बझाङ २५ असोज – साईपाल गाँउपालीकामा कार्यरत लेखापाल गजाधर सार्कीले हिनामिना गरेको रकम फिर्ता बुझाएका छन् । 

लेखापाल सार्कीले गाँउपालीका कार्यालयको बहुक्षेत्रिय पोषण , गरिबसँग विश्वशेर कार्यक्रम र एलजीसीडिपी कार्यक्रमको १८ लाख २० हजार हिनामिना गरेको भन्दै  गाँउपालीका अध्यक्ष राजेन्द्र धामीले आफ्नै  लेखापालको विरुद्ध  असौज २ गते जिल्ला प्रशासन कार्यलयमा उजुरी दिएका थिए । 
 
जिल्ला प्रशासनमा उजुरी सँगै पत्रकारहरुले घटना बाहिर ल्याएका थिएभने प्रमुख जिल्ला अधिकारीले घटनाको छानबिन सुरु गरेका थिए । घटनाको सार्वजनिक भएसंगै लेखापाल सार्कीले रकम अनियमिता गरेको गल्ती महसुसगरी केहि सामान किनेको विलसहित विहिवार गाँउपालीकालाई बाँकी रहेको रकम बुझाएका हुन् । 

गाँउपालीको आन्तरिक र मलेपो डोरले लेखा परिक्षण गर्दा तीन वटा र्शिषकमा आएको रकमको विल भर्पाइ तथा अन्य खर्च गरेको कागज प्रमाण पत्र नभेटाएपछि अडिट टोलीले  साईपाल गाँउपालीकाको १८ लाख बेरुजु देखाएको  थियो । 

लेखापालले जानी जानी उक्त रकम लुकछिप गरेर खान खाजेकै हो तर मैले पटक पटक सम्झाएर खर्च नभएको रकम बरु फिज्र जान्छ तर चेक नकाट भनेको थिए गाँउपालीका अध्यक्ष राजेन्द्र धामीले भने  अन्तमा बदनाम भएपछि पैसा त निकाल्नै पर्यो । उनले भने । 

स्रोतका अनुशार असारको दोस्रो साता लेखपालले निमित्त कार्यकारी अधिकृत राधाकृष्ण जोशीसंग मिलोमतो गरि  चेक काटेर रकम निकालेका थिए । निकालिएको रकमको जिम्मा अधिकृत जोशीले लिएपनि  असोजसम्म पनि यो रकमको बारेमा कसैलाई जानकारी दिएका थिएनन् ।  

आन्तरिक लेखा परिक्षणले १८ लाखको कुनै लेखाजोखा र विलभपाई नभएको गाँउपालीका अध्यक्षलाई जानकारी दिएपछि अध्यक्षले यसवारे खोजतलास सुरु गरेका थिए । 

मलाई रकमको जानकारी नदिएर दुवै जना लेखपाल र कार्यकारीले खानै खाजेको देखीन्छ अध्यक्ष धामीले भने पहिलो पटक भएर माफ दिएको हुँ अव उपरान्त यस्तो गतिविधि देखिए अख्तीयारमै मुद्दा गरि दिन्छु ।
   
लेखपाल सार्कीजीले १८ लाख मध्येको १ लाख तलबमा खर्च भएको, ६ लाख ल्याप्टप किनेको, २ लाख सोलार किनेको र २ लाख पोषण सम्वन्धी कार्यक्रम गरि १२ लाख खर्च देखाएको विल भपाई देखाएका छन् । 
बाँकी खर्च नभएको ५ लाख असुल गरेको पनि अध्यक्ष धामीले वताए । लेखपालको नाममा रकम असुलका लागी जिल्ला प्रशासनमा उजुरी परेपछि लेखापाल सार्कीले ठुलो बदनाम हुने र कार्वाहि हुन सक्ने डरले तुरुन्तै सामान खरिद गरि विल भर्पाई देखाएर बाँकी रकम फिर्ता गरेको स्रोतले बतायो । 
 
यस अगाडी पनि लेखपाल सार्कीले जिल्ला स्वास्थ्य कार्यालयमा हुदाँ यसैगरि हिनामिना गरेको रकम फिर्ता  गरेका थिए । 

निमित्त प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले लेखापालको विरुद्ध गाँउपालीका अध्यक्षलेनै उजुरी दिएपछि लेखपाल सहित हाकीमलाई बोलाएर अनुसन्धान गर्दा उनीहरुले गल्ती भएको महसुस गरेको वताए । 

जे गर्ने भनेको हो त्यो काम गर्नु पर्यो बाँकी रहेको रकम फिर्ता दिएपछि अध्यक्षको सल्लाह अनुसार पहिलो पटक माफ गर्ने कुरा भएको पनि उनले भने । तर साईपाल गाँउपालीका स्थानियहरु भने गल्ती गर्ने लाई कानुन अनुसार कार्वाही हुनु पर्ने वताउदै आइरहेका छन् । 

केहि महिना अगाडि मात्र विभिन्न शिर्षकमा रकम हिनामिना गरेको भन्दै तत्कालिन कार्यकारी प्रशासकिय अधिकृत राधाकृष्ण जोशीलाई विप्लव नेतृत्वको नेपाल कम्न्यूष्ट पार्टीका कार्यकर्ताहरुले कालोमोसो समेत दलेका थिए ।