शहिद हरि नेपाल– केही विम्बहरु

(सन्दर्भः शहिद हरि नेपालको ३७ औं स्मृति दिवस)


Thursday, 29 Dec, 2016 2:04 PM

 

ईश्वर पोखरेल

मैले झापाली क्रान्तिकारीहरुको संगत गरेदेखि नै पूर्वी पहाडहरु खासगरी ताप्लेजुङ, तेह्रथुम, धनकुटा आदि जिल्लाहरुमा किसान जनताका अन्याय–अत्याचार शोषण–उत्पीडन विरोधी संघर्षका कथाहरु सुन्दै आएको थिएँ । स्कुलमा पढ्ने विद्यार्थीहरुको जुझारु प्रगतिशील गतिविधिहरु, ग्रामीण क्षेत्रका किसान जनताका स्थानीय जाली, शोषक, फटाहाविरोधी संघर्षहरु, जनता बीचको जुझारु एकताका कथाहरुले मलाई अत्यन्त रोमाञ्चित तुल्याउने गर्थे । विद्यालयहरुमा पढाउने शिक्षकहरु आमरुपमा जनतामा प्रगतिशील जागरणका लागि उत्प्रेरक बन्ने गरेका थिए । ताप्लेजुङ जिल्लाको सिनाम यस्ता गतिविधिका लागि अत्यन्त महत्वपूर्ण केन्द्र थियो । क. हरि नेपाल यसै क्षेत्रका क्रान्तिकारी गतिविधिहरुका उपज हुनुहुन्थ्यो ।


विद्यार्थी गतिविधिदेखि किसान जनताका जंगी संघर्षहरु र शिक्षण पेशामा लागिसक्दा पनि हरि नेपाल यस्ता गतिविधिहरुमा सामेल भइरहनुभयो । यसैमा रमाउँदै अघि बढिरहनुभयो र अझ पछि गएर त यसको केन्द्र भएर भूमिका खेलिरहनुभयो । विकसित हुँदै गरेको हरि नेपालको आसलाग्दो क्रान्तिकारी व्यक्तित्वको विम्ब मेरो दिमागमा जन्मदै, हुर्कंदै र झन–झन् चहकिलो बन्दै गइरहेको थियो ।

 

पुलिसहरुले उहाँहरुलाई आत्मसमर्पण गर्न चेतावनीपूर्ण आदेश दिए । उहाँहरुले त्यसलाई ठाडै अस्वीकार गर्नुभयो । दोहोरो भिडन्तमा सँगै रहनुभएका कमरेड चन्द्र पुरीले लड्दालड्दै वीरगति प्राप्त गरी सकेपछि पनि हरि नेपाल आत्मसमर्पण नगरी हातमा बोकेको हतियारलाई उठाउँदै अन्तिमसम्म दृढतापूर्वक लडिरहनुभयो । 


२०३५ पुष ११ मा नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) को स्थापनाका लागि तत्कालिन ‘को–अर्डिनेशन केन्द्र’ले राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । सम्मेलन स्थलमा विभिन्न जिल्लाहरुबाट प्रतिनिधित्व गर्दै क्रान्तिकारीहरु आइरहनुभएको थियो । तर, ताप्लेजुङबाट हरि नेपाल आइपुग्नु भएन । हरि नेपाल मात्र होइन, वासु शाक्य पनि आउन सक्नुभएन । पछि थाहा लाग्यो – प्रतिक्रियावादीहरुको दमनका कारण उहाँहरुले क्षेत्र छाडेर बाहिर निस्कन सम्भव भएनछ ।


सम्मेलनस्थलमा उहाँहरु आइ नपुग्नुले अपशकुनको आशंकामा पिरोलिएका हामीहरु यथार्थ कुुराहरुको जानकारी पछि ढुक्क बनेका थियौं । क्रान्तिकारी जनताका बीचमा उहाँहरु सुरक्षित रहेर जनतालाई सचेत र संगठति बनाइरहनु भएको छ भन्ने कुरा थाहा पाएर हामीहरु सबै अत्यन्तै खुशी भएका थियौं । त्यसबेला ‘पूर्व–उत्तर क्षेत्र’ भनेर संगठित गरिएको क्षेत्रले मेची–कोशी अञ्चलका पहाडी जिल्लाहरुलाई बुझाउँथ्यो । त्यस क्षेत्रमा क. रत्नकुमार वान्तवा आशालाग्दो किसिमले नेतृत्वमा स्थापित भइरहनुभएको थियो । समग्र गतिविधिमा अगुवाई गरिरहेका कारण रत्नकुमार पछिको नेता हरि नेपाल नै हुनुहुन्थ्यो । वास्वतमा रत्नले आफूपछि सिङ्गो क्षेत्रलाई नेतृत्व गर्न सक्ने व्यक्तिको रुपमा हरि नेपाललाई स्थापित गरिरहनुभएको थियो । त्यसैले कमरेड हरि नेपालको सुरक्षा पार्टीको विकासमा गम्भीर महत्व राख्ने विषय हो भनेर त्यसबेला हामीहरु सबैले बुझेका थियौं ।


