नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ब्राजिलमा मार्क्सवादवारेको ज्ञान र अनुभव साटासाट गरेर मंगलबार स्वदेश फर्कनुभयो । मार्क्सको जन्म भएको दुईसय बर्षपुगेको अवसरमा जेठको १६ र १७ गते काठमाडौंमा मार्क्सवाद र समाजवाद बिषयक अन्तराष्ट्रिय सेमिनारको संयोजन गरेपछि मार्क्सवादवारे अनुभव साट्न उहाँ नेता नारायणकाजीलाई लिएर ब्राजिल जानुभएको थियो । उहाँको नेपालमा मार्क्सवाद पढाउन मदन भण्डारी स्कूल खोल्ने अभियानमा हुनुहुन्छ । ब्राजिलको फलोरेस्ट फर्नान्डेज स्कुलको अध्ययनबाट नेपालमा माक्र्सवादी स्कूल सञ्चालनमा थप उत्साह थपिएको उहाँले बताउनुभयो । नेकपामा दुई अध्यक्षपछिको वरियतामा रहेका नेता नेपालसँग ब्राजिल यात्रा, मार्क्सवादी स्कूल, पार्टी एकता र सरकारको कामकारवाहीबारे चक्रपथकर्मी कविता अधिकारीले गरेको संवाद :

तपाइ र नारायणकाजी श्रेष्ठ ब्राजिलमा माक्र्सवाद पढाएर फर्कनुभयो । खासमा तपाइहरुले ब्राजिलमा के के गर्नुभयो । साच्चै माक्र्सवाद पढाउन जानुभएको हो ?
इन्टरनेशनल एसेम्वली भन्ने एउटा संस्था छ । त्यो संस्थाको निमन्त्रणमा हामी ब्राजिल गएका हौं । जुनको ३ देखि १० तारिखसम्म एक हप्ताको भ्रमणमा थियौं । भ्रमणमा हामी दुइजना मात्र थिएनौं, म,नारायणकाजी श्रेष्ठ, बलराम बाँस्कोटा र रेस पोखरेल थियौं । त्यहाँ रहँदा बिभिन्न पार्टीबीचको सम्वन्धलाई सुदृढ गर्ने नेपालको अनुभव, आर्थिक सामाजिक विकास र त्यसपछि मोर्डन स्कुलहरुको बारेमा छलफल भयो । ब्राजिलमा भएको सामाजिक आर्थिक संघर्षको बारेमा छलफल भयो । त्यहाँ रहँदा नेपाली नागरिक वर्करहरुसँग भेटघाट भयो । त्यहाँका राजदुतहरुसँग छलफल भयो । हामी खासमा त्यहाँ पढाउन भनेर गएको त हैन । तर हामीले बोलेपछि त क्लास नै भयो नी । कक्षामा गएर विद्यार्थीहरुलाई नेपालको बारेमा जानकारी गराएको भनेपनि भयो । प्रश्नोत्तर गरेको भनेपनि भयो । नेपालको शिक्षा आदानप्रदान गरेको भनेपनि भयो । जे होस् सेयरिङ गरियो । माक्र्सवाद पढाउन गएको भन्ने शब्द सुन्दा राम्रो देखिदैंन, अनुभवको आदानप्रदान भन्दा राम्रो हुन्छ ।

