वि.सं.२०७५ साल चैत्र ६ गते विहान करिब सात बजेको समय ।  पूर्व पश्चिमका विभिन्न स्थानबाट देशको राजधानी काठमाण्डौतर्फ यात्रा गर्ने एकमात्र प्रमुख मार्ग पूर्व पश्चिम राजमार्गको जुगेडी खण्ड । नारायणगढबाट झण्डै पाँच किलोमिटर काठमाण्डौतर्फ । चितवनबाट काठमाण्डौ आउँदै गरेको एक माइक्रो बसलाई चालकले अचानक जुगेडीको एक स्थानमा यात्रुहरुलाई शौच गराउन रोके । सहचालक नभएकोले चालक गाडीबाट ओर्लेर आफैंले यात्रु ओर्लनेतर्फका ढोका खोले । त्यसपछि हामी सोह्रजना यात्रु मध्ये चौध जना सो माइक्रोबसबाट तल ओर्लियौं । सौच गर्ने हतारोले सबै नजिकै रहेको सौचालयतर्फ हतार हतार तँछाडमछाड गर्दै हिँडे । म पनि पछिपछि सौचालयबाट शौच गरी बाहिर निस्केँ । सौचालयको ठिक अघि राखिएको दान पेटिकामा रु.पाँचको नोट छिराएर छेउतर्फबाट यात्रुहरुको व्यवहारको अवलोकन गर्न थालें । 

मुकुन्दराज दहाल, अधिवक्ता

गाडीबाट नियमितरुपमा त्यहाँ ओर्लने यात्रुहरुलाई लक्षित गरी दुई पाखे लामो टिनको टहरा बनाइएको छ । टहराको बीच भागमा महिला र पुरुषको लागि छुट्टाछुट्टै शौचालयहरुको व्यवस्था रहेको छ । त्यसको दायाँ र वायाँ तीन चारवटा साना साना यात्रु लक्षित पसलहरु पनि छन् । टहराको बीच भागमा रहेको शौचालयको अगाडि बिभिन्न दरका नोटहरुले भरिन लागेको सिसा जडित अर्थात पारदर्शी एउटा ठूलै बक्स देख्न कुनै मुस्किल पर्दैन । झण्डै भरीभराउ अवस्थामा रुपैयाँ पाँच, दश, बीस र पचाससमेतका नोटहरु रहेको सो दान पेटिकामा कति यात्रुहरुले पैसा राख्छन् भन्ने कौतुहलता मेरो मनमा जाग्यो । त्यहाँ कोही व्यवस्थापक पनि छैनन् र पैसा राखेपनि र नराखेपनि कसैले पैसा किन नराखेको भनेर प्रश्न पनि गर्दैनन् । बाध्यपार्नेत परैको कुरा । 

हाम्रो गाडीमा यात्रा गर्ने एक जना ज्येष्ठ नागरिक दिदीले केही खान आवश्यक भएकोले र कतिपयले चुरोट त कतिपयले चिया सेवन समेत गर्नथालेकोले मलाई थप अवलोकनको लागि अवसर मिल्यो । कुनै स्थानमा पुगेपछि अनुसन्धानात्मक सोच राखेर त्यसको अवलोकन गर्ने बानी भएकोले त्यसदिन पनि चारैतिर आँखा डुलाएँ । करिब सात मिनेटपछि अर्को माइक्रोबस र दश मिनेटपछि एउटा ठूलो बस क्रमशः आईपुग्यो । अर्को माईक्रोबसमा सोह्र र ठूलोबसमा करिब चालिससमेत तीनवटा गाडीमा गरी झण्डै बहत्तर जना यात्रुमध्ये झण्डै बैसट्ठि यात्रु ओर्लिए । ओर्लिएका भध्ये झण्डै पचास जनाले शौचालय प्रयोग गरे । तर, बढीमा सातजनाले मात्र दान पेटिकामा पैसा खसाले । दान पेटिकामा पैसा खसाल्ने एकजनासँग मैले परिचय गरेँ । उनी थिए नेपाली सेनाका अवकासप्राप्त अधिकारी जसको नाम भुलेँ, थर भने केसी थियो । अर्को एक जना महिला यात्रु थिईन् । उनको परिचय लिन्छु भन्दै गर्दा हामी यात्रा गरेको गाडीको चालकले हर्न बजाएकोले भ्याइन । 

अहिले राज्यका बिभिन्न अङ्गहरुमा जिम्मेवारीमा रहेका पात्रहरुमा देखिएको सुविधाभोगी प्रवृत्ति र आचरण सोही प्रवृत्तिगत परिणाम हो । यसलाई नियन्त्रण गर्दै सादा जीवन उच्च बिचार र आदर्शजीवन उदाहरणीय व्यक्तित्व निर्माणको उदाहरणीय प्रतिष्पर्धाको वातावरण बनाउनुपर्दछ । यसमा पार्टी र राज्यका निकायको नेतृत्वको नै सर्वाधिक भूमिका हुनुपर्दछ ।