२०३५ साल चैत्र २७ गते ‘पूर्वको रातो तारा’ अस्ताएको थियो, अर्थात् त्यो दिन प्रतिक्रियावादी सशस्त्र शक्तिले मुठभेडको नाममा रत्नकुमार वान्तवाको हत्या गरेका थिए । प्रतिक्रियावादीहरुले कमरेड रत्नको हत्यासँगै सिङ्गो त्यो क्षेत्रमा घोर दमनचक्र चलाएका थिए । खासगरी इलाम, संखुवासभा, ताप्लेजुङ र धनकुटा त्यसको चपेटामा परेका थिए । त्यसबेला पार्टी नेतृत्वको दुईवटा कुरामा विशेष ध्यान पुर्याउनै पर्ने थियो । पहिलो, त्यस क्षेत्रमा कार्यरत कमरेडहरुको सुरक्षा । दोस्रो, कमरेड रत्न कुमार वान्तवाको हत्यापछि त्यहाँको पार्टीपंक्तिलाई नयाँ स्तरमा व्यवस्थित र संगठीत गर्ने कुरा । यी दुवै कामलाई बुद्धिमत्तापूर्ण तरिकाले अगाडि बढाउनुपर्ने आवश्यकता थियो । प्रतिक्रियावादी सत्ताले सिर्जना गरेको श्वेत आतंकका बीचमा यी दुवै सँगसँगै नगरी नहुने काम थिए । यसको लागि क. हरि नेपाललाई नै केन्द्र गरी अगाडि बढ्नुको अर्को विकल्प थिएन । यसैले, त्यसबेला पार्टी नेतृत्वले सबैभन्दा पहिले उहाँसितै बसेर परिस्थितिको समग्र विश्लेषण गर्ने, वस्तुवादी ढंगले निचोड र निस्कर्षमा पुग्ने तथा पार्टी कामलाई अगाडि बढाउन ठोस योजनाहरु बनाउने सोच बनायो । 


२०३५ पुस ११ गते नेकपा (माले)को स्थापना पछि केन्द्रीय कमिटीको महत्वपूर्ण बैठक रुपन्देही जिल्लाको सीतापुरमा आयोजना गरिएको थियो । त्यो बैठकले नवगठीत पार्टीले गर्नुपर्ने कामका साथै पार्टी विस्तारको योजना समेत बनाएको थियो । पुष्पलालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट असन्तुष्ट भई केही क्रान्तिकारीहरु ‘मुक्तिमोर्चा’ समूहमा छुट्टै संगठीत हुनुभएको थियो र पछि उहाँहरु ‘को–अर्डिनेशन केन्द्र’मा समावेश भएपछि सीतापुर, अझै भन्ने हो भने सिङ्गो लुम्बिनी क्षेत्र ‘झापाली क्रान्तिकारी’ धार बोकी गठन गरिएको नेकपा (माले)को एकलौटी प्रभावमा पुगेको थियो । त्यसबेला रुपन्देहीको सीतापुर क्षेत्र एक किसिमले क्रान्तिकारीहरुको आधार इलाकाको रुपमा थियो । हो, यही आधार इलाकाको रुपमा रहेको सीतापुरमा नवगठित मालेको केन्द्रीय कमिटीको बैठक आयोजना गरिएको थियो र त्यही बैठकमा कमरेड हरि नेपाललाई बोलाइएको थियो । भैरहवा हुँदै स्थानीय साथीहरुको सहयोगमा सीतापुर पुग्नुभएका हरि नेपालसँग मैले पहिलो पटक नजिकैबाट परिचित हुने मौका पाएको थिएँ । मैले त्यसबेला हरिलाई गम्भीर र भरोसालाग्दो कमरेडको रुपमा पाएँ । प्रतिक्रियावादीहरुद्वारा चलाइएको दमन र हत्याको विरुद्धमा मुकाबिला गर्ने दह्रो मानसिकता भएको क्रान्तिकारी नवजवानको रुपमा पाएँ ।

 

अहिले पनि मेरो मानसपटलमा गोरो अनुहार, ठीकठीकै उचाई भएको, मन्द मुस्कानसहित आफ्ना भनाइहरु प्रस्तुत गर्ने, अरुका कुरा पनि अत्यन्त ध्यानपूर्वक सुन्ने हरि नेपालको तस्वीर नाचिरहेको छ ।