अनुभव सेयरिङ गर्न विश्वका धेरै देशबाट आएका विद्यार्थीमाझ अनुभव आदानप्रदान गर्ने मौका मिल्यो भनौं । ब्राजिलमा युवा नेतृत्वको विकास गर्नका लागि स्कूल खोलिएको छ । होस्टेलको व्यवस्था गरिएको छ । निकै ठूलो एरियामा नयाँ ढंगको स्कुल छ । त्यहाँ पढ्ने मात्रै होइन, काम पनि गर्नुपर्छ । खाना पकाउने, भाँडा माझ्ने, सरसफाइ गर्ने र खेतीपाती गर्ने काम त्यो स्कुलका विद्यार्थीले गर्छन् । त्योे फलोरेस्ट फर्नान्डेज युएनएफएफ स्कुल हो, त्यहाँ विभिन्न देशबाट आएका ६० जना विद्यार्थी छन् । त्यहाँ नेपालका पनि ५ जना विद्यार्थी सहभागि छन् । त्यहाँ जाने विद्यार्थी सबै छानेर गएका मिहेनती विद्यार्थीहरु छन् । जसलाई पार्टीले पठाएको हो । त्यहाँ अध्ययन गर्ने क्षमता अभिवृद्धि हुने खालको ४५ दिने कोर्ष गरिरहेका छन् । त्यो  कार्यक्रम ३४ बर्षदेखि चलिरहेको छ । त्यहाँ मान्छेलाई विभिन्न खालको शिक्षा दिइन्छ । त्यहाँ विश्वका २० देशका विद्यार्थी सहभागि छन् । तिनै विद्यार्थीलाई माक्र्सवाद भनेको के हो भन्ने बुझाउन अनुभव सेयर गरेर आएका हांै । 

तपाइहरुले माक्सवाद पढ्न वा पढाउन जाँदा कस्तो ‘रेस्पोन्स’ पाउनुभयो ।  माक्र्सवादलाई  ब्राजिलमा कसरी बुझ्ने रहेछन् ? 
ब्राजिलमा लेप्ट मुभमेन्ट तगडा छ । लेप्टहरुको प्रभाव छ । १४ बर्षसम्म वामपन्थीको सरकार रहेको थियो । अहिले सम्म युएनएफएफ स्कुलमा ४२ हजार व्यक्तिहरुले शिक्षा लिइसकेका छन् । उनीहरुले माक्र्सवादको ज्ञान लिइसकेका छन । त्यहाँ कसरी मेहनत गर्नुपर्छ , सवैसँग कसरी घुलमिल हुनुपर्छ भन्ने सिकाइन्छ । अहिले हामीले ५० देशका १०० जना सहभागीको बीचमा नेपालको अनुभवका  सेयर गर्यौं । र, मदन भण्डारीका विचार धारणाहरुको बारेमा पनि जानकारी गरायौं । त्यहाँका भूमिगत किसानका आन्दोलनको अनुभवहरु सुन्यौं । ब्राजिलमा पनि भूमिहिन किसान, सरकार र पूँजिवादी समुहबीचमा पनि जग्गाको समस्या छ । १५ बर्षदेखि सन्चालनमा आएको मिल्टन  सान्तोष स्कुल अफ एग्रो इकोलोजी भन्ने स्कुल छ । त्यो मारिगा शहरको नजिक छ । त्यहाँ एग्रो इकोलोजी कस्तो छ भन्नेबारेमा थाहा भयो । त्यहाँ आधुनिक सिष्टममा खेतीपाती गर्ने रहेछ । आधुनिक डेरी फर्म हेर्यौं, गाइको फार्म हेर्यौं । त्यहाँ रहदाँ सांसद सिनियर नेता र एम्नेष्टीका संस्थापकहरुसँग पनि भेट भयो । उनीहरुसँग राष्ट्रिय आन्दोलनका बारेमा पनि कुराभयो । कम्युनिष्ट पार्टीका नेताहरुसँग पनि भेट भयो । 

जनताले जसलाई मन पराएका छन्, उनीहरुलाई सत्तामा पुर्याउँछन् । जसले बदमासी गर्छन उसलाई सजाय दिन्छन् । यसलाई सामान्य रुपमा लिनपर्छ । डेमोक्रेसीको बिशेषता यही हो । चुनावी प्रणालीको विशेषता नै यही हो । बहुदलीय व्यवस्थाको यही विशेषता हो । संसदीय व्यवस्थाको पनि यहि विशेषता हो । यो विशेषतालाई बुझ्न जरुरी छ । संसदीय व्यवस्था छ भन्ने, अनि आफू चुनाव हार्दा पनि नमान्ने, अर्कोले जित्दा पनि डाहा गर्ने ? अर्को सरकारमा गएकोमा रिस गर्ने काम गर्न हुँदैन । सत्ता सञ्चालन बहुमतले नै गर्ने हो । तर पनि हामी बिकास र समृद्धिका लागि सबैलाई समेट्ने प्रक्रियामा छौं । 

