काठमाडौं,  २९ चैत्र– सत्य निरुपण तथा मेलमिलाप आयोगमा हालसम्म ६२ हजार ९ सय ५० उजुरी परेकोे छ ।

आयोगले आज आयोजित पत्रकार सम्मेलनमा हालसम्म आयोगमा १० हजार ८ सय ८१ हत्याको उजुरी परेको जनाएको छ ।  सवै उजुरीको गोपनियतामा आयोगले विशेष ध्यान दिइएको पनि पत्रकारसम्मेलनमा जानकारी दिइयो । 

आयोगगी सदस्य माधवी भट्ट पराजुलीले सत्य निरुपण तथा मेलमिलाप आयोगको थपिएको दुई महिनाको समयावधी  आज सकिएको छ ।  यो अवधिमा आयोगले केही महत्वपूर्ण कामको शुरुवात गरेको तर निश्कर्षमा भने पुग्न नसकेको बताउनु भयो ।

हालसम्म आयोगमा दर्ता भएका ६२ हजार ९ सय ५० उजुरी मध्ये  १० हजार २२० अनुसन्धानका लागि ७ वटा क्षेत्रीय कार्यालयहरुमा पठाइएको आयोगले जनाएको छ । तीमध्ये ३ हजार ६१५ उजुरी प्रारम्भीक अनुसन्धानपश्चात रायसहित केन्द्रमा आएपनि बाँकी प्रदेश कार्यालयमै रहेको बताईएको छ । 

पत्रकार सम्मेलनमा आयोगीकी सदस्य माधवी भट्ट पराजुली आयोगका पदाधिकारीको समय सकिएको भन्दै छिटो भन्दा छिटो पदाधिकारी ल्याउनु पर्ने बताईन् । उजुरीको सुरक्षाको लागि समेत पदाधिकारी छिटठो ल्याउनु पर्ने पराजुलीको भनाई छ ।