काठमाडौं, २७ कार्तिक– वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले आज ६३ औ जन्मदिन मनाएका छन् ।


हाँस्य कलाकार आचार्यको ६३ औं जन्मदिनको अवसर पारेर रेडियो अडियोले नयाँ बाँनेश्वरमा बर्थ डे सेलिब्रेसन कार्यक्रमको आयोजना  गरेको थियो । 
कार्यक्रममा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’, दीपाश्री निरौलाले ‘हरि भजन’ प्रस्तुत गरेर रमाइलो गरेका थिए ।


हरिवंशलाई हाँस्य कलाकारहरु दिपकराज गिरी,  राजाराम पौडेल, किरण केसी,  आँचल शर्मा लगायतले शुभकामना दिएका थिए ।