नेपालको अनुभवबाट सबै उत्साहित छन् । नेपालमा यसरी कम्युनिष्ट पार्टीहरु एक भएर शान्तिपूर्ण ढंगले अगाडि बढिरहेका छन् । अव समाजको आर्थिक सामाजिक परिर्वतनका लागि जुटेका छन् भन्दा राम्रो सन्देश गएको छ । यस्तो अन्तक्रियाले धेरै मद्यत पुगेको छ ।

मार्क्सवाद र समाजवादबारे तपाइ नै संयोजक भएर काठमाडौंमा अन्तराष्ट्रिय सेमिनार गर्नुभयो । त्यसपछि ब्राजिल पुग्नुभयो । माक्र्सवादवारे स्कूल सञ्चालनको कुरा पनि आएको छ । खासमा माक्र्सवादलाई आजको सन्दर्भमा कसरी बुझ्ने, माक्र्सवाद के हो ?  
माक्र्सवादमा दुइ कुरा छन । संसार कस्तो छ त्यो वुझने, थाहा पाउने । र, त्यो संसार थाहा पाएर मात्रै हुँदैन,  मान्छे कस्तो छ त्यो थाहा पाउने । त्यो थाहा पाएर मात्रै हुदैन, मान्छे बदलिने, समाज बदल्ने । रोग कस्तो छ त्यो पत्ता लगाउने र उपचार गर्ने । समाजका समस्या थाहा पाउने र समाधान गर्ने । माक्र्सवाद भनेको समाजविज्ञान हो । यो भनेको सामाजिक रुपान्तरणको सिद्वान्त हो । समाज रुपान्तरण गर्ने एउटा आन्दोलन हो । यो माक्र्सवाद अहिले यतिमा मात्रै सिमित छैन । मान्छेको चेतना र त्यसपछि विश्व ब्रम्हाण्ड प्रकृति ।  सबैका नियम बुझ्ने र नियम बुझिसकेर त्यसलाई परिर्वतनको दिशामा अघि बढाउने । माक्र्सवाद भनेको श्रमजीविवर्गको मुक्तिको सिद्वान्त हो । शोषित पींडित जनताको मुक्तिको सिद्वान्त हो । अन्याय अत्याचार वर्गको मुक्तिको सिद्वान्त हो । न्याय र समानताको स्थापना गर्ने सिद्वान्त हो । छोटकरीमा बुझ्ने कुरा यति हुन । त्यो बुझाउन हामी त्यहाँ गएको त हैन । तर हामी जहाँ जान्छौं, हामीले बोलेपछि त क्लास नै त हो । त्यसलाई लेक्चर या स्पीच भन्नुस् । अनुभवको आदानप्रदान भन्नुस् ।  ब्राजिलमा नेपालीहरुसँग भेटभयो राजदुतसँग भेटभयो । यसले ब्राजिल–नेपालबीचको सम्वन्ध बाक्लो बनाउन मद्वत गर्छ । 

