काठमाडौं, २८ कात्तिक – एमाले बरिष्ठ नेता तथा काठमाडौं क्षेत्र न. २ प्रतिनिधिसभाका उम्मेद्वार माधवकुमार नेपालले वाम गठवन्धनले लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका लागि प्रष्ट दृष्टिकोण र मार्गचित्र लिएर अघि बढेको बताउनु भएको छ ।  

काठमाडौं जिल्लामा वाम गठवन्धनका तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वारहरुको परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले वामपन्थी शक्तिहरुले अभिनायकवाद स्थापना गर्ने प्रचार सत्ताको हतास मनस्थितिको उपच भएको बताउनुभएको हो । 

उहाँले देशका बिभिन्न भागमा वाम उम्मेद्वारमाथि निरन्तर आक्रमण भइरहेको र सरकार त्यसमा मुकदर्शक बनेर बसेको भन्दै आक्रोप पनि राख्नुभयो । नेता नेपालले वाम गठवन्धनलाई भाँड्नका निम्ति बिभिन्न गलत प्रचार भइरहेको भन्दै मंसिर ९ गते नै एकता भन्ने प्रचार त्यसै अन्तगर्त भएको बताउनु भयो । ‘मंसिर ९ गते एकता हुने हल्लामा पर्नुहुँदैन । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच एकता हुन्छ’ उहाँले भन्नुभयो ।

कांग्रेसले तीन पटक बहुमत ल्याएपनि देशलाई बिकास र स्थिरता दिन नसकेको भन्दै अव वाम शक्तिहरुले नेपाललाई स्थायी सरकार दिने बताउनुभयो ।