मैले यस बिषयमा सहयात्रीहरुसँग कुनै चासो राखिन र छलफल पनि चलाईन । तर यस बिषयमा गम्भिरतम् चिन्तन–मनन् गर्दै यात्रा पूरा गरी काठमाडौं ओर्लें । झण्डै दुई तिहाई समय यसै बिषयमा चिन्तन गरेँ । यात्राको क्रममा देखिएको सो दृष्यले हाम्रो सामाजिक एवम् नैतिक चेतनास्तर छर्लङ्ग हुन्छ । हाम्रो सामाजिक सोच, सामाजिक चिन्तन, सामाजिक व्यवहार र समाजिक जीवन पद्धति र संस्कृतिका चुनौतीहरु कति डरलाग्दा छन् भन्ने देखिन्छ । हुनत संयोगले लिइएको कुनै नमूना गलत र बाँकी जनसंख्या सही पनि हुनसक्छ । त्यस्तै ठाउँ र परिस्थितिअनुसार पनि फरक पर्न सक्दछ । सकारात्मक र आशावादी सोचको दृष्टिकोणले भन्ने हो भने माथिको नमूना संयोग पनि मान्न सकिन्छ । तर पनि यसलाई सामान्यरुपमा लिन भने मिल्दै मिल्दैन । हामीमा भएको यस्तो सोच र व्यवहारको श्रोत के हो ? त्यसका कारणहरु के के हुन् ? त्यसको निदानको लागि कस्ता कस्ता रणनीति र उपायहरु अपनाउनु पर्दछ ? यसका क–कसको के कस्तो जिम्मेवारी दायित्व र जवाफदेहिता हुनुपर्दछ ? यसबारेमा सामाजिक अध्येता र नीति निर्माताहरुले अध्ययन र अनुसन्धानको कार्य व्यवस्थित रुपमा गर्नु आवश्यक रहेको देखिन्छ । 

अहिलेको सामाजिक परिस्थिति र भौतिक अवस्थाले नागरिकहरुमा जस्तो मनोवृत्तिको विकास गरेको छ त्यसले नै वर्तमान नेपाली मनोविज्ञानको निर्माण गरेको हो । म मनोविज्ञानको बिषयको जानकार होईन तर पनि मानिसहरुको व्यवहारको भने अवलोकन र मुल्याङ्कन भने हमेसा गरिरहेको हुन्छु । आजको सामाजिक यथार्थता के छ भने अधिकतम् मानिसहरुमा अत्यन्त आत्मकेन्द्रित र निजी स्वार्थप्रेरित मनोविज्ञान रहेको छ । समाज र राष्ट्रका लागि के दिउँ भन्ने भन्दा पनि मैले के पाउने भन्ने पिरलो व्याप्त छ । र यो एक किसिमको मनोरोगको रुपमै रहेको छ । यही सामाजिक मनोरोगकै कारण आर्थिक र सामाजिक अपराधहरु बढीरहेका छन् । आर्थिक –सामाजिक मनोविमर्शको अभियान नै सञ्चालन गर्नुपर्ने अवस्था देखिएको छ । यसतर्फ राजनीतिक मनोवैज्ञानिकहरुले अविलम्ब पाईला चाल्नुपर्ने देखिन्छ । 

‘सादा जीवन, उच्च बिचार’ विगतमा वामपन्थी आन्दोलनको आदर्श थियो । यद्यपि यस्तो जीवनशैली सबैखाले राजनीतिक पद्धति र बिचार अँगालेका नेता र कार्यकर्ता एवम् राजनीतिकरुपले सक्रिय नभएकाहरुमा पनि थियो, छ र हुनेनै छ । अहिले त्यस्तो जीवन दर्शन अँगाल्नेहरुको सङ्ख्या क्रमशः सीमित हुदैछ । सादा जीवन र उच्च विचारको जीवनशैली एवम् आदर्श जीवन र उदाहरणीय व्यक्तित्व निर्माणको प्रतिष्पर्धामा बिराम लाग्न थालेको छ । यहिनै नेपाली राजनीति र वर्तमान समाजको सबैभन्दा दुःखान्त र दुर्दान्त अवस्था हो जुन पराकाष्टाको स्तरमा रहेको छ । हाल यस्तो प्रवृत्तिबिरुद्धको अभियान चलाउनु चालु प्रवाहको बिरुद्ध (एण्टी करेण्ट) हुने भनिन् र मानिन थालेको छ । यस्तो समाजिक रोगका बिरुद्ध लड्न अर्थात वैचारिक र व्यवहारिक कदम चाल्नेलाई यसबाट दानापानी र राजनीतिक एवम् सामाजिक जीवनसमेत चल्न नस्रक्ने भन्दै हतोत्साहित गर्ने व्यवहार चुलिएको छ । सेटिङ्मा चलेर काम गर्ने र आलेख धन र असीमिति सामथ्र्य एवम् हैसियत प्राप्त गर्ने र त्यसमै टिकिरहन खोज्ने प्रवृत्तिको बोलवाला रहेको छ । 