नेपालमा भएको माक्र्सवाद र समाजवादका बारेको अन्तराष्ट्रिय  सेमिनारमा विश्वमा विभिन्न देशबाट उत्साहपूर्ण सहभागिता रह्यो । के नेपालमा माक्र्सवाद बुझ्ने र बुझाउने अभियानकोे नेतृत्व तपाइले लिनुभएको हो ? 
मलाई नेपाल कम्युनिष्ट पार्टीले नै यो अन्तराष्ट्रिय सेमिनारको संयोजक बनाएको थियो । संयोजक भएकाले कार्यक्रम समापन गर्नु मेरो दायित्व थियो र दुइ दिनसम्म त्यो सम्मेलन हामीले भव्यताका साथ सम्पन्न पनि ग¥यौ । बहुत सानदार रुपमा सफल पनि भयो । र, अहिले मलाई त्यहाँको संस्थाले बोलाएको हुनाले गएको हो । यो छुट्टै हो । नेपालमा भएको छुट्टै कार्यक्रम हो । पार्टीमा जोडिएकाले पार्टी त भइयो, तर त्यो फरक हो । त्यसमा पहिला म र कमरेड प्रचण्ड जानेकी भन्ने थियो । कमरेड प्रचण्ड जान चाहनु भएन ।  नारायणकाजीलाई लगियो । अहिले हामी नेपालमा मदन भण्डारी स्कूल खोलिरहेका छौं । त्यो स्कूल भनेको नेपालका लागि मात्रै हैन, दक्षिण एशियाका पनि बिभिन्न देशका विद्यार्थी आउने र अध्ययन गराउने स्कूल हो । उनीहरुलाई प्रशिक्षण दिइने छ । त्यो स्कूलको सन्चालनको बारेमा अरु देशको अनुभव सिक्नका लागि पनि हामी ब्राजिल गएका हौं । 

अहिलेको कुरा भनेको दुइदेशबीचको सम्वन्ध प्रगाढ बनाउने, विश्वास बलियो बनाउने र रणनीतिक साझेदारी विकासका विभिन्न क्षेत्रहरुमा मिलेर अघि बढने प्रतिबद्धता हुनुपर्छ । एउटा देश जाँदा अर्को देश रिसाउने, अर्को देश जाँदा कुन रिसाउने, त्यो केही आवश्यकता छैन । कसैले पनि सानो चित्त राख्नै हँुदैन । नेपालको हित र कल्याण कसरी हुन्छ हामीले सोच्ने हो । अरु देशले आफनो देशको हित र कल्याण कसरी हुन्छ उसले सोच्ने हो । हाम्रो हित भयो भने अरु पिरोलिनुपर्ने केही जरुरी छैन ।

त्यो स्कूल कस्तो हुन्छ ? त्यो तालिम दिने हो कि ? त्यसका प्रशिक्षक कसरी तयार पार्नुहुन्छ । यस्को जनशक्ति कसरी सन्चालन गर्नुहुन्छ ? समग्रमा त्यो स्कुल कस्तो व्यक्तिको सहभागि हुन्छ ? 
त्यसमा बिभिन्न ठाउँहरुबाट युवाहरुको खोजी गरिनेछ । नेतृत्वतहमा रहेका अघि बढ्न सक्ने सम्भावना भएका । माक्र्सवादमा रुची भएका, बुझ्न सक्ने खुवी भएका र आफूले पनि भोलि प्रशिक्षक बन्न सक्ने सम्भावना भएकाहरु छानिदैंछन । यदि संख्या ३० भयो भने १५ जना नेपालका हुनेछन् भने १५ जना बाहिरबाट आउनेछन् । अफ्रिकाबाट पनि आउँछन, तर अधिकांश एसियाका सहभागि हुन्छन् ।  भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानबाट आउँदैछन् । यसको लागि ठाउँहरुको व्यवस्था गरिरहेका छौं । भोलि गएर हामी जग्गा लिन्छौं । घर बनाउँछौं । स्कूल सन्चालन गर्छौं ।  त्यसले हाम्रो आन्दोलनलाई मद्यत पनि पु¥याउनेछ । यो पार्टीको डाइरेक्ट मातहतमा हुनेछैन तर पार्टीले यस्ता कुराहरुलाई उपयोग गर्नेछ । यो स्कूलले नेता कार्यकर्ता तयार गर्छ, जनतासँग घुलमिल हुने चरित्र निमार्ण गर्छ । प्रशिक्षकहरु बिदेशबाट पनि आउनेछन्, विज्ञहरु पनि हुनेछन् । माक्र्सवादको ज्ञान हुनुप¥यो, संगठनात्मक बिषयको ज्ञान हुनप¥यो । ब्राजिलमा विहान ७ देखि राति १० बजेसम्म पनि क्लास हुने रहेछ, त्यो हामील देख्यौं । त्यसरी कक्षालाई रोचक ढंगले पढाउन प¥यो । परम्परागत शिक्षा हैन, आधुनिक व्यवहारसँग मिल्ने शिक्षा हुनुपर्यो । जनताको दुखकष्ट बुझेको टेक्निकल, भोकेसनल, प्राक्टिकल हुनप¥यो । त्यसकालागि हामीले मदन भण्डारी स्कूल खोलिसकेका छौं । विद्यार्थीको भर्ना अर्को महिनादेखि हुन्छ ।  

