौम्य ऋषिले राजा युधिष्ठिरलाई पनि सूर्यको उपासना र साधना बताएका थिए। 

वैदिक साहित्यको मुख्य सार सूर्य उपासना नै हो । वेदमा सूर्यलाई ऐश्वर्यको रूपमा र ऋगवेदमा सूर्यलाई नै सबै देवताको स्रोत मानिएको छ । सृष्टिका सबै जीव र वनस्पति सूर्यको तापबाट नै बाँचेका छन् । ऋगवेदमा भनिएको छ– ‘सूर्य आत्मा जगतस्य स्थुपश्च’ अर्थवेदमा त सूर्यलाई ब्रह्मको साकार रूप नै मानिएको छ । महाभारतमा पनि सूर्यलाई सम्पूर्ण जगतका प्राणीसित सम्बद्ध भएको उल्लेख गरिएको छ ।

सूर्योपनिषदमा सूर्यलाई ब्रह्मा, विष्णु र रूद्र भनिएको छ । भगवान् श्रीकृष्ण लौकिक लीला समाप्त गरी अन्तमा सूर्यनारायणमा नै विलिन हुनुभएको प्रसङ्ग पनि रहेको छ । वेदमा सूर्यलाई चौधवटा नामले सम्बोधन गरिएको छ । सूर्यको महात्म्यबारे यजुर्वेद, सामवेद, शुक्लवेद, गीता, मार्कण्डेय पुराण, सूर्य पुराण, साम्य पुराणमा पनि उल्लेख गरेको पाइन्छ । सूर्यकै उपासनाबाट याज्ञवल्वयले ज्ञान प्राप्त गरेको आख्यान पनि रहेको छ ।

जनकपुरधाममा सबैभन्दा बढी व्रतालु आउने मुख्य ठाउँका रूपमा गङ्गासागर, धनुषसागर र अरगजा पोखरी रहेका छन् । नगरको बीच भागमा रहेका यी पोखरीमा प्रत्येक वर्ष छ हजारदेखि १५ हजार छठैतिन र छठका व्रतालुले छठपर्व गर्ने गरेको अनुमान छ ।

छठपर्वले एक ठाउँमा भेला गराएर साँचो अर्थमा समान व्यक्तित्वको आदर्शसमेत स्थापित गर्दछ । यही आस्था र विश्वासले यहाँका इतिहास वर्णित जलाशयलाई सरसफाइ गरी बेहुलीझैँ सिङ्गारिएको छ ।

आस्थाको महा पर्वका रूपमा छठपर्व वर्षमा दुई पटक मनाउने गरिन्छ । शरद् ऋतुको कात्तिक षष्ठीका दिन र अर्को वसन्त लागेको चैत महिनाको पष्ठीका दिन मनाइने पर्वमा श्रद्धालुमा अन्य पर्वभन्दा भिन्नै उल्लास र आस्था हुन्छ । सूर्यको आराधनाबाट सुख समृद्धि र सन्तान प्राप्ति एवम् चर्म रोग निको हुने जनविश्वास छ । यो पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यतिकै छन् ।

ज्योतिषशास्त्रका आधारमा छठपर्वको समयमा बह्माण्डमा सूर्य दक्षिणायनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्यको प्रकाश प्रखर तथा प्रभावशाली र मानवका लागि आल्हादकारीसमेत मानिएको छ ।

 छठ शब्द षष्ठी शब्दको तद्भव रूप हो । षष्ठीका दिन षष्ठीका देवीसमेतको पूजा हुने भएकाले यस पर्वको नाम षष्ठी, छठी हुन गएको हो तर अपभ्रंशमा षष्ठी, छठीबाट छठ हुन गएको बुझिन्छ । धर्मग्रन्थमा छठ पर्वको नाम षष्ठी व्रत, सूर्य षष्ठी पर्व, रवि षष्ठी व्रत र छठीपर्व उल्लेख छ ।

