काठमाडौं, ४ माघ–काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले नेपाली कांग्रेसका युवा नेता गगन थापालाई रास्ट्रपति संग हैन महानगरपालिकाका वडा सदस्य संग चुनाव लडेर देखाउन चुनौती दिनुभएको छ।

काठमाडौं महानगरपालिका वडा नं ४ मा निर्माण हुन् लागेको मनमोहन पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मेयर शाक्यले थापाले चर्चामा आउन जेपनि बोल्ने गरेको बताउनुभयो । मेयर शाक्यले भन्नुभयो,–खाली ठुलो पदमा बसेका व्यक्तिलाई गाली गरेर चर्चा कमाउने ध्यान छोडेर वडामा आएर निर्वाचन लडी बिजयी बन्न चुनौती दिनुभयो । काठमाडौं महानगरपालिका र अन्य नगरपालिकामा भएका विकास र जनपक्षीय काम बाट डराएर गलत प्रचार वाजीको बाटो लिएकोमा दुख व्यक्त गर्दै उहाँले थापालाई जनमतको अशली परिक्षणका लागि मैदानमा आउन भन्नुभएको हो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख शाक्यले कमल पोखरीलाई छठ पोखरी बनाउनु पर्छ भन्ने थापाको मागलाई आफुले अस्विकार गरेको जानकारी दिदै अहिले केवल चर्चाको लागि महानगर भन्दा पहिला संचार माध्यममा पत्र पठाएर नयाँ नौटंकी गरेकोमा शाक्यले आक्रोस व्यक्त गर्नुभयो ।

करिव १ वर्ष सम्म कमल पोखरीका विषयमा सबै सरोकारवाला पक्षसंग आफुले निरन्तर छलफल र संवाद पश्चात निर्माण शुरु गरेको बताउदै प्रमुख शाक्यले अहिले आएर यस विषयलाई गलत तरिकाले प्रचारवाजी गर्नु आश्चर्यजनक रहेको बताउनुभयो ।

पहिला रानीपोखरी बनाउने क्रममा पनि धेरै विवाद सिर्जना गर्न खोजिएकोमा त्यसलाई चिरेर निर्माण सम्पन्न गरेको स्मरण गर्दै प्रमुख शाक्यले अहिले कमल पोखरी निर्माणमा देखिएका समस्या वास्तविक नभई प्रचारमुखी भएकोले यसले निर्माणमा अशर नपुग्ने समेत विस्वास व्यक्त गर्नुभयो ।