मार्क्सवादलाई समाजवादसँग जोडेर यसको सान्दिर्भकताको वहस सबैतिर भइरहेको छ । नेपालको संविधानमा पनि समाजवाद उन्मुख राज्जव्यवस्था भनेका छौं । समाजवादउन्मुख अर्थतन्त्र भनेका छौं । पूँजिवादी समाजबाट समाजवादी समाजउन्मुख हुनुपर्छ भनिरहेका बेला यो अभियान ल्याउनुभएको छ । यसले त्यस्तो समाज प्राप्त गर्न सहयोग गर्छ भन्ने ठान्नुभएको हो ? 
अभियानले पार्टीलाई मद्यत गर्छ, देशलाई सहयोग गर्छ । राम्रा मान्छे तयार हुन्छन् । मान्छे टपरटुइयाँ नहोस् । आनीवानी राम्रो होस् । मेहनति इमान्दार लगनशील बन्न सकुन् । जनताको काममा लगनशिल हुन सकोस् । जनताको दुःखसँग जोडिन सकियोस् भन्ने हो । राजनीतिमा देखिएको सबै कुरालाई ध्यान दिएर यो स्कूलको आवश्यकता महसुस भएको हो । हाम्रो पार्टीको पार्टी स्कुल छुट्टै चल्छ । त्यसमा पनि सुधार गर्नुपर्ने त होला । संगठनको सिद्वान्तको वारेमा । तर यो अलि छुट्टै हो । स्कुल पार्टीमा र पार्टीकै हुन्छ । यसमा पनि पार्टीको आन्दोलनसँग जोडिएका व्यक्ति हुन्छन । यो स्कुलमा माक्र्सवाद, समाजवाद क्रान्तिविरोधीलाई आउन दिइंदैन । राम्रो भावना भएका, असल भावना भएका पार्टीका युवा आन्दोलनसँग जोडिएका महिला आन्दोलनसँग जोडिएका श्रमजीविहरुसँग जोडिएका व्यक्तिहरु उत्पादन गर्ने स्कूलको लक्ष्य हो । 

नेपालमा कम्युनिष्ट एकता भइसकेपछि विश्वका कम्युनिष्ट नेताहरुबाट कस्तो रेस्पोन्स पाउनुभयो ? 
विश्वका कम्युनिष्ट नेताहरु मात्र हैन, नेपाललाई माया गर्नेहरु खुसी छन । किनभने फुट, द्वन्द, कटुता, अनेकताभन्दा एकता, संगठन, सहकार्य र समझदारी जति हुनसक्यो त्यति नै त्यसले राज्य सन्चालनमा मद्यत पुर्याउँछ । र, सामाजिक आर्थिक वातावरणलाई सहयोग पुग्छ । त्यसैले अरुका लागि यो अचम्मको बिषय बनेको छ ।  दुइबटा अलगअलग धारका पार्टीहरु एक ठाउँमा आउनाले राम्रो सन्देश दिएको छ । अन्तराष्ट्रिय सम्मेलनमा पनि यि कुरा धेरै उठे । किन भारतमा अलग अलग पार्टी ? किन बंगलादेशमा अलग अलग पार्टी ? एउटै हुनुपर्छ नी भन्ने प्रश्न उठाए ।  