समाजवादी आदर्शबाट लैस संगठित राजनीतिक शक्तिले चलाउने अभियानबाट मात्र यस्तो प्रवृत्ति पराजय भोग्न बाध्य हुनसक्छ । अहिलेको अवस्थामा उभिएर हेर्दा यो लडाई चानचुने र सम्भव ठान्न सकिने अवस्था छैन तर अब यो लडाई लड्नुको विकल्प पनि छैन । नेपाली जनताले राज्यको तीनै तहमा प्रबल बहुमत दिलाएर नेपाल कम्यूनिष्ट पार्टीलाई यो लडाई लड्ने विश्वास सहितको जिम्मेवारी दिएका छन् । 

नेपाली राजनीतिक र समाजका अन्य नेतृत्वमा हाल तीन किसिमका मनोवृत्ति र प्रवृत्तिहरु रहेका छन् । पहिलो प्रवृत्ति र मनोवृत्तिले सादा जीवन र उच्च बिचार एवम् आदर्श जीवन र उदाहरणीय व्यक्तित्व निर्माणलाई समाजको प्रगतिशील रुपमान्तरणको अभिन्न र अनिवार्य माध्यम वा पक्ष ठान्दछ । यो प्रवृत्तिले कुनै पनि किसिम र मात्रामा सम्झौता गर्न चाहदैन ।

नेपाली राजनीतिक र समाजका अन्य नेतृत्वमा हाल तीन किसिमका मनोवृत्ति र प्रवृत्तिहरु रहेका छन् । पहिलो प्रवृत्ति र मनोवृत्तिले सादा जीवन र उच्च बिचार एवम् आदर्श जीवन र उदाहरणीय व्यक्तित्व निर्माणलाई समाजको प्रगतिशील रुपमान्तरणको अभिन्न र अनिवार्य माध्यम वा पक्ष ठान्दछ । यो प्रवृत्तिले कुनै पनि किसिम र मात्रामा सम्झौता गर्न चाहदैन । यस्ता प्रवृत्तिका व्यक्ति एवम् व्यक्तित्वहरु बरु कष्टसाध्य जीवन जिउन तयार छन् तर खराव प्रवृत्तिसँग सम्झौता गर्न तयार छैनन् । दोस्रो खालका प्रवृत्ति भएकाहरुमा खराव प्रवृत्तिप्रति सहमत छैनन् तर बाध्यताबस सीमित हद्मा सम्झौता गर्ने व्यवहार पाइन्छ । उनीहरुको तर्कछ कहिपनि केही नखुवाई केही काम गर्नै सकिदैन बाध्यतावस त्यस्तो गर्नुपर्दछ । तेस्रो खाले प्रवृत्ति भएकाहरुमा जे जसरी भएपनि धन कमाउने, अति उपभोग गर्ने, विलाशी जीवन बिताउने खालका छन् । उनीहरुमा पहिलो प्रवृत्तिका पात्रहरुलाई हतोत्साहित र बद्नाम गर्न योजनाबद्ध दुष्प्रयत्न गर्ने गर्दछन् र दोस्रो प्रवृत्तिका पात्रहरुलाई थप भ्रष्ट बनाउन लगानी गर्ने गर्दछन् । 

अहिले राज्यका बिभिन्न अङ्गहरुमा जिम्मेवारीमा रहेका पात्रहरुमा देखिएको सुविधाभोगी प्रवृत्ति र आचरण सोही प्रवृत्तिगत परिणाम हो । यसलाई नियन्त्रण गर्दै सादा जीवन उच्च बिचार र आदर्शजीवन उदाहरणीय व्यक्तित्व निर्माणको उदाहरणीय प्रतिष्पर्धाको वातावरण बनाउनुपर्दछ । यसमा पार्टी र राज्यका निकायको नेतृत्वको नै सर्वाधिक भूमिका हुनुपर्दछ । तर यसका लागि जो जसले जहाँबाट पनि उदाहरण प्रस्तुत गर्नसक्दछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको टिम सानो र छरितो बनाउनु, कतिपय विभिन्न तहका कतिपय जनप्रतिनिधिहरुले सेवा सुविधा कटौती गरी जनकार्यमा लगाउनु, सादगी जीवनशैली अपनाउनु त्यसका केही राम्रा उदाहरण हुन् । 

