काठमाडौ, १८ मंसिर– मिस नेपाल २०१८ शृंखला खतिवडाले ‘मिस वर्ल्ड–२०१८’को मल्टिमिडिया टाइटल जितेकी छन् ।

सोसल मिडियातर्फ भोटिङमा १२१ देशका प्रतिस्पर्धी सुन्दरीहरुलाई पछि पार्दै शृंखलाले मल्टिमिडियाको टाइटल जित्न सफल भएकी हुन् । श्रृखलाले कार्यक्रममा सहभागि मध्येकै सबैभन्दा धेरै भोट पाएका कारण उक्ता टाइटल जितेकी हुन । 


मिस वर्ल्डमा नेपालको तर्फबाट अहिले सम्मकै पहिलो सफलता हो ।  भोटिङका लागि खुला गरिएको समयदेखि नै शृंखलाले प्रतिस्पर्धीलाई पछि पार्दै लिड गरेकी थिइन् । उनले आफ्नो फेसबुक पेज तथा अन्य सामाजिक सञ्जालमार्फत आफूलाई भोट गर्नका लागि बारम्बार अपिल गर्दै भोट गर्ने तरिका समेत सिकाएकी थिइन् । मल्टिमिटिया उपाधि हात पारेपछि मिस नेपाल श्रृखलाले सामाजिक सञ्जाल मार्फत उक्त कुराको जानकारी गराएकी थिइन । साथै भोटीङ्ग गर्ने सबैलाइ धन्यवाद भनेकी छन् । 

मल्टिमिडियो टाइटल जितेसँगै शृंखला सीधै सेमिफाइनलमा प्रवेश गरेकी छन् । अब भने उनी आफैँले अन्य प्रतिस्पर्धीलाई पछि पार्नुपर्नेछ । 

‘मिस वर्ल्ड–२०१८’ को फाइनल यही मंसिर २२ गते चीनको सान्यामा हुँदैछ ।