आयो मोदी डक्ट्रिनः ‘ओलीलाई बिस्थापित गर्नु मोदीको सफलता’, चीनसँगको सम्झौता खतरा

पुस्तकको नाम– मोदी डक्ट्रिन: द फोरेन पोलिसी अफ इण्डियाज् प्राइम मिनिष्टर


Monday, 9 Jan, 2017 1:12 PM

काठमाडौं, २४ पुस – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल ‘डक्ट्रिन’ असफल नभएको भारतीय एक प्राध्यापकले पुस्तकमार्फत दाबी गरेका छन् । भारतीय गतिबिधिले नेपालमा भारतबिरोधी भावना बढे पनि केपी शर्मा ओली नेतृत्वको सरकारलाई बिस्थापित गरी प्रचण्डलाई प्रधानमन्त्री बनाउन सकेकोमा मोदी डक्ट्रिन सफल भएको पुस्तकमा उल्लेख छ ।  


संविधान जारी लगत्तैको आर्थिक नाकाबन्दी र त्यसअघिको बिदेश सचिव जयशंकरको नेपाल भ्रमणले भारतबिरोधी भावना बढाएको उनको बिश्लेषण छ । जिन्दल स्कूल अफ इन्टरनेशनल अफेयर्सका प्राध्यापक तथा डिन श्रीराम चाउलियाले ‘मोदी डक्ट्रिन ः द फोरेन पोलिसी अफ इण्डियाज् प्राइम मिनिष्टर’ नामक पुस्तकमा नेपाल भ्रमणमा मोदी अति लोकप्रिय भएको समेत उल्लेख छ । 


‘प्रधानमन्त्री मोदी दुईपटकको काठमाडौं भ्रमणमा अति लोकप्रिय भए । उनले नोभेम्बर २०१४ मा १८ औं सार्क सम्मेलनका लागि नेपाल भ्रमण गरे । उनले बंगलादेश, भुटान, भारत र र नेपाल (बिबिआइएन) लाई जोडेर वस्तु र सेवामा स्वतन्त्र आवतजावतको योजना बनाए’ पुस्तकमाथि टिप्पणी गर्दै द फ्रि प्रेस जर्नलमा लेखिएको छ । 


पुस्तकबारे चर्चा गर्दै समाचारमा भनिएको छ ,‘लेखकले नेपालमा मोदी डक्ट्रिन असफल भएको देखेनन् । सेप्टेम्बर २०१५ मा भएको आर्थिक नाकाबन्दीले भारतबिरोधी भावना बढायो । संविधान जारी गर्नु दुई दिन अघि भएको बिदेश सचिव जयशंकरको भ्रमण नेपालमा ठूलो मुद्धा बन्यो ।’

 

आर्थिक नाकाबन्दी र जयशंकरको भ्रमणलाई नेपालको राजनीतिक नेतृत्वले  नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेपको रुपमा लिएको र परिणामस्वरुप प्रचण्डले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रुपमा प्रतिस्थापन गरिएको लेखकको पुस्तकमा उल्लेख छ ।  

 

नेपाली नागरिकहरुले माओवादी केन्द्र र नेपाली कांग्रेसलाई एक ठाउँमा ल्याउन भारतले भूमिका खेलेको ठानेको पुस्तकमा उल्लेख छ । नेपालमा भारतीय नाकाबन्दीपछि चीनले ठूलै लाभ प्राप्त गरेको लेखेकको बुझाई छ । एक भूपरिबेष्ठित राष्ट्रका रुपमा नेपालले भारतमा धेरै भर नपर्ने भन्दै चीनसँग धेरै खालका सम्झौता गर्यो ।

 

पुस्तकको फोरवर्ड सौर्य डोबलले लेखेका छन् । उनी मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालका छोरा हुन् । उनी भाजपा निटक थिङकट्यांक इण्डिया फाउण्डेसनका निर्देशक हुन् ।  


पुस्तकमा प्रधानमन्त्री मोदीले डायस्पोरालाई दिएको महत्वबारे उल्लेख छ । बाह्य भ्रमणमा जहाँ जाँदा पनि भारतीय समुदायलाई भेटेको र उनीहरुसँग अन्तरक्रिया गरेको बताइएको छ । प्रधानमन्त्री भएको पहिलो बर्षको अन्त्यसम्ममा १८ देशको भ्रमण गरेका मोदीले सन् २०१६ को जुलाईसम्ममा ४२ देशको भ्रमण गरे, जसमा ६ देशले उनलाई दुइपटक आथिथ्यता प्रदान गरे भने एक देशले चारपटक आथित्थता दियो । यति छोटो समयमा यति धेरै भ्रमण कुनै पनि भारतीय पूर्ब प्रधानमन्त्रीले गरेका थिएनन् ।


पुस्तकमा प्रधानमन्त्री मोदीले सार्क र छिमेकीलाई प्राथमिकतामा राखी सबै सार्क देशका राष्ट्र तथा सरकार प्रमुखलाई सपथग्रहण समारोहमा बोलाएको, त्यसैगरी भ्रमणको शुरुवात भुटान र नेपालबाट गरेको उल्लेख गर्दै नेपालप्रति महत्व दिएको बताइएको छ ।
 

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

सर्वदलीय बैठकमा मधेसी मोर्चा अनुपस्थित

काठमाडौँ, १० फागुन । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा संविधान संशोधन प्रस्तावलाई संसद्मा छलफल गराउने विषयमा सर्वदलीय बैठक अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा जारी छ । 

निर्वाचनमा भाग लिऔँ, आफ्नो हैसियत नापौँ – वरिष्ठ नेता नेपाल

काठमाडौँ, १० फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका  छन् । 
 

क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने

काठमाडौँ ,१० फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् । 
 

विश्व

पाकिस्तानी अदालतमा आक्रमण, चार जनाको मृत्यु

इश्लामाबाद, १० फागुन । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा रहेको एक स्थानीय अदालतमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । 
 

डोनाल्ड ट्रम्पद्वारा नयाँ सुरक्षा सल्लाहकार नियुक्त

वासिङटन, १० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गरेका छन्  । 

९३ वर्ष पुग्दा पनि राष्ट्रपति मुगावे अवकाश लिन अनिच्छुक

हरारे, ८ फागुन– जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, मङ्गलबार ९३ वर्ष पुग्दै छन् र उनले आफूलाई स्वीकार्य प्रतिस्थापक फेला नपरेकाले आफूले शक्ति परित्याग गर्ने योजना नबनाएको बताएका छन् । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top