अब सार्वजनिक खर्च पुनरावलोकन आयोगको सुझावअनुसार अनावश्यक खर्च कटौती गर्ने कार्य सङ्घ, प्रदेश र स्थानीय तहका सरकार र संसदको खर्च कटौती गर्ने कार्य सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटबाट गरिनुपर्दछ । साथै आगामी बजेटले हाल देशको ठूलो मात्राको व्यापार घाटा र देशको सोधनान्तरको अवस्थामा सुधार ल्याउन श्रृङ्गारलगायतका विलाशी बस्तु, अल्कोहलजन्य लागुपदार्थ र ब्राण्डेड कपडाको आयातमा अधिक नियण्त्रण हुनेगरी राजस्वको नीति लागु गनुपर्दछ । 

अब प्रत्येक नागरिकले पनि अनावश्यकरुपमा गरिने लगानीलाई घटाउने र अति उपभोगलाई कटाउने, समाजमा हुने देखाईने तडकभडकपूर्ण व्यवहारलाई परिवर्तन गर्ने सोच निर्माण गर्नुपर्दछ । सभ्य र सुसंस्कृत नागरिक बन्ने कोशिस गर्नुपर्दछ । यसमा सबै तहका राजनीतिक र राजकीय नेतृत्वनै असल र उदाहरणीय पात्रको रुपमा खरो उत्रन सक्नुपर्दछ । सम्भावित निश्चित बस्तुहरुमा क्रमशः आत्मनिर्भर हुने नीति सरकारले लिनुपर्दछ । नागरिकले देशमै उत्पादित तरकारी र दुधजस्ता स्वास्थ्यकालागि अति लाभदायक बस्तु बजारमा खपत नहुने अवस्थामा भात, रोट र ढिँडोजस्ता खानालाई आधा कटाई सस्तो मूल्यमा पाईने ती बस्तुहरुको उपभोग बढाएमा नेपाली उत्पादक, नेपाली उपभोगकर्ता र देश तीनै पक्षलाई सिधै फाईदा पुग्दछ । बर्षेनी हुने दुध होलिडे र तरकारी जोतेर नष्ट गर्ने किसानको अवस्थालाई मनन गरी सरकार र नागरिक दुबैले सोच, शैली र व्यवहारमा परिवर्तन गर्नसके नेपालले छिटै परिवर्तन गर्न सक्नेछ ।    

समाजमा वर्ग सङ्घर्ष आर्थिक आधारमा मात्र हैन चारित्रिक आधारमा पनि चलिरहेको छ । यसमा असल चरित्रका एकातिर र खराव चरित्रका अर्कातिर धुब्रीकरण भएका छन् । अर्थात इमान्दार एकातिर र वेइमानहरु अर्कातिर उभिएर कडा टक्कर गरिरहेका छन् । यी दुई प्रवृत्तिहरुको वीचको टक्कर बढ्दै जाँदा आचरणको आधारमा चर्को धुब्रकरण हुनेछ । अलिअलि खराव प्रवृत्तिलाई बाध्यतावस अँगाल्न पुगेकाहरु अधिकांश असल चरित्रको धु्रवतिर केन्द्रित हुनेछन् भने खराव चरित्रलाई असल कुराको आवरणले ढाक्नेहरुको मुखुण्डो उघारिएर खरावहरुतर्फ धु्रबीकरण हुनेछन् । यस्तो धुब्रीकरणको नेतृत्व राजनीतिको नेतृत्व तहबाटै हुनुको विकल्प छैन । 

अधिकतम् मानिसहरुमा अत्यन्त आत्मकेन्द्रित र निजी स्वार्थप्रेरित मनोविज्ञान रहेको छ । समाज र राष्ट्रका लागि के दिउँ भन्ने भन्दा पनि मैले के पाउने भन्ने पिरलो व्याप्त छ । र यो एक किसिमको मनोरोगको रुपमै रहेको छ । यही सामाजिक मनोरोगकै कारण आर्थिक र सामाजिक अपराधहरु बढीरहेका छन् ।

खरावप्रवृत्तिबिरुद्धको निर्णायक लडाई राज्यका अङ्गहरुको उच्चतहबाटै शुरु गरेमा मात्र सम्भव हुन्छ । म आफू पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि भ्रष्टाचार गर्न दिन्न भन्ने रणनीतिक अठोट र विश्वास लिएका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको नेपाललाई सम्वृद्ध र नेपालीलाई सुखी बनाउने लक्ष सफल वा असफल हुने कुरा यसै लडाईसँग सम्बन्धित रहेको छ । वैदेशिक नीतिमा पूर्ण सफलतातर्फ अघि बढिरहेको ओली नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी (नेकपाको) सरकार, नेपाल कम्यूनिष्ट पार्टी र समग्र नेपालको सुखद् भविष्यसमेत यसैमा सन्निहित छ ।