काठमाडौं, २७ पौष - यातायात व्यवस्था विभाग बागमती प्रदेश अन्तर्गतको चाबहिल यातायात कार्यालयले अनिश्चितकालका लागि सवारी चालक अनुमतिपत्रको लिखित र ट्रायल दुबै परीक्षा स्थगित गरेको छ ।

यातायात कार्यालयले आज एक सूचना जारी गर्दै परीक्षा निगरानीका लागि ट्राफिक प्रहरी नखटाइएकाले अनिश्चितकालका लागि लाइसेन्सको लिखित र प्रयोगात्मक दुबै परीक्षा स्थगित गरिएको कार्यालयले जनाएको छ ।