काठमाडौँ, २९ चैत– यसबर्षको मिस नेपाल वल्ड श्रृखला खतिवडा बन्न सफल भएकी छन् । हेटौडाकी स्थायीबासिन्दा श्रृखला प्रतिनिधिसभा सांसद विरोध खतिवडाकी छोरी हुन्  । प्रतिस्पर्धाको अन्तिम चरणमा २४ जना प्रतिस्पर्धीलाई पछि पादै उनले मिस नेपाल वल्डको उपाधि जित्न सफल भएकी हुन् ।

निर्णायकले सोधेको, ‘समृद्ध नेपाल,सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नपर्छ भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएपछि उनले उपाधी जितेकी हुन् । उपाधि जितेसँगै मिस वल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत श्रृखलाले पाएकी छन् । 

मिस नेपालमा बिजयी बनेपछि उनलाई मिस नेपाल वल्ड निकिता चण्डकले क्राउन पहिराएकी थिईन् । यस्तै मिस नेपाल युनिभर्सको उपाधि मनिता देवकोटाले जितेकी छिन् भने मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देलले जितेकी छन् ।