त्यसबेला तत्कालीन नेकपा (माले)का महासचिव सीपी मैनाली लगायतका सबै केन्द्रीय कमिटीका सदस्यहरुले हरि नेपालसित दमनको चपेटामा परेका पूर्वी पहाडी जिल्लाहरुको स्थितिबारे रिपोर्टिङ सुनेका थियौं । कमरेड रत्नको हत्यापछिको स्थिति, त्यहाँका अनुकुलता तथा प्रतिकुलताहरु, शक्ति सन्तुलनको अवस्था, आफ्नो संगठित शक्ति, चुनौती तथा भविष्यमा पार्टी कामलाई अगाडि बढाउन बनाउनुपर्ने योजना आदि बारे क. हरि नेपालले सविस्तार आफ्नो तर्फबाट विचार राख्नुभएको थियो । झन्डै दुई दिन लगाएर हामीले त्यसबेला उहाँका कुराहरु सुनेका थियौं । त्यसबेला अरु कमरेडहरुलाई के लाग्यो कुन्नि तर मैले भने एउटा गम्भीर सन्तुलित विचार राख्ने जनतामाथि अगाध विश्वास राख्ने बौद्धिकताले भरिएको मृदुभाषी क्रान्तिकारी व्यक्तित्वको रुपमा उहाँसित परिचित हुने मौका पाएको थिएँ । उहाँ केन्द्रीय कमिटीका सदस्य हुनुहुन्थ्यो । त्यसैले बैठक अवधिभरि उहाँलाई छुट्टै कोठामा राखेर हामीले झण्डै दुई हप्ता लगाएर केन्द्रीय कमिटीको बैठक सकेका थियौं । बैठकले हरिलाई केन्द्र गरी, उहाँलाई पछि नेतृत्वमा विकास गर्ने योजनाका साथ तत्काललाई क. प्रदिप नेपाललाई ‘पूर्वी–उत्तर क्षेत्र’को प्रमुख बनाएर पठाउने निर्णय गरेका थियौं । त्यही बैठकपछि क. प्रदिप नेपालले लुम्बिनी अञ्चल छोड्नुभएको थियो । अहिले पनि मेरो मानसपटलमा गोरो अनुहार, ठीकठीकै उचाई भएको, मन्द मुस्कानसहित आफ्ना भनाइहरु प्रस्तुत गर्ने, अरुका कुरा पनि अत्यन्त ध्यानपूर्वक सुन्ने हरि नेपालको तस्वीर नाचिरहेको छ । 

 


रत्नकुमार वान्तवाको हत्यापछि ‘पूर्व–उत्तर’ क्षेत्रको प्रमुख जिम्मेवार रहनुभएका क. हरि नेपाल पार्टी केन्द्रबाट क. प्रदिप नेपाललाई त्यस क्षेत्रको सचिवको रुपमा पाएपछि खुसी हुनुभएको थियो । उहाँले त्यसबेला भरोसालाग्दो अभिभावक पाएको अनुभव गर्नुभएको कुरा एक पटक ‘हेडक्वाटर’मा लेख्नुभएको पत्रमा उल्लेख गर्नुभएको थियो । रत्नको हत्यापछि प्रतिक्रियावादीहरुले उहाँलाई तारो बनाएको थियो । चारैतिर स्वेत आतंक छाएको थियो । क्रान्तिकारीहरुको टाउकोको मूल्य, इनाम र पुरस्कारको रुपमा प्रतिक्रियावादीहरुले घोषणा गरेका थिए । त्यस्तो वातावरणमा पनि क. हरि नेपाल क्रान्तिकारी काममा दृढतापूर्वक जुटिरहनु भएको थियो । उहाँमा दृढता, आत्मविश्वास र लडाकु भावनामा थप वृद्धि भएको पाइन्थ्यो । क. रत्नकुमारको हत्यापछि पार्टी नेतृत्वलाई समग्र परिस्थितिको बारेमा जानकारी गराउँदै आउने दिनमा कसरी पार्टी कामलाई अगाडि बढाउन सकिन्छ भनेर आफ्ना योजना प्रस्तुत गरिरहँदा हरि नेपाल क्रान्ति र परिवर्तनप्रति विश्वास लिएर पार्टी रिपोर्टिङहरु प्रस्तुत गरिरहनु भएको देखिन्थ्यो ।


सिङ्गो ‘पूर्वी–उत्तर’को नेताको रुपमा आफ्नो सक्रिय भूमिकालाई अगाडि बढाइरहनु हुने क. हरि नेपाल तोकिएको क्षेत्रअन्तर्गत प्रायः सबै जिल्लाहरुमा जाने त्यहाँका साथीहरुसित भेट गर्ने, समग्र परिस्थितिको बारे जानकारी लिने र आफ्नो सांगठनिक गतिविधिहरुलाई व्यवस्थित किसिमले अगाडि बढाउने योजनामा लाग्नु भएको थियो । पार्टीको अत्यन्तै महत्वपूर्ण जिम्मेवारी बहन गर्ने क्रममा २०३६ पुष १२ गते संखुवासभा जिल्लाको सिवुवा स्यावुन गाउँको नागी डाँडामा पुग्नुभएको थियो ।