विश्वमा कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गइरहेको सन्दर्भमा नेपालमा झनै सशक्त बन्दै आएको छ । नेपालमा त कम्युनिष्टहरुसँग बहुमत पनि छ । समय र परिस्थिती अनुसार आफुलाई परिमार्जन या परिर्वतन गर्न सक्यो भने कम्युनिष्टहरुको शक्ति बढ्दो रहेछ भन्ने उदारण हो ?
राम्रो काम गर्नका लागि, भ्रष्टाचार नियन्त्रणका लागि,  आर्थिक समृद्धि र सामाजिक न्यायलाई सन्तुलित  गर्नका लागि र आर्थिक विकासको कामलाई गतिदिनका लागि नमुना बन्न सक्छ नेपाल । त्यसको लागि अरु देशले समाजवादका कतिपय पक्षलाई आफ्नो देशमा लागू गरिरहेका छन् । पूँजिवादी मुलुक भनेका छन् तर स्वास्थ्य फ्रि छ, पब्लिक ट्रान्र्सपोटेसन सिष्टम सजिलो छ । हामीले त्यति पनि गर्न सकेका छैनौं । हामीले ती देशको विकासबाट सिक्नुपर्छ । हामीले पनि राजनीतिक सिष्टम सिक्नुछ । कसैलाई नपन्छाउने, सबैलाई अघि बढाउने कार्यमा प्रेरित गर्ने यो पनि अरुको निम्ति प्रेरणा बनेको छ । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि नेपाली कांग्रेसले यो कम्युनिष्ट पार्टी निरंकुश र स्वेच्छाचारी बन्दैछ भन्दै प्रचार गरिरहेको छ । त्यस्तै हो ?
यो अहिले अरुको निम्ति प्रेरणाको बिषय बनेको छ । भोलिको दिनमा राम्रो काम गदैं गयांै भने अझ ज्यादा अरुलाई पनि उत्साहित गर्दै जानेछ । राम्रो काम चाँहि गर्न सक्न पर्यो । मान्छेको जात के हो भन्ने जहिले पनि नकारात्मक कुरा गर्ने जात । राम्रा पनि छन् तर कसैको काम के हुन्छ भने एकता नहोस्, फुटोस्  र फुटेकोमा रमाउँ ।  अरुले दुःख पाएको देख्न पाइयोस् । त्यो त राम्रो काम गरेको देख्दा आत्तिनेहरुपनि छन तर आत्तिन जरुरी छैन । आफ्नो अयोग्यता छ भने अरु योग्य मान्छेले काम गर्छ भने खुसी नै हुनुपर्छ । मैले सकिन अर्कोले सक्यो भन्ने सोच राख्नुपर्छ । म अयोग्य थिए, अर्को योग्य मान्छेले काम गर्न सक्यो भन्नुपर्छ । म कुद्न सकिन अर्को कुदेर देखायो । म हिड्न सकिरहेको छैन, बाटो छोडिदिउँ अर्को त जाओस् भन्ने सोच राख्नुपर्छ । कांग्रेसको सातो जानु जरुरी छैन । आफुमा खुवी क्षमता भएन, अरुमा भयो । कमसेकम देश त जोगियो, देश त बन्यो भनेर खुसी हुनुपर्छ । देश त जोगियो, जनताले सुख पाए भन्ने सोच्नुपर्छ । नेपालको इज्जत बढ्यो भने कांग्रेसका नेताहरु संसार घुम्न जाँदा उनीहरुको पनि इज्जत बढ्छ । नेपाल डुब्यो भने नेपालमा बिकृति देखियो भने खराब देशका मानिस भनेर नेतामाथि औला ठडिन्छ । त्यसले नेपाली नागरिक भएको नाताले यसरी राम्रो कामगर्ने पार्टी सरकारमा छ, यस्तो पार्टी सरकारमा आएकोमा खुसी नै हुनुपर्छ । गलत प्रचार गर्न भएन । मन खुम्च्याउनु भएन ।  तनाब लिन भएन ।  सधैभरी धारे हात लगाउन भएन । नकारात्मक सोच राख्न भएन ।

