काठमाडौँ, १ जेठ -  सरुवाको विषयलाई लिएर नेपाली कांग्रेसका निकटका कर्मचारी संघका नेताहरुले उद्योगमन्त्री मातृका यादवलाई  कार्यकक्षमा हात उठाएका छन् ।

मन्त्री माथिनै झण्डै हात हालाहालको अवस्था सिर्जना भएपछि प्रहरी बोलाईएसँगै नेताहरु भने भागाभाग गरेका छन् । स्रोतका अनुसार उद्योग विभागमा भएको सरुवाको विषयमा कर्मचारीहरुले मन्त्री यादवमाथि  हातपातको प्रयास गरेका थिए ।

नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरुले अश्लील गाली गर्दै हातपातमा उत्रिएसँगै प्रहरी परिचालन गरिएको थियो ।  कांग्रेस निकट कर्मचारी युनियनका उपाध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा हुलहुज्जत भएको मन्त्रालयले जनाएको छ । उनीहरुले शुरुमा निजी सचिव प्रेम आचार्यसँग विवाद गरेका थिए ।

उनीहरुले कांग्रेस निकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरी नेकपा निकट विनोद खड्कालाई पठाइएको भन्दै मन्त्रीमाथि समेत दुव्र्यवहार गरेका हुन् ।

होहल्ला रोक्न बाहिर निस्किएका मन्त्रीमाथि हातपात प्रयास भएपछि प्रहरी बोलाए लगत्तै कर्मचारी नेताहरु भागेको बताइएको छ ।