शुभायै देवसेनायै षष्ठीदेव्यै नमो नमः । वरदायै पुत्रदायै, धनदायै नमो नमः ।सुखदायै मोक्षदायै, षष्ठीदेव्यै नमो नमः । सृष्ट्यै षष्ठांशरूपायै सिद्धायै च नमो नमः भनि षष्ठी देवीलाई आराधना गरिन्छ। छठका अवसरमा मैथिल कन्याद्वारा प्रसाद सामग्री बोकी कुनै नदी वा तलाउसम्म जाने बेला गाइने यो प्रचलित लोकगीतमा दिनानाथ र छठीमायलाई सम्बोधन गरिएको छ ।

यसको अभिप्राय हो– दिनानाथ अर्थात् सूर्यदेव, छठीमायअर्थात् षष्ठीका देवी दुवैको छठपर्वमा पूजा हुन्छ । यस पर्वको वैदिक नाम सूर्य–षष्ठी रहेको छ । यसमा मुख्य पूजा सूर्यको हुँदाहुँदै षष्ठीका देवीको पूजा पनि हुन्छ । षष्ठीका देवीको पूजा गौणरूपमा हुन्छ । जस्तो राधाकृष्ण, सीताराम, गौरीशङ्कर एक अर्काका पूरक हुन्छ, त्यस्तै सूर्यषष्ठी पूजा पनि हुन्छ ।

सूर्यको पूजा गर्दा षष्ठीका देवीअर्थात् छठमाताको र छठमाताको पूजा गर्दा सूर्यदेवको पूजा हुने गरेको मान्यता पाइन्छ । षष्ठीका देवीलाई अह्लादिका शक्तिका रूपमा गौण पूजा हुने गरेको विश्वास रहेको छ । अस्ताउँदो सूर्यलाई दिइने अर्घ छठमाताको हुन्छ भने उदाउँदो सूर्यलाई दिइने अर्घ सूर्यदेवको हुन्छ भन्ने तर्कसमेत पाइन्छ ।
षष्ठीका देवीलाई कार्तिकेयको पत्नी मानिन्छ र षष्ठीका देवीलाई प्रकृतिको छैठौँ अंश र देवसेना पनि भनिएको छ । पौराणिक ग्रन्थमा छ अंश षष्ठी र एक अंश सूर्यलाई मानिएकाले षष्ठीलाई छठमाता र सप्तमीलाई सूर्य मानिन्छ । षष्ठी र सूर्य गरी सात अंश अङ्कको अधिक महत्व रहेको छ ।

साताको सात दिन, सूर्यदेवको रथमा सात घोडा, सात समुद्र, सात अजुवा, सङ्गीतको सात सुर आदि कुरा सूर्यसँग सम्बन्धित रहेको पुष्टि हुन्छ ।

सूर्य पुराणमा वर्णित कथा अनुसार कार्तिक शुक्ल षष्ठीका दिन हुने छठपर्व सर्वप्रथम अत्रि मुनिकी पत्नी सती अनुसुयाले सुख, समृद्धि र आफ्नो दाम्पत्य प्रेमको निष्ठाका लागि गरेकी थिइन् । सोही समयदेखि यस पर्वको थालनी भएको मानिन्छ । त्यस्तै द्वापर युगको महाभारतकालमा पाण्डव अज्ञात वासमा हुँदा द्रौपदीले आफूहरूको अज्ञात वास सफल होस् भनी कामनाका साथ सूर्यदेवलाई आराधना गरेको महाभारतमा उल्लेख छ ।

ऋग्वेदमा अदित्यो वै तेज ओजो बलं यशश्चक्षः श्रोय आत्मामनः’ उल्लेख छ, जसको अभिप्राय आदित्यमण्डलको अन्तःस्थित सूर्यदेव अधिक प्रेरक, अन्तर्यामी परमात्मा स्वरूप छ तथा सूर्य नै बल, यश, चक्षु स्रोत, आत्मा र मन हो ।श्रापबाट पीडित प्रसिद्ध कवि मयुर भट्टले सूर्यको उपासनाबाट सुन्दर कञ्चन शरीर पुुनःप्राप्त गर्नुभएकाले नै त्यहीँदेखि सूर्यको आराधना सुरू भएको मत पनि पाइन्छ ।


