काठमाडौँ, २८ कार्तिक - मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा आयोजित बुद्धिचाल र दौड प्रतियोगिता सम्पन्न भएको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी राप्ती सोनारीले आयोजना गरेको प्रतियोगितामा ३२ सय मिटर दौडमा पुरुष तर्फ मनिष पुन प्रथम, निर्मल थारु दोस्रो र राजेश यादव तेस्रो भएका थिए । त्यस्तै ३२ सय मिटर दौड प्रतियोगितामा महिला तर्फ कृति थारु प्रथम, अंचल थारु दोस्रो र समृद्धी खड्का तेस्रो भएकी छिन् ।

प्रतियोगितामा ३२ सय मिटर दौड, १८ सय मिटरको दौड, पुसअप खेल र बुद्धिचाल लगायतका खेलहरु समावेस गरिएको थियो । खेलकुद प्रतियोगितामा मदन भण्डारी फाउण्डेशन लुम्बिनी प्रदेश कमिटीका संयोजक एवम् फाउण्डेशन केन्द्रीय सदस्य सुर्य ढकाल, फाउण्डेशनका प्रदेश सल्लाहकार पुजन विश्वकर्मा, मदन भण्डारी स्पोर्टस् एकेडेमी बाँकेका अध्यक्ष रमेश मिजार लगायतको उपस्थिति रहेको थियो ।

स्पोर्टस् एकेडेमीकै आयोजनामा भएको बुद्धिचाल प्रतियोगितामा विजय कसेरा प्रथम, रितेश खड्का दोस्रो र नन्दराज थापा तेस्रो भएका थिए । त्यस्तै पुसअप खेलमा लुम बहादुर थापा प्रथम, रोहित राना दोस्रो र सुमन विक र नजर घर्ती मगर तेस्रो भएका थिए । १८ सय मिटरको दौड प्रतियोगितामा जनक रेउले प्रथम, मनिष पुन दोस्रो र राजेश यादव तेस्रो भए भने महिला तर्फ अंचल थारु प्रथम कृति थारु दोस्रो र समृद्धि खड्का तेस्रो भएकी थिईन् ।

कार्यक्रमको अध्यक्षता मदन भण्डारी स्पोर्ट्स एकेडेमी राप्ती सोनारीका अध्यक्ष सन्तोष बुढाथोकीले गर्नुभएको थियो । कार्यक्रमको संचालन एकेडेमीका सचिव विर बहादुर बुढाले गर्नुभएको थियो । प्रतियोगितामा विजयी खेलाडीहरुलाई नगद पुरस्कार र प्रमाणपत्रले प्रदान गरिएको थियो ।