त्यहाँ भिमबहादुर राईको घरमा उहाँले चन्द्रबहादुर पुरीसितै आश्रय लिनुभएको थियो । आश्रयस्थल प्रतिक्रियावादीहरुको कब्जामा भित्रभित्रै पुगिसकेको कुरो हरि नेपाल र चन्द्र पुरीलाई पत्तो भएन । त्यसैले भिमे राईकै विश्वासघातका कारण उहाँहरु प्रतिक्रियावादी पुलिसहरुको घेरामा पर्नुभयो । पुलिसहरुले उहाँहरुलाई आत्मसमर्पण गर्न चेतावनीपूर्ण आदेश दिए । उहाँहरुले त्यसलाई ठाडै अस्वीकार गर्नुभयो । दोहोरो भिडन्तमा सँगै रहनुभएका कमरेड चन्द्र पुरीले लड्दालड्दै वीरगति प्राप्त गरी सकेपछि पनि हरि नेपाल आत्मसमर्पण नगरी हातमा बोकेको हतियारलाई उठाउँदै अन्तिमसम्म दृढतापूर्वक लडिरहनुभयो । 


२०३६ साल पुस १३ गते सुरु भएको प्रतिक्रियावादीहरुसँगको प्रतिरोधपूर्ण संघर्ष २०३६ पुस १४ गतेको प्रथम प्रहर सुरु हुँदाहुँदै क. हरि नेपालले देश र जनताको लागि वीरगति प्राप्त गर्नुभयो । २००५ साल कार्तिक २ गते ताप्लेजुङ जिल्लाको सिनाममा जन्मनुभएका क. हरिप्रसाद नेपालले आफ्नो ३१ वर्षको उमेरमा आफ्नो अमूल्य जीवन नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा बलिदान गर्नुभयो । आफ्नो सहयोद्धा चन्द्र पुरीसँगै हरि नेपालले वीरगति प्राप्त गर्नुभएको दुःखद खबरले हामी सबै स्तब्ध भयौं, गम्भीर भयौं । शोकलाई शक्तिमा बदल्दै प्रतिक्रियावादीहरुसित बदला लिने अठोटका साथ कस्सिएका मुठीहरु उठाउँदै श्रद्धान्जली अर्पण गरेका थियौं ।


श्रद्धाञ्जली कार्यक्रममा उपस्थित रहनुभएका कमरेडहरुका आँखाबाट आँसु बगिरहेको थियो । हामी सँगै रोइरहेका थियौं । तर हामी सबैका अगाडि गोरो, सुन्दर र दृढ मनोबल भएको क्रान्तिकारी व्यक्तित्व क. हरि नेपाल मुसुमुसु हाँसिरहेको थियो । आज क. हरि नेपालले सहादत प्राप्त गर्नुभएको ३७ वर्ष बितिसक्यो तर उहाँको क्रान्तिकारी व्यक्तित्वका विम्बहरु मेरो मस्तिष्कमा ताजै छन् । 

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल बिखण्डन गर्ने पटना बैठकको संसदमा चर्काे विरोध 

‘केही समय अगाडि भारतको पटनामा राष्ट्रिय एकता, समाजिक सद्भाव, अखण्डता र सुरक्षामा आँच आउने किसिमले नेपालका केही राजनीतिक दल तथा समुहका प्रतिनिधिहरुले बैठक–भेला गरेको भन्ने कुरा सुन्नमा आएकोले मैले त्यसबारे प्रधानमन्त्री तथा अन्य चार दलका जिम्मेवार नेताहरुको ध्यानाकर्षण गराउँदै सत्यतथ्य माग गरेकोमा प्रधानमन्त्री स्वयंले गम्भीर अनुसन्धान गरी यथार्थ विवरण जानकारी गराउनुको साटो त्यस विषयलाई हल्का र राजनीतिक दाउपेचमा उपयोग गर्ने प्रयत्न गरेको देखियो’ रावलले संसद बैठकमा भने, ‘मैले उक्त विषयलाई गम्भीर र भरपर्दाे जानकारीको आधारमा मात्र प्रधानमन्त्री लगायतका शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको स्पष्ट पार्न चाहन्छु ।’ 

संशोधनको प्रस्ताव नै परिमार्जन हुनुपर्छ– अध्यक्ष ठाकुर

विराटनगर, ७ माघ – तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top