व्रत विधि :
यस पर्वको विधि चतुर्थीदेखि नै सुरू हुन्छ । चतुर्थीका दिन व्रतालुले शुद्ध शाकाहारी भोजन गर्ने गर्छन्, जसलाई अरबा अरबाइन र नहा खाय अर्थात् नुहाएर खानु भनिन्छ । पञ्चमीका दिन गोबरले घर–आँगन लिपपोत गरी पवित्र भई दिनभरि उपवास बसेर साँझपख शुद्ध दूधमा खीर पकाई, केरा, मिष्ठान्न, फलफूल इत्यादि प्रसाद चन्द्रमालाई अर्पण गरी व्रतालुले आफू पनि ग्रहण गर्ने गर्दछन्, यसलाई खरना भनिन्छ ।

भोलिपल्ट षष्ठी तिथिको दिन सबै पक्वान्न, फलफूल नैवेद्यहरू यौटा टोकरीमा टन्न राखेर नयाँ कपडाले छोपी सायङ्कालीन समयमा बत्ती बालेर सूर्यलाई चढाइन्छ । सूर्यलाई प्रणाम गर्दै नदी वा तलाउमा तीन पल्ट डुबुल्किनु पर्छ । सूर्यको उपाशना गर्दै मनोरञ्जनात्मक गीतहरू गाइन्छन् । नमः सवित्रे जगदेक चक्षुसे । जगत् प्रसूति स्थितिनाश हेतवे । त्रयी मयाय त्रिगणात्मधारिणे । विरञ्ची नारायण शङ्करात्मने ।।’ जस्ता पावन स्तवनमा रविलाई कविभावले वन्दना र प्रणाम गरिन्छ । 

षष्ठीका दिन गहुँको पीठो र चामलको पीठोबाट क्रमशः ठकुवा र भुसवा पकाइन्छ र बेलुकी सूर्यास्त हुनुभन्दा अगावै पवित्र जलाशय भएको स्थानमा गई पूजा गरिन्छ । प्रसादका रूपमा ठकुवा, कसार, केरा, उखु मूल परिकार हुन्छ भने अन्य सामग्रीमा विभिन्न फलफूल, मेवा मिष्ठान्न, गेडागुडी, कन्दमूल, नरिवल, सुन्तला, किसमिसलगायतका विभिन्न वनस्पति पनि राखिन्छ ।

सबै सामग्री तयार भएपछि बाँसबाट बनेको कोनिया, कनसुपती, नाङ्लो, माटोको कुरबार सजाएर ठूलो ढकीमा राखेर नदी, पोखरी वा खोलाको किनारमा गई सबैथोक सजाएर राखिन्छ । व्रत बस्ने कम्मरसम्मको पानीमा बसेर अस्ताउन थालेको सूर्यलाई अर्घ दिन्छन् । सप्तमीका दिन बिहान उषाकालमा व्रतालुले पुनः अघिल्लो दिनको क्रम दोहो¥याउँछन् । सूर्यलाई अर्घ दिँदा परिवारका सदस्यले गाईको दूध चढाउँछन् । ‘ओम सूर्यायै नमः, ओम भास्करयै नमः’ को मन्त्रोचारण गरी व्रतालुले सूर्यदेवको आराधना गर्ने गरेको पाइन्छ ।

छठपर्वले जनव्रतको रूप लिइसकेको छ । जुनसुकै जाति र धर्मका आस्थावान्ले छठपर्व मनाउन सकिने र आर्थिक अभाव रहेकाले भिक्षा मागेर भएपनि छठपर्व मनाउने गरेको पाइन्छ ।