स्थानीयको अवरोधले काठमाडौँ–भक्तपुर जोड्ने चार ठूला पुल निर्माण अलपत्र


Saturday, 7 Jan, 2017 12:48 PM

भक्तपुर, २३ पुस - स्थानीयको अवरोधका कारण भक्तपुरलाई चौतर्फी रुपमा जोड्ने चार वटा ठूला पुल निर्माण अलपत्र परेको छ । चारमध्ये तीन वटा ठूला पुल काठमाडौँ–भक्तपुर जोड्ने पुल हो भने एक वटा भक्तपुरका दुई नगरपालिका जोड्ने पुल हो । 

भक्तपुर र काठमाडौँ जोड्ने मनोहरा खोला गोठाटार हरहरमहादेव पुल निर्माण विगत छ वर्षदेखि स्थानीयले अवरोध पुर्याएकै कारण निर्माण सुरु हुुन नसकेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए । 

कुल रु चार करोड ८५ लाखमा निर्माण सम्पन्न गर्ने गरी २०६६ साल पुस २४ गते सम्झौता भएलगत्तै ठेकेदार कम्पनीले पुनःनिर्माणका लागि आवश्यक निर्माण सामग्रीसहित काम सुरु गरेकै दिन पुल निर्माण हुुन नदिने भन्दै गोठाटार र मध्यपुर थिमिका बासिन्दाबीच झडप भएको थियो । 

मनोहरा खोलाले धार परिवर्तन गर्दा गोठाटारवासीको जग्गा थिमि क्षेत्रमा पसेकाले २०२१ साल कै नापीअनुसार खोलाको धार कायम गरेर पुल निर्माण गर्नुपर्ने गोठाटार बासिन्दाको माग थियो भने यसरी धार परिवर्तन गर्दा वर्षौदेखि थिमिका बासिन्दाले शव जलाउने घाटसमेत भत्काउनुपर्ने भएपछि यसमा थिमिको बासिन्दाले असहमति जनाउँदै खोला अहिले बगेकै स्थानमा पूल बनाउनु पर्ने माग गरेका थिए । 

काठमाडौँ गोठाटार र भक्तपुरको थिमिका बासिन्दाबीच झडप भएपछि हालसम्म यो पुल निर्माण अलपत्र परेपनि सरकारले हरेक वर्ष बजेट छुट्याउने गरेको छ । कार्यालयका प्रमुख अधिकारीले भन्नुभयो, “यसवर्ष पनि सरकारले रु २० लाख छुट्याएको छ, पुल निर्माणका लागि दुवै पक्षसँग पटकपटक छलफल गर्दा पनि प्रगति हुन सकेको छैन, त्यसैले पुल निर्माण अलपत्र परेको हो ।” 

यता काठमाडौँको इन्द्रायणी र भक्तपुरको चाँगुुनारायण जोड्ने मनोहरा–इन्द्रायणी पुल निर्माण अन्तिम चरणमा पुगेपछि स्थानीयले अवरोध गरेका छन् । २०६८ साल असार २७ गते निर्माण सम्झौता भएको उक्त पुुलको निर्माण कार्य हाल ८६ प्रतिशत सम्पन्न भएपछि नदी नियन्त्रणको काममा स्थानीयले अवरोध पुर्याएपछि पुल निर्माण सम्पन्न गर्ने काम अलपत्र परेको छ । 

कुल रु चार करोड ५५ लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि स्थानीयले काम अवरोध गरेपछि काम सम्पन्न नै नगरी ठेकेदार कम्पनी लामा बिल्डर्स साल्पा शेर्पा जयबाबा गोरखा जेभीले काम छाडेर जान खोजेको कार्यालयले जनाएको छ । 

त्यस्तै भक्तपुुरको चाँगुनारायण र काठमाडौँको ब्रम्हखेल जोड्ने चाँगुनारायण–ब्रम्हखेल खोला पुुल निर्माण कार्य सुरु भएपछि रोकिएको छ । २०७० साउन ४ गते रु तीन करोड ९४ लाखमा पुल निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएर काम सुरु गरेपछि खोलामा कडा ढुङ्गा निस्किएको र इन्द्रायणीतर्फका बासिन्दाले खोला क्षेत्रमा पर्ने जग्गामा पुलको जग हाल्न नदिएपछि निर्माण कार्य अलपत्र परेको छ । 

कार्यालय प्रमख अधिकारीले भन्नुभयो, “काठमाडौँतर्फ जगको तीनवटा पिलर हालियो, भक्तपुरतर्फ काम गर्दा कडा ढुङ्गा आएपछि डिजाइन नै परिवर्तन गरेर काम भइरहेको छ, तर इन्द्रायणी तर्फका स्थानीयले जग्गा छोड्न नमानेपछि पुल निर्माण बाधा आएको छ ।” 

त्यसैगरी मध्यपुरथिमि नगरपालिका र अनन्तलिङ्गेश्वर नगरपालिका जोड्ने हनुमन्ते खोलामा निर्माण भइरहेको हनुमन्ते–दधिकोट पुल निर्माणको अन्तिम चरणमा बाधा आएको छ । २०६९ असार २५ गते रु तीन करोड ९२ लाखमा पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेर कामै नगरी सम्पर्कमा नआएको ठेकेदार कम्पनीका विरुद्ध कार्यालयले कारबाहीको सूचना जारी गरेपछि काम सुरु भएको थियो । 

उक्त पुलको हाल स्ट्रक्चर निर्माण कार्य सम्पन्न भएको जानकारी दिँदै कार्यालय प्रमख अधिकारीले स्थानीय निकायले पुल र दधिकोटतर्फको सडकको सीमाङ्कन नगरिदिँदा काम सम्पन्न गर्न समस्या आएको जानकारी दिए । 

यसैबीच विभिन्न अवरोधकाबीच चाँगुनारायण–साँखु जोड्ने मनोहरा खोला पुल निर्माण सम्पन्न भएको छ । २०६६ साल असार २५ गते सम्झौता भएर पटकपटक समय थप गर्दै निर्माण भएको सो पुल हालै निर्माण सम्पन्न भएको उनले जानकारी दिए । रासस 

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल बिखण्डन गर्ने पटना बैठकको संसदमा चर्काे विरोध 

‘केही समय अगाडि भारतको पटनामा राष्ट्रिय एकता, समाजिक सद्भाव, अखण्डता र सुरक्षामा आँच आउने किसिमले नेपालका केही राजनीतिक दल तथा समुहका प्रतिनिधिहरुले बैठक–भेला गरेको भन्ने कुरा सुन्नमा आएकोले मैले त्यसबारे प्रधानमन्त्री तथा अन्य चार दलका जिम्मेवार नेताहरुको ध्यानाकर्षण गराउँदै सत्यतथ्य माग गरेकोमा प्रधानमन्त्री स्वयंले गम्भीर अनुसन्धान गरी यथार्थ विवरण जानकारी गराउनुको साटो त्यस विषयलाई हल्का र राजनीतिक दाउपेचमा उपयोग गर्ने प्रयत्न गरेको देखियो’ रावलले संसद बैठकमा भने, ‘मैले उक्त विषयलाई गम्भीर र भरपर्दाे जानकारीको आधारमा मात्र प्रधानमन्त्री लगायतका शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको स्पष्ट पार्न चाहन्छु ।’ 

संशोधनको प्रस्ताव नै परिमार्जन हुनुपर्छ– अध्यक्ष ठाकुर

विराटनगर, ७ माघ – तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top