काठमाडौं, २५ असार– हाल मनसुनी न्यून चापिय रेखा दक्षिणी सिमानामा नेपाल नजिक रहेको र  अझै नजिक हुने क्रम जारी नै रहेको हुनाले दुइ तीन दिन नेपालको अधिकांश स्थानहरुमा वर्षा हुनुका साथै केहि स्थानहरुमा भारी वर्षा र एक दुइ स्थानमा अति भारी वर्षा हुने सम्भावना  रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज प्रदेश १, २ र ३ का प्राय जिल्ला भएर बग्ने साना र मझौला नदीहरुमा आकस्मिक बाढीको सम्भावना छ । 

सुदुरपश्चिम प्रदेश र प्रदेश ५ को चुरे र पहाडबाट बग्ने तथा कर्णाली प्रदेशको पहाडी क्षेत्रबाट बग्ने केही साना नदीमा आकस्मिक वहावको सम्भावना धेरै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।