काठमाडौं, २७ पुस–पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ। काठमाडौँसहित देशैभर विभिन्न कार्यक्रम गरी जन्मजयन्ती तथा एकता दिवस मनाइएको हो। 

काठमाडौँमा पनि विभिन्न राजनीति दल तथा संघसंस्थाले छुट्टाछुट्टै कार्यक्रम गरेर दिवस मनाएका छन्। काठमाडौँको शान्ति वाटिकामा नागरिक तहबाट आयोजित कार्यक्रममा अभिनेत्री मनिषा कोइराला, पूर्वसेनापति रूक्माङ्ग कटुवाल, रमेश खरेललगायतको उपस्थिति रहेको थियो।