 मार्क्सवादमा रुची भएका, बुझ्न सक्ने खुवी भएका र आफूले पनि भोलि प्रशिक्षक बन्न सक्ने सम्भावना भएकाहरु छानिदैंछन । यदि संख्या ३० भयो भने १५ जना नेपालका हुनेछन् भने १५ जना बाहिरबाट आउनेछन् । अफ्रिकाबाट पनि आउँछन, तर अधिकांश एसियाका सहभागि हुन्छन् ।  भारत, श्रीलंका, बंगलादेश र पाकिस्तानबाट आउँदैछन् । यसको लागि ठाउँहरुको व्यवस्था गरिरहेका छौं ।

पार्टी एकता पछि पार्टीका तल्लो तहका विभाग र कमिटी,  प्रदेश कमिटी र तल्लो तहसम्म एकताको प्रकृया कसरि अघि बढ्दैछ ? 
बिभिन्न कमिटी गठनका लागि प्रदेश प्रदेशमा जिम्मा दिइएको छ । साथीहरुले ल्याउनुहुन्छ । त्यसपछि व्यक्तिहरुको चयन गर्छौं । चयन भइसकेपछि हामी बिभागहरु बनाउँछौं । सबै कमिटी तीन महिना भित्रै बनाइसक्ने भनिएको छ । 

एकतापछि आम जनतामा नेपालले स्थायी सरकार पायो, राजनीतिक क्रान्तिपनि पुरा भयो, अव आर्थिक विकास र समृद्धि हुन्छ भन्ने विश्वास जागेको छ । सरकारले १०० दिनपनि पुरा गर्यो । सरकारको कामलाई कसरी मुल्यांकन गरिरहनुभएको छ ?
सरकार त भर्खर बनेको छ । भर्खर त बजेट आएको छ । अहिले नै सरकारको मुल्याकंन गर्ने बेला भएको छैन । सरकारले बल्ल बजेट ल्याएको छ । अब बजेटको कार्यान्वयन भइसकेपछि अब कामको बेला आएको छ । अब अनुगमन गर्ने कुरामा ध्यान दिनुपर्छ । योजना बने, बजेट तर्जुमा भयो परियोजनाहरु लागु हुन्छन । अब सबै काम छिटो छिटो ढंगले गर्नुपर्छ, क्वालिटीको काम गर्नुपर्छ  । भ्रष्टाचार रोक्नुपर्छ । यि सबै काममा सबै निकायको ध्यान जानुपर्छ र कामबाट सबैलाई सन्तुष्ट पार्नुपर्छ । 

एकतापछि खासगरी झलनाथ खनाल, भिम रावल लगायका केहीको असन्तुटि पनि देखिएको छ तपाईलाइ झलनाथ खनाल भन्दा अगाडि वरिष्ठ बनाएको भन्ने बिषयले पनि चर्चा पाएको छ । यसबारे तपाईको प्रतिक्रिया ?
केन्द्रीय कमिटिले निर्णय गरेको छ । दुवै पार्टीको केन्द्रीय कमिटिले निर्णय गरेको कुरा हो । नेकपा माओवादीको पनि केन्द्रीय कमिटी र दुवै पार्टी मिलिसकेपछिको केन्द्रीय कमिटीले गरेको निर्णय हो । त्यो पार्टीको निर्णय भएको हुनाले केन्द्रीय कमिटिलाई नै सोध्नुपर्छ । उहाँहरुको असन्तुष्टिलाई त पार्टीका नेताहरुले कमिटीले बसेर छलफल गरेर टुग्याउँछ । सबै मानिसलाई चित्त बुझाउने भनेको बिधिबाट चल्ने हो । कमिटीले निर्णय गरेको कुरालाई मान्ने हो । 

