काठमाडौ, २८ पुस–नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले काठमाडौ महानगरपालिकालाई सुन्दर नगरका रुपमा विकास गर्न लगानी गर्नुपर्नेमा जोड दिनुभएको छ । विना लगानी परिणाममुखी उपलब्धी हासिल हुन नसक्ने बताउदै राज्यले यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।
गन्तव्य नेपालको ७ औ बार्षिक उत्सवका अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा नेता नेपालले त्यस्तो बताउनुभएको हो । 
कार्यक्रममा उहाँले भन्नुभयो,–‘विना लगानी, मेहनत र अध्ययन अनुसन्धान नगरी कुनैपनि कुराको लक्ष्य हासिल हुन सक्दैन, त्यसका लागि पर्यटन मन्त्रालय र त्यससँग सम्वन्धीत संघ संस्थाहरुले सहयोग गर्नुपर्छ ।’


कार्यक्रममा नेता नेपालले देशले कहिल्यै कसैका सामु घुँडा नटेकेका कारण स्वतन्त्रता दिवसको आवश्यकता पनि कहिल्यै नभएको बताउनुभयो । 
अर्को एक फरक प्रसंगमा बोल्दै नेता नेपालले भन्नुभयो,–‘संविधानमा विविधता अनुरुप जातिय संग्रालयको निमार्ण गरिनुपर्ने र त्यो पर्यटकहरुका लागि पनि उपयोगि हुन्छ ।’

त्यस्तै नारायणहिटी राजदरबारलाई पुरानो इतिहासलाई जिवन्त राख्ने संग्राहलयका रुपमा विकास गरिनुपर्नेमा उहाँको जोड थियो । 
कार्यक्रममा पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने व्यवसायी, पत्रकार, समाजसेवीलाई सम्मान गरिएको थियो । 

तस्विर आशिष पौडेल (चक्रपथ डटकम)