नख्खु कारागारमा मनोसामाजिक अस्पताल बन्दै


Friday, 6 Jan, 2017 10:06 AM

सञ्चिता घिमिरे,ललितपुर, २२ पुस – नख्खु कारागारमा मानसिक रोगी कैदीबन्दीको सङ्ख्या बढेपछि कारागारमै मनोसामाजिक अस्पताल बन्ने भएको छ । 

 

पच्चीस श्ययाको अस्पताल विसं २०७५ को असारसम्ममा निर्माण सम्पन्न हुने सम्झौता भएको छ । कारागार व्यवस्थापन कार्यविधि, २०७३ ले मनोसामाजिक अस्पतालका लागि एकजना वरिष्ठ कन्सल्टेन्ट साइक्याट्रिस्टसहित १२ जना कर्मचारीको दरबन्दी व्यवस्था गरिसकेको छ । 

 

अहिले भएका कैदीबन्दीमध्ये झन्डै २० प्रतिशत मानसिक रोगी रहेको कारागारले बताएको छ । मानसिक अस्पताल लगनखेलमा रहेकाले पनि विभिन्न जिल्लाबाट मानसिक रोगी नख्खु कारागार सरुवा भएर आउने गरेका छन् । विभिन्न जिल्ला कारागारमा रहेका मानसिक रोगीलाई कारागार व्यवस्था विभागले नख्खु कारागारमा सरुवा गरेर पठाउने गरेको जेलर टेकबहादुर केसीले बताए । 

 

अस्पताल बन्ने प्रक्रियामा भएपनि जिल्लाका कारागार र कैदीबन्दीले अस्पताल बनिसक्यो भन्ने सोचेर समेत आउने गर्छन् । उनि भन्छन्, “पाटनमा उपचार हुन्छ भनेर पठाउने त छँदैछ अस्पतालको जग खन्दै भएपनि धेरै कारागारले यहाँभित्रै अस्पताल बनिसक्यो भनेर समेत बिरामी कैदी पठाउँछन्।” 

 

अस्पताल बनेपछि मानसिक रोगसँगै अरु रोग पनि यहाँबाट उपचार हुने अस्पतालले बताएको छ । कारागारका लेखा अधिकृत मित्रलाल शर्माले अस्पताल बनेपछि बिरामीलाई नियमित लगनखेलस्थित मानसिक अस्पताल पु¥याउनु नपर्ने बताए । 

 

उनले भने, “कैदीबन्दीले यहीँबाट नियमित उपचार पाउन सक्नेछन् ।” कारागारमा मानसिक रोगी धेरैजना भएपछि प्रशासनले दैनिक दुई÷तीन पटक गरेर उपचारका लागि लगनखेल पु¥याउँदै आएको छ । मानसिक रोगका लागि मानसिक अस्पताल र अरु समस्याका लागि पाटन अस्पताल वा वीर अस्पताल लैजाने गरिएको उनि बताउ छन् । 

 

धेरै खालका समस्या भएका मानसिक रोगी कारागारमा रहेको जेलर केसी बताउ छन् । कतिपय उग्र खालका बिरामीलाई व्यवस्थापन गर्न आन्तरिक प्रशासन ९कैदीबन्दीबाट नै बनेको० लाई समेत हम्मेहम्मे पर्ने गर्छ । प्रशासनले सुरक्षाकर्मी जुनसुकै समयमा तयार राख्ने गरेको छ । आफैँ पटकपटक आत्महत्याको प्रयास गरिसकेका मानसिक बिरामी यहाँ छन् । उनि भन्छन्, “धेरै उग्र बिरामीले अरुलाई समेत असर पु¥याउँछन् भन्ने डर हुन्छ ।” कतिपय बिरामीलाई नियन्त्रणमा राख्नका लागि धेरै जना लाग्नुपर्छ । 

 

नख्खु कारागारमा आएपछि मानसिक रोगको उपचार पाएर धेरै जना बिरामी निको भएका आन्तरिक प्रशासनका कर्मचारी बताउँछन् । कारागारबाटै मानसिक अस्पताल पुगेर र कारागारमा नियमित औषधि खाएर बिरामी सामान्य अवस्थामा फर्केको जेलर केसी बताउ छन् । 

 

कारागारमा शान्त वातावरण र हावापानीले पनि मानसिक रोगी बिरामीलाई निको हुन सघाएको उहाँको दाबी छ । उनि भन्छन्, “पहिले यहाँ आउँदा कसरी थाम्ने भनिएकाहरु अहिले पूरै निको भएका समेत छन् ।” 

 

सरकारी नियमअनुसार ११५ जना क्षमताको नयाँ भवन गत वर्षदेखि सञ्चालनमा आएपछि कारागारमा कैदीबन्दीको सङ्ख्या बढेको छ । कारागारमा २५० जना क्षमताका दुई ब्लकसमेत निर्माण हुने भएको छ । 

 

एकसयजना क्षमताको महिला कारागारको समेत काम अघि बढेको छ । अहिले यहाँ ६५० को हाराहारीमा कैदीबन्दी रहेको कारागारले बताएको छ । 

 

 

comments powered by Disqus

Related News

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल बिखण्डन गर्ने पटना बैठकको संसदमा चर्काे विरोध 

‘केही समय अगाडि भारतको पटनामा राष्ट्रिय एकता, समाजिक सद्भाव, अखण्डता र सुरक्षामा आँच आउने किसिमले नेपालका केही राजनीतिक दल तथा समुहका प्रतिनिधिहरुले बैठक–भेला गरेको भन्ने कुरा सुन्नमा आएकोले मैले त्यसबारे प्रधानमन्त्री तथा अन्य चार दलका जिम्मेवार नेताहरुको ध्यानाकर्षण गराउँदै सत्यतथ्य माग गरेकोमा प्रधानमन्त्री स्वयंले गम्भीर अनुसन्धान गरी यथार्थ विवरण जानकारी गराउनुको साटो त्यस विषयलाई हल्का र राजनीतिक दाउपेचमा उपयोग गर्ने प्रयत्न गरेको देखियो’ रावलले संसद बैठकमा भने, ‘मैले उक्त विषयलाई गम्भीर र भरपर्दाे जानकारीको आधारमा मात्र प्रधानमन्त्री लगायतका शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको स्पष्ट पार्न चाहन्छु ।’ 

संशोधनको प्रस्ताव नै परिमार्जन हुनुपर्छ– अध्यक्ष ठाकुर

विराटनगर, ७ माघ – तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top