प्रचण्डले ‘खोलाले बगायो’ भनेका २९८५ थान हतियार जुम्लामा फेला परे 


Thursday, 12 Jan, 2017 3:02 PM

काठमाडौं, २८ पुस– युद्ध टुंग्याएर शान्ति प्रक्रियामा आएपछि हतियार भण्डारण गर्ने बेला माओवादी अध्यक्ष पुष्पकमल दाहालले हतियार खोलाले बगाएको वताएका थिए । तर, शान्ति सम्झौता भएको १० वर्षयता जुम्लामा माओवादी द्वन्द्वमा प्रयोग भएका २ हजार ९ सय ८५ थान हतियार प्रहरीले वरामद गरेको छ । 
जिल्ला प्रहरी कार्यालय जुम्लाले विस्तृत शान्ति सम्झौता भएयता ०६३ देखि ०७३ पुस पहिलो हप्तासम्म जिल्लाका विभिन्न गाउँमा बरामद गरेका अवैध हतियार पुस २७ गते सार्वजनिक गरेको हो ।

 

प्रहरीले यो अवधिमा सबै किसिमका गरी २ हजार ९ सय ८५ थान हतियारहरू बरामद गरेको एक कार्यक्रमका बिच सार्वजनिक गरेको हो । प्रहरीले बरामद गरेका हतियारहरूमा एम १६ राइफल दुई थान, एसएलआर राइफल १० थान, एसएमजी राइफल १६ थान, इन्सास राइफल दुई थान, सर्टगन आठ थान, वन बेल्ट राइफल १६ थान, मास्केट हतियार दुई थान, दुई इन्चको मोर्टार एक थान, हर्नेट सात थान, एयर गन २५ थान, जिएसटी क्यालिबर २३ थान, थ्रीनटथ्री राइफल ७३ थान, टुटु आठ थान, बाह्रबोर ७४ थान, म्याग्नम एक थान, भरूवा बन्दुक घरेलु हतियार ७ सय ८१ थान, पेस्तोल ४ सय ८४ थान, रिभल्वर १ सय १७ थान, थ्री फिप्टिन ५ थान र कटुवा पेस्तोल १ हजार ३ सय ३० थान रहेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय, जुम्लाका डिएसपी गुरूविष्णु काफ्लेका अनुसार केही भरूवा बन्दुक घरेलु अवैध हतियार भएपनि अन्य सबै अत्याधुनिक हतियार भने सशस्त्र द्वन्द्वपछि नै बरामद गरेको हुनाले अझै गाउँघरमा सशस्त्र द्वन्द्वमा प्रयोग भएका हातहतियार रहेको हुन सक्ने अनुमान रहेको छ । उनले भने–‘हामी गाउँबाट यस्ता अवैध हातहतियारहरू बरामद गर्ने क्रममा छौँ ।’

 

विस्तृत शान्ति सम्झौता भएको १० वर्षपछिसम्म पनि उतिबेला प्रयोग गरिएका हातहतियारको प्रयोग गरी अपराधिक घटना हुने गरेको प्रहरीले जनाएको छ ।

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

विज्ञहरुले भने– अहिलेको संविधान संशोधन पास भए नेपाल रहंदैन 

‘७० वर्षको उमेरमा भक्ति थापाजस्ता हाम्रा पूर्खाले रगत दिएर बनाएको नेपाललाई केही दलालहरुले विदेशीका पाउमा चढाउने काम गरेका छन्’ बस्न्यातले भने, ‘यहाँका मैथिली, भोजपुरी र अवधी भाषा मासेर स्थापित गरिएका हिन्दीभाषीहरु नेपाली होइनन् । हिन्दीभाषीलाई नै नेपाली भनेर नेपाल समाप्त पार्ने प्रयास भएको छ ।’ 

संशोधन थाँती राखे समझदारी हुने - सचिव ज्ञवाली

बाबियाचौर (म्याग्दी), ८ माघ - नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । 

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top