काठमाडौं २८ फागुन –वैदेशिक रोजगार विभागले ससक्तरुपमा  वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको अनुगमन गर्ने भएको छ। 
महिनौं देखि रोकिएको म्यानपावर कम्पनीको अनुगमन विभागले आउँदो सातादेखि सुरु गर्न लागेको जनाएको छ।

निःशुल्क भिसा र टिकटको व्यवस्था गरिएको अवस्थामा समेत व्यवसायीले न्यूनतम रकमको रसिद मात्र थमाएर प्रतिव्यक्ति लाखभन्दा बढी असुली गर्ने गरेको पिडीतहरुको गुनासो पछि सरकारले अनुगमन कार्य अघि बढाउन लागेको हो ।  बिस हजार न्युनतम लिनु पर्ने ठाउँमा एक लाख पचाँस हजार सम्म लिने गरेको भन्ने उजुरी र सरकारको पनि तागेताको आएकाले त्यस्ता कम्पनीको तत्काल अनुगमन गरी कारवाही गर्ने तयारी गरेको विभागले जनाएको छ । 

मलेसियालगायत खाडी मुलुकमा जानेका लागि  अब पहिलो प्राथमिकतामा राखेर काम गर्ने गरी तयारी विभागले गरेको छ । केही समयअगाडि अनुगमनको कामलाई तीव्र बनाएर केही म्यानपावर कम्पनीलाई कारवाही समेत गरेको विभागले पछिल्लो समय भने कर्मचारीको अभाव देखाउँदै तीन महिनायता अनुगमनको कार्य ठप्प बनाएको थियो। अहिले माथिबाटै तागेता आएपछि विभागले काम सुरु गर्न लागेको हो ।