काठमाडौँ, ९ असार - फिल फोडेन र रियाद महरेजले दुईदुई गोल गरेपछि प्रिमियर लिगमा म्यान्चेष्टर सिटिले बर्नलीमाथि ५–० को आरामदायी जित हात पारेको छ । सिटिको जितसँगै छिट्टै उपाधि हात पार्ने लिभरपुललाई भने अझै कुर्नुपर्ने भएको छ ।

ऐत्तिहाद रङ्गशालामा सम्पन्न खेलमा म्यान्चेष्टर सिटिले पहिलो हाफमा नै ३–० को अग्रता लियो । फिल फोडेनले २२ औँ मिनेटमा गोल गर्दै सिटिलाई प्रारम्भिक अग्रता दिलाए । महरेजले ४३ औँ र ४८ औँ मिनेटमा लगातार दुई गोल गरेर अग्रतालाई तेब्बर पारे । दोस्रो हाफमा फोडेनले आफ्नो दोस्रो गोल थप्दै अग्रतालाई ४–० पारे ।

प्रिमियर लिगमा लिभरपुल ३० खेलबाट २७ मा जित हात पारेर ८३ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको सिटिले भने ३० खेलबाट २० मा जित हात पारेर ६३ अङ्कमा सीमित रहँदा लिभरपुलले उपाधि हात पार्ने निश्चित भइसकेको छ ।