नगिन्द्र शाही

अहिलेको कामचलाउ सरकारको कार्यशैली वाँचुन्झेल आश मरेपछिलास भन्ने मानसिकताबाट ग्रस्त देखिन्छ । संसारमा लाजलाई जित्न सकियो भने जित्न बाँकी केहि हुन्न भनिन्छ । शेरबहादुर देउवाले पनि लाज पचाइसकेका पात्र भएकाले आफूमाथि आउने कुनै पनि प्रश्नको उनलाई परवाह छैन । तर, उनको यो वालहठ देशलाई कतिसम्म प्रत्युत्पादक हुन्छ भन्ने कुरा आगामी दिनले देखाउँदै लैजानेछन् । 

वर्तमान सरकारको तौर तरिका देख्दा लाग्छ कांग्रेसले बीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको दाह संरकार गरिसहेको छ । कुनैपनि राजनीतिक दलका निम्ति पहिलो कुरा देश र जनता हुन् । द्रोसो जनमत हो, जसले देश सञ्चालनको अथोरिटी निर्माण गर्छ । तर, विडम्वना, वर्तमान सरकार न त आप्mनै पार्टीको सिद्धान्त, लोकतन्त्र मान्न तयार छ न त लोकतान्त्रिक मुल्यका आधारभूत ब्यवहार पालना गर्न तयार छ । वास्वमै वर्तमान सरकार नेपालको इतिहासमा नैतिक धरातल कमजोर भएको सरकार सावित भएको छ । विगत, वर्तमान र भविष्यको कुनै हेक्का नराखी  दुईदिन भए पनि सरकारमा बस्ने र ताण्डव गर्ने सरकारको मनोविज्ञान देखिन्छ । 

कांग्रेस आफूलाई लोकतन्त्रको हिमाहिति ठान्छ । तर, त्यहि पार्टीका सभापतिकै ब्यवहार लोकतान्त्रिक आचरण र मुल्य मान्यतालाई भत्काउने खालका छन् । यो चरित्र देश र कांग्रेस दुवैको भविष्यका निम्ति दुखदायी छ । यो कुरालाई एकथरी कांग्रेसजनले मनन् गरिराखेकै छन् । प्रतिनिधि सभा र प्रदेश सभाको निवार्चनमा भएको पराजयको बदला लिन कांग्रेस सभापति देउवा विभिन्न शक्तिकेन्द्रको आडमा सक्रिय  देखिन्छन् । देशमा रहेका विभिन्न संवैधानिक निकायका केही सिमित ब्यक्तिहरुलाई आफू अनुकुल निणर्य गर्न दवाव दिने र देशलाई अस्थिरतातिर धकेल्नेतिर उनी लागेको प्रस्ट देखिन्छ । 

अहिलेको ब्यवहार हेर्दा शेरबहादुको विगत पुनराबृत्त नहोला भन्न सकिन्न । शेरबहादुर चुइगम जस्तै जसले पनि चपाउन सक्ने पात्र हुन् । जसलाई दरवारले चपाउन सक्छ, कुनै छिमेकीले चपाउन सक्छन् । उनकै भजन मण्डलीले जजतिखेर पनि आफू अनुकुल चाहेको बेला चपाउन सक्छन् र चाहेको बेला पड्काउन सक्छन् । नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रात्मक ब्यवस्थामा रुपान्तरित भएको केहिलाई पचेको छैन । त्यस्तो शक्तिले देउवालाई फेरि प्रयोग नगर्ला भन्ने छैन । संविधान घोषणाको सन्र्दभमा होस् वा  चुनाव सम्पन्न गर्दा, विभिन्न शक्तिकेन्द्रहरुले लोकतान्त्रिक संविधान कार्यान्वयनमा अवरोध गरेको देखिएकै थियो । 

अहिले सम्मका सबै परिर्वनका घटनाहरुमा नेपाली कांग्रेस सहभागी, साझेदार र निणार्यक भूमिकामा रहंदै आएको छ । पछिल्ला घटनाक्रमले यतिबेला काग्रेसले आफ्नो विगतको विरासत पूरै विर्सेजस्तो लाग्छ ।

नेपाली जनताले वलिदानपूर्ण संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक ब्यवस्था कमजोर पार्न विभिन्न खेल हरुको मंचन गरिदैछ । नेपाली कांग्रेस ती खेलहरुको रेफ्री बन्ने मनसायका साथ सत्ता लम्ब्याउने निहुँ खोजिराखेको छ । धेरै लामो समय लिएर राष्ट्रिय सभा निर्वाचनको मिति तोक्नु, अहिलेसम्म प्रदेश प्रमुख र अस्थायी राजधानीको टुंगो लाउन आनकानी गर्नु यसका केही उदाहरण हुन् । आएका समस्याहरुलाई समाधान गर्नुको साटो उल्टै थप समस्या सिर्जना गरी सरकारको आयु लम्ब्याउने र बाम गठबन्धनलाई कमजोर बनाउने भित्री उद्धेश्यका साथ कांग्रेस लागिपरेको छ ।

धार्मिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका उत्तर प्रदेश भारतका मुख्यमन्त्रीसँग पुर्व राजाको भेट हुनु र काम चलाउ सरकारका मन्त्रीले नयाँ बर्ष मनाएर मात्र आफूहरु घर जाने वताउनु संयोग मात्र हुन सक्दैन । त्यस्तै डा.गोविन्द केसीलाई यहि बेलामा पक्राउ गरिनु र सडकमा त्यहि विषयमा नारावाजी पनि आफैं गरिनु अनि प्रधानमन्त्रीले यस्तो कुरा आफूलाई थाहा नभएको वताउनु आपफैंमा रहस्यमय छन् ।  

केहिदिन सत्ता लम्ब्यार नेकपा एमाले र माओवादी केन्द्रको एकता टुटाउन,  अर्को गठबन्धन निमार्ण गरेर कांग्रेसको भावी राजनीति सहज बनाउने  उद्धेश्य हो भने यो कांग्रेसको आफ्नो विजनेस होला । तर, यसले संघीय लोकतन्त्र र गणतन्त्रलाई केही असर पुर्याउँछ । तर बाम गठबन्धलाइ कमजोर पार्ने वहनामा विगतमा परिवर्तनको प्रक्रियामा असहमति जनाउँदै आएका पश्चगामी शक्तिको उद्धेश्य पूरा गर्न कांग्रेस लागेको देखिन्छ । कामचलाउ सरकारका प्रधानमन्त्री  देउवा ती शक्तिहरुको भर्याङ बन्ने प्रयासमा छन् । निवार्चनको परिणाम स्पष्ट आँखा अगाडि तथ्यांक सहित हँुदा पनि नयाँ सरकार निमार्णका लागि मार्गप्रशस्त गर्न तयार नदेखिनु यसै कारणले हो ।