झापा, १ जेठ – झापाको बिर्तामोडमा लिच्ची महोत्सव हुने भएको छ ।बिर्तामोडको कनकाई एजुकेशन फाउण्डेसनले जेठ ४ देखि ६ गतेसम्म लिच्ची महोत्सव आयोजना गर्न लागेको हो ।  जिल्लामा यो पहिलो महोत्सव हुने बताइएको छ ।

फाउण्डेशनका संस्थापक जयनारायण ढुंगानाले अहिले लिच्ची खाने समय भएकाले आफूले बिर्तामोड–२ को १५ विघा क्षेत्रफलमा उत्पादन गरेको लिच्ची बगानमै महोत्सव आयोजना गर्न लागेको जानकारीदिनु भयो । 

महोत्सवमा सहभागी हुनेले १०० रुपैयाँ प्रवेश शुल्क तिर्नु पर्छ । १०० रुपैयाँ तिरेर बगानभित्र पसेपछि आफैँ टिपेर अघाउँजी लिच्ची खान पाउने उहाँले बताउनु भयो ।