काठमाडौँ, २० मंसिर - मिस वर्ल्ड’को नेपाली सुन्दरी अनुष्का श्रेष्ठ भोटिङको दोस्रो स्थानमा छिन् ।

अनुष्काले ११.९ प्रतिशत भोट पाएकी छिन् । पहिलो स्थानमा रहेकी भियतनामकी सुन्दरी लोअङ थुय लिंहले १३.९१ प्रतिशत भोट पाएकी छिन् ।

उनले विश्वभरबाट आएका १ सय २४ सुन्दरीसँग प्रतिष्पर्धा गरिरहेकी छिन् । बङ्गलादेशकी सुन्दरी रफह तेर्साको भोट प्रतिशत ११.२० छ । सर्वाधिक भोट ल्याउने सुन्दरीले ‘मल्टिमिडिया अवार्ड’ जित्नेछिन्, जसलाई उनलाई उत्कृष्ट २० मा सोझै पुर्याउनेछ ।