काठमाडौँ, २९ माघ - सरकारले मेलम्ची खानेपानी आयोजनाबारे स्वेतपत्र जारी गर्ने भएको छ ।

बिहीबार खानेपानी मन्त्रालयले एक कार्यक्रम आयोजना गरेर श्वेतपत्र जारी गर्न लागेको हो । असारसम्म सुन्दरीजलमा पानी खसाउने लक्ष्य लिएर काम भइरहेको यो आयोजनाबारे हालसम्म भएको काम, प्रगति र अब हुन बाँकी काम समेटेर सबैलाई जानकारी हुने गरी श्वेतपत्र जारी गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ ।

सरकारले आगामी असारसम्म सुन्दरीजलमा पानी खसाउने र त्यसको ३ महिनाभित्र सबैतिर वितरणको काम सुरु गरिसक्ने लक्ष्य लिएको छ ।