काठमाडौ , आइतवार, साउन २० – मिस गुरुङ ईन्टरनेशनल सिजन–२ को उपाधि बबिता गुरुङले जितेकी छिन् ।

प्रतियोगितामा सहभागी १४ प्रतिस्पर्धीलाई उछिन्दै बबिताले उपाधि हात पार्न सफल भएकी हुन् । शनिबार राष्ट्रिय नाचघर जमलमा सम्पन्न प्रतियोगिताको फस्र्ट रनर अप तलिसा गुरुङ र सेकेण्ड रनरअपको उपाधि अलिशा गुरुङले हात पारे ।

प्रमुख अथिति समेत रहनुभएका सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले विजेताहरुलाई ताज पहि¥याइदिएका थिए ।  गुरुङ समुदायका युवतीहरुको व्यक्तित्व विकास, कला संस्कृति तथा भाषको जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।