प्रधानमन्त्रीले भारत भ्रमण गर्नुभयो । असार ५ मा चीनको ५ दिने भ्रमणमा जाँदै हुनुहुन्छ । यो भ्रमणलाई धेरैले भारत भ्रमणसँग जोडेर हेरेका छन् । चीन भ्रमणमा के एजेन्डा हुनुपर्छ ? 
नेपालको हितलाई सर्वोपरी हितमा राखेर नेपाल र चीनबीच जुन सम्वन्ध रहिआएको छ, यसलाई अझै उचाईमा पुर्याउने खालको यो भ्रमण हुनुपर्दछ । नेपाल र चीनबीच देखिएका सम्भावना के के छन, त्यो खोज्नुपर्छ । लगानी आकर्षित गर्ने सम्भावना, पर्यटनका सम्भावना, चीन र नेपालको बिचमा व्यापार बिस्तारका सम्भावना छन् । त्यसबाहेक नेपाल र चीनबीचको नाका खोल्ने कुरा पनि छन् । यी सबैको विस्तृत छलफल गरेर सम्झौता होस् भन्ने छ । रेल्वे आउने छन्  । अहिलेको कुरा भनेको दुइदेशबीचको सम्वन्ध प्रगाढ बनाउने, विश्वास बलियो बनाउने र रणनीतिक साझेदारी विकासका विभिन्न क्षेत्रहरुमा मिलेर अघि बढने प्रतिबद्धता हुनुपर्छ । एउटा देश जाँदा अर्को देश रिसाउने, अर्को देश जाँदा कुन रिसाउने, त्यो केही आवश्यकता छैन । कसैले पनि सानो चित्त राख्नै हँुदैन । नेपालको हित र कल्याण कसरी हुन्छ हामीले सोच्ने हो । अरु देशले आफनो देशको हित र कल्याण कसरी हुन्छ उसले सोच्ने हो । हाम्रो हित भयो भने अरु पिरोलिनुपर्ने केही जरुरी छैन । अरुको अहितमा हामी कुनै काम गर्दैनौ । हामी सबैको हित र भलोहोस् भन्ने चिताउँछौ  । हाम्रो पार्टीको नीति नै त्यही छ । स्वभाविक रुपमा त्यही नीति लिएर सरकार अगाडि बढ्छ । 

विकास र समृद्धि साझा बिषय हुन । यसका निम्ति प्रतिपक्ष र अन्यलाई समेटेर जाने बिषयमा तपाइको तयारी के छ ?
हामी त सबै पक्ष सरकारमा सहभागि हुन भन्ने चाहन्छौं । सहभागि नहुनेहरु जिम्मेवार प्रतिपक्ष भएर भूमिका खेलिदिउन भन्ने हो । सबैको यो देश साझा हो । देशविकासको महान अभियानमा हातेमालो गरुन् । कोही सत्ता, कोही प्रतिपक्षमा बस्नुपर्छ । कहिले प्रतिपक्षमा बस्नुपर्छ । सधैभरि सत्तामा बस्ने बानी जुन विकसित भएको छ, त्यसबाट मुक्त हुनुपर्छ । हामो निधारमा सत्ताधारी लेखिएको छ, हाम्रो आर्शिवाद पाएका छन् भन्ने ठान्न भएन । जनताले जसलाई मन पराएका छन् उनीहरुलाई सत्तामा पुर्याउँछन्, जसले बदमासी गर्छन उसलाई सजाय दिन्छन् । यसलाई सामान्य रुपमा लिनपर्छ । डेमोक्रेसीको बिशेषता यही हो । चुनाबी प्रणालीको यहि विशेषता हो । बहुदलीय व्यवस्थाको यही विशेषता हो ।  संसदीय व्यवस्थाको पनि यहि विशेषता हो । यो विशेषतालाई बुझ्न जरुरी छ । संसदीय व्यवस्था छ भन्ने, अनि आफू चुनाव हार्दा पनि नमान्ने,  अर्कोले जित्दा पनि डाहा गर्ने ? अर्को सरकारमा गएकोमा रिस गर्ने काम गर्न हुँदैन । त्यसैले हामी सबैलाई समेट्ने प्रक्रियामा छौं ।