काठमाडौं, २ साउन – बेलायतमा नेपाली दुताबासले पर्यटन प्रवर्दन गर्न नयाँ शैली अपनाएको छ ।

पर्यटन बोर्डको सहकार्यमा लण्डन स्थित नेपाली दुताबासले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी लण्डनमा चल्ने २ तल्ले रातो बसमा आफ्नो प्रचार प्रसार थालेको हो ।

उक्त बसले लण्डनमा बस्ने यात्रीहरु माझ नेपालको बारेमा र पर्यटन वर्ष २०२० लाई प्रचार प्रशार गर्न सघाऊ पुर्याउने बिस्बास लिइएको छ । बसमा नेपालका कला संस्कृति र घुम्नै पर्ने स्थानहरुका बारेमा जानकारी दिंइएको छ ।