पाठकको नजरमा 'महेन्द्रीय राष्ट्रवाद' 


Saturday, 31 Dec, 2016 11:18 AM

भारतीय संविधानसभाका सभामुख वल्लभभाइ पटेलको 'हिमालय क्षेत्रका देशहरु भारतमै विलय गर्नु पर्ने अडान' सहितको लाइन पछि नेपाल प्रतिको नेहरुको नीति ले १८० डिग्रीको फन्को मार्यो । अंग्रेज विरुद्ध आंदोलन गर्दा अंग्रेजले समातेर देहरादूनको जेलमा कोचेपछि जेलमा बसेर आफ्नो डायरिमा "अहिले अंग्रेजले मलाई थुनेर राखेको भूमि अंग्रेजले नेपालसँग अन्यायपूर्वक लिएको हो " भनेर लेख्ने र पछि आफ्नो "जेल जर्नल" मा प्रकाशित गर्ने नेहरूजी संविधान सभामा छलफल गर्दा सभामुखको लाइन समातेर नेपाल निल्ने बाटोमा लागे । २००७ साल देखि २०१७ साल सम्ममा त्यो अभियान सफलता नजिक पुगी सकेको थियो तर राजा महेंद्र को २०१७ सालको कदम पछि एक एक गरेर राजा महेन्द्रले सबै उल्टाइ दिए ।


नेपालका उत्तरी नाकाका भारतीय सैनिक पोष्ट सबै हटाइदिए । अरनिको राजमार्गले काठमाण्डौलाई तिब्बत चीन जोड़े । नेपालको दौत्य सम्बन्ध विस्तार गरे । चीन लगायतका मुलुक समेतको सहयोग समर्थन लगायतका कूटनैतिक पहलबाट नेपाललाई राष्ट्र संघको सदस्य बनाए । यो सबैले नेहरुजीको नेपाल निल्ने दाऊ उत्तानो पर्यो । त्यसपछि नेहरू र पछि उनको छोरी इंदिरा गान्धीले राजा महेन्द्र प्रति विष वमन गर्न, नेपाल-नेपालीको हित हुने नीतिप्रति घृणा जगाउन षड्यन्त्र पूर्वक रचेको शव्दावली हो 'महेन्द्रीय राष्ट्रवाद" ।


त्यसपछि भारतले फिजीकरण, सिक्किमिकरण र भूटानिकरणका तिनै ओटा नीतिहरु नेपालमा एकैसाथ अघि बढाउँदै आएको छ । प्रचण्डलाइ तामील टाइगर लिट्टे बनाएको १२ बुँदे देखि आज सम्ममा त्यो दुर्वल देखियो अनि तराईमा नयाँ लिट्टे खोज्दै छ ।


अहिले नेपालमा के पि ओली, एमाले लगायतका राष्ट्रवादीहरुले राख्ने राष्ट्रवादी नीति/अडानलाई नेपालमा खटिएका 'र' का खेताला बाबुराम, प्रचण्ड, राजेन्द्र महतो, उपेन्द्र यादव, विमलेन्द्र निधि लगायतका गुण्डाहरु र खगेन्द्र संग्रौला प्रवृत्ति खेताला लेखक/विश्लेषकहरुले गौरव पुर्वक उच्चारण/गाली गर्ने शव्द बनेको छ 'महेन्द्रीय राष्ट्रवाद' । यो शव्द प्रयोग गरेर गाली गर्ने जो जो र जति पनि छन ती सबैको लाइन एउटै हो । यिनीहरु सबैको मूल जरो नेहरू/इंदिरा गांधीको नेपाल निल्ने नितिमा गाँसिएको छ ।

 

राष्ट्रवादी काम गर्न खोज्नेलाई 'महिन्द्रराष्ट्रवाद' भन्नेहरुको बोलीको लाइन कता हो भनेर नेपाली जनताले अब राम्ररी बुझिसकेका छन । तराईका केहि जनतामा बाँकी रहेको भ्रम प्रष्ट हुन बांकी जस्तो देखिन्छ । त्यो प्रष्ट्याई सकेपछि पाका नेता भनिएका तर राष्ट्रपति विद्या भण्डारीकै सामु देश टुक्र्याउने घुर्की लाउने महन्थ ठाकुर देखि "मधेश राष्ट्र" को हुइया कराउँदै हिड्ने सी के राउतसम्म एउटै दूलोमा पसेर लुक्नु पर्ने दिन टाढा छैनन् ।

 


समाचार टिप्पणी : उग्रपन्थीको हतियार ‘महेन्द्रीय राष्ट्रवाद’ मा प्राप्त पाठक जानुकी प्रसाद मुना पराजुलीको प्रतिक्रिया । फेसबुकमा: जानुकी प्रसाद मुना पराजुली

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल बिखण्डन गर्ने पटना बैठकको संसदमा चर्काे विरोध 

‘केही समय अगाडि भारतको पटनामा राष्ट्रिय एकता, समाजिक सद्भाव, अखण्डता र सुरक्षामा आँच आउने किसिमले नेपालका केही राजनीतिक दल तथा समुहका प्रतिनिधिहरुले बैठक–भेला गरेको भन्ने कुरा सुन्नमा आएकोले मैले त्यसबारे प्रधानमन्त्री तथा अन्य चार दलका जिम्मेवार नेताहरुको ध्यानाकर्षण गराउँदै सत्यतथ्य माग गरेकोमा प्रधानमन्त्री स्वयंले गम्भीर अनुसन्धान गरी यथार्थ विवरण जानकारी गराउनुको साटो त्यस विषयलाई हल्का र राजनीतिक दाउपेचमा उपयोग गर्ने प्रयत्न गरेको देखियो’ रावलले संसद बैठकमा भने, ‘मैले उक्त विषयलाई गम्भीर र भरपर्दाे जानकारीको आधारमा मात्र प्रधानमन्त्री लगायतका शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको स्पष्ट पार्न चाहन्छु ।’ 

संशोधनको प्रस्ताव नै परिमार्जन हुनुपर्छ– अध्यक्ष ठाकुर

विराटनगर, ७ माघ – तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top