सप्तरी,  २१ असोज - ज्येष्ठ नागरिकको हत्या आरोपमा उनकी श्रीमती र छोरा मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

कुटपिटबाट ज्येष्ठ नागरिकको मृत्यु भएपश्चात् फरार रहेका महादेवा गाउँपालिका–१ पकरीकी ५० वर्षीया जमुनी खातुन र उनका छोरा २३ वर्षीय नइम पमरियालाई सप्तरी प्रहरीले पक्राउ गरिसकेको छ।  

आइतबार राति मदिरा सेवन गरेका छोरा र श्रीमतीको कुटाईबाट ६२ वर्षीय मो. गफुर पमरियाको मृत्यु भएको जनाएको छ। गफुरलाई उनकै श्रीमती जमुनी र कान्छा छोरा नइमले कुटपिट गरी हत्या गरेको भन्दै मृतकका भाइ मो. इसराइल पमरियाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारती अनुसार आरोपितलाई पक्राउ गरी थप अनुसन्धान कार्य शुरु गरिएको जानकारी दिनुभयो ।